नेपाली क्रान्तिका दुई सम्भाव्य बाटा
दसवर्षे सशस्त्र जनयुद्ध, त्यसको जगमा सम्पन्न उन्नाइसदिने जनआन्दोलन र त्यसपछिका संविधानसभा निर्वाचन तथा संघीय गणतन्त्रको घोषणासम्मका पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिलाई मध्यनजर गर्दा निकट भविष्यमा नेपाली क्रान्तिका निम्नबमोजिम दुई सम्भावित बाटा दृष्टिगोचर हुन्छन् ः
माथिबाट हस्तक्षेपको बाटो सामान्य राजनीतिक अर्थमा क्रान्ति भनेको एउटा वर्गीय राज्यसत्तालाई बलपूर्वक ध्वंस गरेर अर्को वर्गीय राज्यसत्ताले प्रतिस्थापन गर्ने कार्य हो । साथै क्रान्ति एउटा परिघटना नभएर समग्र प्रक्रिया हो । त्यस्तै, प्रत्येक ऐतिहासिक चरणको क्रान्तिको सारतत्त्व वा सार्वभौम पक्ष एउटै भए पनि त्यसको रूप वा ठोस अभिव्यक्ति फरक-फरक हुन्छ । क्रान्ति एउटा परिघटना नभई विभिन्न परिघटनाको शृंखलाले बनेको प्रक्रिया हुनाले परिघटनाहरूको शृंखला भिन्न-भिन्न परिवेश र स्थानमा भिन्न-भिन्न प्रकृतिको हुन सक्छ । अर्थात्, पुरानो सत्ताको ध्वंस र नयाँ सत्ताद्वारा त्यसको प्रतिस्थापना क्रान्तिको सारतत्त्व हुन्छ भने ध्वंस र प्रतिस्थापनाका परिघटनाको शृंखला त्यसको रूप पक्ष हुन्छ र त्यसमा प्रशस्त विविधता हुन सक्छ ।
नेपालमा पुँजीवादी जनवादी क्रान्तिका विभिन्न परिघटनाको शृंखला विगत ६ दशकदेखि विविध रूपमा अघि बढिरहेको छ । दसवर्षे जनयुद्ध त्यसअघिका परिघटनाको सर्वोच्च संश्लेषण थियो भने त्यसपछिका परिघटना जनयुद्धकै विस्तारित र भिन्न रूप हुन् र ती अब पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियाको समापन वा उच्चतम संश्लेषणतिर उन्मुख छन् । त्यस हिसाबले पुँजीवादी जनवादी क्रान्तिको पूर्णता वा समापनलाई हामीले त्यसअघिका सबै परिघटना वा परिघटनाका शृंखला वा उपशृंखलाको कुल योगबाट सम्पन्न गुणात्मक छलाङका रूपमा बुझ्नुपर्छ । अर्थात्, विगतका जनयुद्ध र जनआन्दोलनलगायत सबै क्रान्तिकारी संघर्ष, ध्वंस र निर्माणका कामकारबाही, फौजी, राजनीतिक र कूटनीतिक गतिविधि सबैको कुल योगफल र तिनको जगमा टेकेर भविष्यमा गरिने राजनीतिक र फौजी गतिविधिमार्फत नेपालको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न हुनेछ । जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कूटनीतिको संयोजनबाट नेपालमा मौलिक ढंगले जनवादी क्रान्ति सम्पन्न हुने तत्कालीन नेकपा -माओवादी)को केन्द्रीय समितिको चर्चित कामीडाँडा बैठकको संश्लेषणको मूल मर्म त्यही हो । साथै सरकार, सदन र सडकका संघर्षको संयोजनबाट क्रान्ति सम्पन्न गर्ने पार्टीको संश्लेषणको सारतत्त्व पनि त्यही हो ।
यसरी नेपालमा हालसम्म जनयुद्धलगायतका क्रान्तिकारी संघर्षमार्फत जनमुक्ति सेना, देशव्यापी जनाधार, संविधानसभाभित्रको वर्चस्व आदि जुन उपलब्धि हासिल भएका छन् तिनको जगेर्ना गर्दै, तिनको जगमा उभिएर माथिबाट क्रान्तिकारी हस्तक्षेप गर्ने र जनताको जनवादी क्रान्ति मौलिक ढंगले सम्पन्न गर्ने प्रबल सम्भावना देखापरेको छ । यसनिम्ति सरकार, सदन र सडकका तीन 'स'का संघर्षको सही संयोजन गर्ने कुरा केन्द्रीय महत्त्वको विषय हो । यहाँ स्पष्ट हुनुपर्ने मुख्य कुरा के हो भने 'माथिबाट हस्तक्षेप गर्ने' भनेको विश्वभर र नेपालका दक्षिणपन्थी संशोधनवादीले वकालत गर्ने गरेकोजस्तो कुख्यात 'शान्तिपूर्ण संक्रमण' को सुधारवादी बाटो होइन । पछिल्लोपटक विश्वकम्युनिस्ट आन्दोलनमा ख्रुस्चोभी संशोधनवादका रूपमा बद्नाम 'शान्तिपूर्ण संक्रमण'को बाटोले पुरानो राज्यसत्तालाई त्यहीँभित्रबाटै 'सुधार' गरेर नयाँ जनवादी वा समाजवादी सत्तामा रूपान्तरण गर्ने सपना देख्छ, जुन माक्र्सवादको राज्यसत्ता र क्रान्तिसम्बन्धी आधारभूत प्रस्थापनाकै विपरीत हुन्छ र अहिलेसम्मको समाज विकासको इतिहासद्वारा स्थापित तथ्य र सत्यको पनि प्रतिकूल हुन्छ । यहाँ चर्चा गरिएको 'माथिबाट हस्तक्षेपको बाटो' भनेको सशस्त्र जनयुद्ध, जनआन्दोलन, शान्ति-सम्झौता र कूटनीतिक पहलको बलमा सरकार, सदन र सडकका संघर्षको संयोजनबाट पुरानो राज्यसत्तालाई विस्थापित गरेर नयाँ जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने बाटो हो । यो बाटोको सारतत्त्वमा राज्यसत्ता र क्रान्तिसम्बन्धी मालेमावाद/विचारका सार्वभौम मान्यता समाविष्ट छन् भने त्यसको रूप पक्षमा देश र कालअनुसारका मौलिक विशेषता अभिव्यक्त छन् । नेपालको वर्तमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वर्गीय तथा राजनीतिक शक्तिसन्तुलनलाई मध्यनजर गर्दा यो बाटो नै सबभन्दा उपयुक्त, सम्भव र क्रान्तिकारी बाटो हो ।
निश्चित रूपमा यो बाटोको सफलताका निम्ति केही प्रमुख पूर्वसर्त पूरा गर्न र गराउन क्रान्तिकारीले विशेष ध्यान दिनैपर्छ । पहिलो, क्रान्तिको यो बाटोको बारेमा पार्टीभित्र स्पष्ट वैचारिक एकता हुनुपर्छ र त्यो एकता संगठनात्मक र भावनात्मक एकतामा अभिव्यक्ति हुनुपर्छ । साथै विचार र नेतृत्वको प\mयुजन वैज्ञानिक ढंगले सम्पन्न हुनुपर्छ । विचार र नेतृत्वको सही संयोजनविना यो बाटो मात्र होइन, क्रान्तिको कुनै पनि बाटो सफल हुन सक्दैन । दोस्रो, सशस्त्र जनयुद्धका उपलब्धिको जगेर्ना र मुख्य रूपमा जनमुक्ति सेनाको रक्षा र समायोजन सही र वैज्ञानिक ढंगले हुनुपर्छ । जनयुद्धको ऐतिहासिक महत्त्वलाई अवमूल्यन गरेर वा यसका महत्त्वपूर्ण उपलब्धिलाई यो वा ऊ बहानामा गुमाएर यो बाटोको सफलताको कल्पनासम्म गर्न सकिन्न । सशस्त्र जनयुद्धले रणनीतिक प्रत्याक्रमणको चरणसम्म विकास गरेपछि मात्र जनवादी क्रान्तिको यो बाटो सफलतापूर्वक पूरा हुने सम्भावना पैदा हुन सक्छ भन्ने तथ्यलाई सबैले राम्ररी आत्मसात् गर्नुपर्छ । तेस्रो, अन्तर्राष्ट्रिय शक्तिसन्तुलन र अन्तर्विरोधको परिचालन वस्तुपरक ढंगले गरिनुपर्छ । नेपाली सन्दर्भमा दुई ठूला छिमेकी देशसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष ध्यान दिनुपर्छ । संकटकालीन अवस्थामा दुई छिमेकीमध्ये कमसेकम एउटाको दृढ समर्थन प्राप्त हुने अवस्था सिर्जना गरिनुपर्छ । यसका साथै सरकार, सदन र सडकका संघर्षबीच सही संयोजन र सन्तुलन कायम गर्न विशेष ध्यान दिनुपर्छ । सरकारको मोर्चाको तर्फबाट मुख्य रूपमा राज्यका विभिन्न अंगको लोकतान्त्रीकरण, आर्थिक-सामाजिक-सांस्कृतिक क्षेत्रमा क्रान्तिकारी सुधार, आधारभूत वर्गका जनतालाई तत्काल राहत पुग्ने कार्यक्रमको कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको रक्षा आदि कार्य विशेष प्राथमिकताका साथ सम्पन्न गरिनुपर्छ । राज्यसत्तामा आमूल परिवर्तनविना पुरानो वा संक्रमणकालीन सत्ताको एउटा अंग सरकारबाट मात्रै राष्ट्र र जनताका हितमा आवश्यक काम सम्पन्न गर्न सकिन्न र त्यसनिम्ति राज्यसत्तामा आमूल परिवर्तन अनिवार्य छ भन्ने बोध आमजनतामा गराउने हिसाबले सरकारको मोर्चाबाट योजनाबद्ध संघर्ष सञ्चालन गरिनुपर्छ । त्यसरी नै संविधानसभाबाट जनताको संघीय गणतन्त्रको संविधान निर्माण गर्न योजनाबद्ध पहल गरिनुपर्छ । संविधानसभा ऐतिहासिक रूपमा बुर्जुवा लोकतन्त्रको 'सर्वोच्च रूप' भए पनि नेपाली सन्दर्भमा यो सर्वहारावर्गको पार्टीको पहल र नेतृत्वमा अस्तित्वमा आएकाले यसलाई अधिकतम् रूपमा देश र जनताको पक्षमा उपयोग गर्ने प्रयत्न गरिनुपर्छ ।
बुर्जुवा संसद्वादी शक्तिले संविधानसभालाई परम्परागत 'संसद्'मा सीमित राख्ने र पुरानै औपचारिक लोकतन्त्रसहितको वेस्टमिनिस्टर प्रणालीको संविधान निर्माण गर्ने प्रयत्न गर्नेछन् भने सच्चा कम्युनिस्ट क्रान्तिकारीले संविधानसभालाई सच्चा जनप्रतिनिधिसभामा विकसित गर्ने र बहुसंख्यक उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनतालाई वास्तविक लोकतन्त्रको प्रत्याभूति गराउनेगरी जनताको संघीय गणतन्त्रको संविधान निर्माण गर्ने इमानदार र सक्रिय प्रयत्न गर्नुपर्छ । अहिलेसम्मको विश्व इतिहासमा माओवादी कम्युनिस्ट क्रान्तिकारीको यति ठूलो उपस्थिति रहेको संविधानसभापहिले र अन्यत्र कतै नभएकाले नेपालको संविधानसभालाई 'माथिबाट हस्तक्षेपको बाटो'को एउटा सशक्त माध्यम बनाउन विशेष ध्यान दिनैपर्छ । परन्तु सडकबाट आम जनसमुदायको निरन्तर दबाब संगठित नगरेसम्म सरकार र सदनको मात्र गतिविधिले आमूल क्रान्तिकारी परिवर्तन ल्याउन सम्भव हुँदैन । त्यसैले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आममाग र नागरिक सर्वोच्चता आदि तत्कालीन मागलाई लिएर र उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनता र देशभक्त, गणतान्त्रिक तथा वामपन्थी शक्तिलाई साथ लिएर निरन्तर सडक संघर्ष सञ्चालन गरिराख्नुपर्छ ।
सडक संघर्ष व्यापक, सशक्त र प्रभावकारी भए मात्रै सरकार र सदनको संघर्ष प्रभावकारी बन्न सक्छ र अन्ततः त्यसले मात्रै सबैखाले प्रतिक्रान्तिकारी हर्कतलाई दुरुत्साहित र निस्तेज गर्न सक्छ । यसरी अन्ततः सडक संघर्षको बलमै 'माथिबाट हस्तक्षेपको बाटो' सही ढंगले कार्यान्वयन हुन सक्छ भन्ने तथ्यलाई सबले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्छ । अझ यसो पनि भन्न सकिन्छ 'तल'को दबाब र प्रतिरोधको बलमा मात्रै 'माथि'बाट हस्तक्षेपको बाटो सफल र कामकाजी बन्न सक्छ ।
तलबाट विद्रोहको बाटो
वर्गसंघर्ष भनेको दुई विपरीत ध्रुवीय स्वार्थ बोकेका वर्गको टक्कर हुनाले वर्गसंघर्षका नियम कुनै एक पक्षको मनोगत आग्रह वा इच्छाले मात्र परिभाषित हुँदैनन् । प्रतिगामी तथा यथास्थितिवादी वर्ग र तिनका राजनीतिक प्रतिनिधिले सर्वहारावर्गले रुचाएको 'माथिबाट हस्तक्षेपको बाटो' कार्यान्वयन गर्न व्यवधान सिर्जना गरे वा त्यसविरुद्ध प्रतिक्रान्तिकारी हिंसामा उत्रे भने सर्वहारा र उसका मित्रशक्ति -अर्ध-सर्वहारादेखि राष्ट्रिय पुँजीपतिसम्म)ले 'तलबाट विद्रोहको बाटो' समात्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुन्छ । नेपालमा पनि माथिबाट हस्तक्षेपको बाटो एउटा वा अर्को कारणले अवरुद्ध गरिएमा तलबाट विद्रोहको बाटो अनुसरण गर्नुपर्ने स्थिति स्वाभाविक रूपले पैदा हुनेछ । यो बाटो स्वेच्छिक ढंगले छानेको वा रुचाएको बाटो नभए पनि त्यसको सम्भावनालाई केन्द्रमा राखेर आवश्यक तयारी गर्नु सच्चा कम्युनिस्ट क्रान्तिकारीको दायित्व हुन्छ । साथै, यो वैकल्पिक बाटोको तयारीले माथिबाट हस्तक्षेपको बाटो सफल पार्न भूमिका खेल्न सक्छ भन्ने कुरालाई पनि सबैले आत्मसात् गर्नुपर्छ ।
समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायतका विभेद र शोषण-उत्पीडनका रूप कायम रहेसम्म तिनका विरुद्ध विद्रोहमा उत्रनु उत्पीडित पक्षको नैसर्गिक अधिकार हुन्छ । त्यसैले सशस्त्र जनयुद्धको भट्टीमा खारिएर आएका र पटक-पटकको आंशिक सहरिया विद्रोहबाट दीक्षित भएका उत्पीडित नेपाली जनताले अरू सब मुक्तिका बाटा बन्द गरिएको अवस्थामा अन्तिम सशस्त्र विद्रोहमा उत्रने सम्भावना प्रवल रूपमा रहन्छ । वस्तुगत रूपमा मुख्यतः वर्गीय र जातीय/क्षेत्रीय उत्पीडन तीव्र बन्दै गएको र आत्मगत रूपमा पुरानो राज्यसत्ता निकै कमजोर रहेको तथा उत्पीडित वर्ग र जाति/क्षेत्रका जनता निकै जागरुक र क्रियाशील रहेको नेपालको वर्तमान स्थितिले अल्पकालीन सशस्त्र विद्रोहलाई सफल हुने आधार दिन्छ । 'एउटा नयाँ संकटको परिणामस्वरूप नै कुनै नयाँ क्रान्ति सम्भव हुन्छ' भनेर कार्ल माक्र्सले भन्नुभएभै“m नेपालमा हाल गहिरिँदै गएको वस्तुगत संकटले नयाँ क्रान्तिकारी आमविद्रोहलाई जन्म दिने सम्भावना केही समययता ह्वात्तै बढेर गएको छ । पुरानो सत्ता पुरानै ढंगले टिक्न असम्भव हुँदै जानु, आमजनसमुदाय क्रान्तिकारी परिवर्तनको पक्षमा गोलबन्द हुँदै जानु, मध्यवर्ती जनसमुदाय र राजनीतिक शक्तिको ढुलमूलपन बढ्दै जानु आदि आमविद्रोहका पूर्वाधार हुन्, जुन नेपालमा प्रकट रूपमा देखिँदै गएको छ । साथै आत्मगत रूपमा ऐतिहासिक सशस्त्र जनयुद्धको सफल नेतृत्व गर्दै आएको माओवादी पार्टीको कुशल नेतृत्व प्राप्त गर्नु पनि आमविद्रोहको संगठनका निम्ति थप अनुकूलता हो ।
परन्तु माक्र्स, एंगेल्स र लेनिनले पटक-पटक भन्नुभएभै“m विद्रोह एउटा 'कला' हो र विद्रोहसँग कहिल्यै 'खेलवाड' गर्नुहुँदैन । एकपटक विद्रोह सुरु गरेपछि त्यसलाई अन्तिम विजयसम्म पुर्याउनुपर्छ र त्यसलाई देशी तथा विदेशी प्रतिक्रियावादीको सशस्त्र आक्रमणबाट बचाएर टिकाउने सापेक्ष ग्यारेन्टी हुनुपर्छ । त्यस हिसाबले तत्काल नेपालमा आन्तरिक रूपले विद्रोह सफल हुने प्रवल सम्भावना रहे पनि त्यसलाई टिकाएर अघि बढाउन अन्तर्राष्ट्रिय पक्ष त्यति अनुकूल बनिसकेको छैन । नेपालमा विद्रोहात्मक ढंगले जनवादी क्रान्ति सम्पन्न भएमा त्यसका विरुद्ध विदेशी शक्तिबाट नाकाबन्दी, अन्तरध्वंस र अन्त्यमा प्रत्यक्ष फौजी आक्रमण हुन सक्ने सम्भावनालाई पूरै नकार्न सकिन्न । त्यो स्थितिमा विद्रोह फेरि छापामार युद्धतिर फर्केर दीर्घकालीन जनयुद्धको बाटोमा अग्रसर हुनुपर्ने अवस्था पनि आउन सक्छ । अथवा, प्रत्यक्ष विदेशी फौजी आक्रमण भएको स्थितिमा विद्रोह राष्ट्रिय प्रतिरोध युद्धमा परिणत हुन सक्छ । अन्तर्राष्ट्रिय शक्तिसन्तुलनमा गुणात्मक परिवर्तन नआएसम्म वा क्षेत्रीयस्तरमा क्रान्तिकारी उभार नआएसम्म त्यो मुक्तियुद्ध दीर्घकालीन प्रकृतिको भएर जाने सम्भावना रहन्छ ।
यी विविध सम्भावनाको लेखाजोखा गरेर क्रान्तिकारीले आप\mनो रणनीति तयार गर्नुपर्छ । अवश्य पनि क्रान्तिकारी रूपान्तरणको कुनै वैकल्पिक बाटो नरहेमा सबभन्दा जोखिमपूर्ण र बलिदानीयुक्त बाटो समात्न पनि सच्चा कम्युनिस्ट क्रान्तिकारी तयार रहनुपर्छ । किनकि, एंगेल्सले भन्नुभएभै“m 'क्रान्तिमा कहिलेकाहीँ यस्ता घडी पनि आउँछन्, जतिवेला लडाइँमा हारेरभन्दा नलडीकन दुस्मनसँग आत्मसमर्पण गर्दा आमजनसमुदायमा बढी नकारात्मक असर पर्छ ।' त्यस्तो वेला दुस्मनसँग आत्मसमर्पण गर्नुभन्दा लडेर हार्नु वा मर्नु कैयौँ गुना श्रेयस्कर हुन्छ । तर, क्रान्तिकारी परिवर्तन सम्पन्न गर्ने अर्को कुनै कम क्षतिपूर्ण वा जोखिमपूर्ण बाटो प्राप्त छ भने त्यो छाडेर बढी क्षतिपूर्ण बाटो रोज्नु किमार्थ बुद्धिमानी र क्रान्तिकारी हुँदैन । असल नेतृत्वको पहिचान भनेकै कम क्षतिमा बढी उपलब्धि हासिल गर्न सक्नु हो । फेरि क्रान्ति सम्पन्न गर्नु मात्र होइन, त्यसलाई बचाएर निरन्तरता दिनु धेरै महत्त्वपूर्ण कुरा हो । त्यसैले तत्काल नेपाली जनवादी क्रान्तिका निम्ति उपलब्ध वा सम्भावित 'माथिबाट हस्तक्षेपको बाटो' र 'तलबाट विद्रोहको बाटो'मध्ये सच्चा क्रान्तिकारीले सबै सम्भावनाका निम्ति तयारी गर्दै आफूले रोज्न पाउँदा कम क्षतिपूर्ण र टिकाउ बाटो रोज्नु नै बुद्धिमानी र सही अर्थमा क्रान्तिकारी हुन्छ । बाटो जुनसुकै भए पनि क्रान्ति अपरिहार्य र अवश्यंभावी छ ।
(रातो झलिको ः अंक २ मा प्रकाशित लेखको सम्पादित अंश)



del.icio.us
Digg
now u find n read PROUT....MOVEMENT,ITS NOT VOILENCE. DO U READ animal farm...
Preadip Nepal says he is the greast sociolist comunist leader and Marxist thinker what u have 2 say....
but he has many real things 2 say abt you...
who is who?
mask puppets slave master...
now girja n nobel prize?!
not imposible though....
its always like girija who are prized Hari bahadur i think goin 2 win the 1st place
i guess he he he ko hari bahadur
teso gare kaso hola
he he he
mukhamantri hune bhagyamani ko ho
Thaha chAHIYO??????????????
Dr. Sahed pls remember this is 21st century and ur thoughts and ideology are of 18th century...
We want peace and developement no more bloody war in the name of politics..
Stop ur nonsence...
CA election ma jasto Gorkha ma Boot lootna gaya hunche baru ...
God bless u and ur dirty thoughts
Buddhi Prasad Bhandari
Qatar.
Post your comment