Newsletter
Email:
Home | दृष्टिकोण | शक्ति र सत्तान्धता

शक्ति र सत्तान्धता

Font size: Decrease font Enlarge font
image

चील आयो, चील आयो भन्दै गाउँलेलाई माथि आकाशमा हेर्न लगाएर छट्टु स्यालले तल कुखुरा चोरेझैँ संसद्वादी दलले पनि माओवादीले सत्ता कब्जा गर्न थाल्यो भन्ने काल्पनिक हल्ला चलाएर आफूहरूले सत्ता कब्जा गरेका छन् । सांसद खरिद गरेका छन् । देशको ढुकुटी रित्याएर मन्त्रीका आसेपासेलाई रकम बाँडेका छन् । हिजोकै कुशासन दोहोर्‍याएका छन् ।
संसद्वादी दलले राष्ट्रपतिलाई गलत काम गर्न लगाएर सत्ता कब्जा गर्ने, सरकार पनि चलाउने, अनि बाहिर बसेर आन्दोलन गरेको माओवादीलाई सत्ताको लोभी भएको आरोप लगाएका छन् । निर्वाचनमा हारेका मान्छे षड्यन्त्रपूर्ण तरिकाले सरकारमा जानुचाहिँ सत्तालोभ नहुने, जितेका मान्छेले सत्ता चलाउन पाउनुपर्छ, जनमतको कदर गरिनुपर्छ भन्नुचाहिँ सत्तालोभ हुने हो भने निर्वाचन किन गर्नुपर्‍यो, राजनीतिक पार्टी किन चाहियो, सत्ता वैधताको आधार के हो ?
निर्वाचनमा हारेर पनि सरकारमा जान लाज नमान्नेहरू, अर्को निर्वाचनसम्म पर्खेर बस्न नसक्नेहरू, देश डुबे पनि कुर्ची नछाड्नेहरू सत्ताका लोभी कि, हुँदाखाँदाको सत्ताको कुर्ची छाडेर, राजीनामा दिएर जनताका बीचमा आउने सत्ताका लोभी ?
अहिले संसद्वादी दलले माओवादीले संसद् अवरुद्ध गर्‍यो, बजेट पास नहुनाले देशको सम्पूर्ण कामकाज ठप्प भयो, आर्थिक शंकट आयो भनेर चिच्याएका छन् । रोएका छन् । साँच्चै भन्ने हो भने उनीहरूलाई संसद्सँग कुनै सरोकारै छैन । उनीहरूका सत्तादाता र भत्तादाता त राष्ट्रपति पो हुन्, संसद् होइन । नेपाली जनता पनि होइनन् । १८ दल राष्ट्रपतिकहाँ गुहार माग्न जानुभन्दा पहिले संसद्मा जान्थे भने उनीहरूको संसद्प्रतिको जवाफदेहिता देखिन्थ्यो । संसदीय सर्वोच्चता मानेको ठहरिन्थ्यो । जब राष्ट्रपतिले नागरिक सरकारको निर्णय उल्टाए, सेनाको बलमा कार्यकारी राष्ट्रपति बन्ने धृष्टता गरे, त्यसवेला सरकारको नेतृत्व गरेको माओवादीले द्वेध सत्ताको अन्त्य होस् भन्दै नैतिकताका आधारमा राजीनामा दियो । जनतका घरदैलोमा गयो । त्यसपछि जननिर्वाचित संसद्मा राष्ट्रपतिविरुद्ध संकल्प-प्रस्ताव लग्यो । जनताले निर्वाचित गरेको सदनमा राष्ट्रपतिको कदमविरुद्ध बहस/छलफल गर्न पाइँदैन भन्दै राष्ट्रपतिलाई श्रीपेचविनाको राजा बनाएपछि समस्या उत्पन्न भएको हो । डा. रामवरण यादव राष्ट्रपति हुन् कि राजा ? उनका बारेमा सार्वभौम संसद्मा बहस गर्न नपाइने हो भने यो कस्तो व्यवस्था हो ? कस्तो गणतन्त्र हो ? कस्तो लोकतन्त्र हो ?
यदा-कदा कांग्रेस र एमालेका नेताले संविधान बनाउने कुरा पनि गर्छन् । संविधानसभाभित्रका कतिपय समितिमा उनीहरूकै पार्टीको धारणा नजाँदा काम रोकिएको छ । माओवादीका कारण संघीय गणतन्त्रवादी बनिदिएका कांग्रेस-एमालेलाई संघीयता र गणतन्त्र भन्ने शब्द भालुको कन्चट भएको छ । न छाड्न सक्छन्, न समाउन सक्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको नाम सुन्नासाथ उनीहरूलाई जिस्क्याएजस्तो लाग्नेरहेछ । हिजोकै शासन-शैलीमा जमेका र रमेका कांग्रेस-एमालेलाई नयाँ नेपाल भनेको कुन चराको नाउँ हो ? थाहा छैन । त्यसैले नयाँ संरचनाको कुरा गर्दा उनीहरूलाई काउसो बिझाएजस्तो हुन्छ । पुरानो संरचनामा थोरै परिवर्तन गर्दा पनि उनीहरूलाई आप\mनो अस्तित्व हराएजस्तो लाग्दोरहेछ । अदालतलाई जनमुखी, नेपाली सेनालाई पनि लोकतान्त्रीकरण, संघीय गणराज्यको स्थापनाका कुरा उनीहरू सुन्न सक्दैनन् । ०६२/६३ सालको जनआन्दोलन र जनभावनाका कुरा गर्दा उनीहरूलाई गिज्याएजस्तो लाग्दोरहेछ । बिद्रुप अनुहार भएको मान्छेलाई ऐना देखाएजस्तो हुनेरहेछ । 'नानीदेखि लागेको बानी, सिस्नोपानी लगाउँदानी नजानी' भन्ने रोगले ग्रसित छन् । उनीहरूले बनाउने नयाँ संविधान कस्तो होला ? यति बलिया माओवादीले आन्दोलन गर्दा त कांग्रेस-एमाले शासन यस्तो कठपुतली, असंवैधानिक, जनविरोधी र राष्ट्रविरोधी छ भने माओवादी नहुने हो भने झन् कस्तो हुन्थ्यो होला ?
अन्ततोगत्वा नचाहँदा नचाहँदै पनि नेपालभित्रको राजनीतिक द्वन्द्वले अन्तर्राष्ट्रिय रूप धारण गरिसक्यो । माओवादी पक्ष र संसद्वादी पक्षका बीचमा विश्व पनि बाँडियो । मिल्न नसके अब नेपालको शान्तिप्रक्रिया पनि भाँडियो ।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा नेपालको शान्तिप्रक्रियाको अनुगमन गर्ने कुराको विरोध गर्नेहरूले उहिलैदेखि अनमिनलाई नेपालबाट लखेट्ने योजना बनाएकै थिए । अनमिनलाई धपाएपछि नेपालमा आप\mनो एकछत्र रजाइँ चल्ने भारतीय योजनाअनुसार नै अहिले संयुक्त राष्ट्रसंघका महासचिवको विरोध गर्न थालिएको हो । माओवादीले भारतीय ज्यादती रोक्नकै लागि अनमिनलाई यहाँ राख्न चाहन्छ । संयुक्त राष्ट्रसंघका महासचिवको वक्तव्यलाई उचित मान्छ । संसद्वादीले भारतीय योजनाअनुसार नै विरोध गर्छन् । अमेरिका र भारतको दलाली गरेपछि नेपालमा जे गरे पनि हुन्छ, कुनै नैतिक बन्धनमा बाँधिनुपर्दैन अर्थात् कसैले छुन सक्दैन भन्ने मानसिकता बोकेका संसद्वादी दलले पूर्वयोजनानुसारै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको सुझाबलाई नेपालमाथिको ठाडो हस्तक्षेप भनेका हुन् । सरकारले नै यस्तो भनेपछि अब राष्ट्रसंघ पनि नैतिक संकटमा पर्‍यो । नेपालको शान्तिप्रक्रिया पनि धरापमा पर्‍यो ।
संसद्वादी दलकै कारण नेपाली सेना पनि अन्तर्राष्ट्रिय विवादमा तानियो । संसद्वादी दललाई समर्थन गर्दा संयुक्त राष्ट्रसंघका महासचिवको विरोध गर्नुपर्ने, समर्थन नगर्दा माओवादी समर्थकजस्तो देखिने अवस्था सिर्जना भयो । नेपाली सेनाकै सहयोगमा सरकारमा गएका, सत्तान्धतामा डुबेर मदोन्मत्त भएकाले चकचके बाँदरले झैँ मालिकको नाकमा बसेको झँिगा धपाउन खोज्दा मालिककै नाक च्वाट्टै पार्ने भए । 'सज्जन शत्रुभन्दा मूर्ख मित्र झन् घातक हुन्छ' भनेको यस्तै भएर होला । सज्जन मान्छे वा पार्टी दलाल बन्दैन, मूर्खले राम्रो काम गर्दैन । यसले गर्दा भारत र अमेरिकालाई पनि अहिले खुब अप्ठ्यारो परेको होला । राम्रा मान्छे नपाएर निर्वाचनमा हारेका, ठाउँ-ठाउँबाट जनताले लघारेका, आफँै मन्त्री प्रधानमन्त्री हुने आश पनि मारेका, अलोकपि्रय र जनविरोधी तथा बद्नाम मान्छे खोजेर मन्त्रीमण्डल निर्माण गर्नुपरेको होला । त्यस्तालाई टिकाउन र बिकाउनका लागि कति धेरै लगानी गर्नुपरेको होला ? डलर र भारुको कत्रो खोलो बगाउनुपरेको होला ? अनुमान गर्न पनि कठिन छ ।
दुनियालाई थाहा छ ः एक्लै माओवादीसँग ४० प्रतिशत जनमत छ । नागरिक समाज र अन्य दलभित्रको अग्रगामी पक्षधरलाई पनि जोड्ने हो भने यो ६५ प्रतिशतभन्दा बढी हुन्छ । माओवादी वर्तमान राजनीतिका योजनाकार हुन् । संविधानसभा र गणतन्त्र उनीहरूको राजनीति हो । समानुपातिक र समावेशी नारा पनि उनीहरूकै हो । संघीय संरचनाको अभ्यास उनीहरूले पहिल्यैदेखि गर्दै आएका छन् । नेपालका गाउँ-गाउँमा त्यहीअनुसारको राजनीतिक खेती फस्टाउँदो छ । उत्पीडित र उपेक्षित जाति, भाषा, लिंग, धर्म, वर्ग, क्षेत्रका जनतामा स्वतन्त्रता र स्वाधीनताका लागि बलिदान हुने भावना उदाउँदो छ । यसलाई अब कसैले रोक्न सक्दैन । कांग्रेस, एमाले र राप्रपाको पुरानो राजनीति अस्ताउँदो छ । डोकाका डोका डलर र भारुका पोकाले अब उनीहरूको राजनीति बचाउन सक्दैन । त्यसैले कांग्रेस-एमाले जनतामा जान डराउँछन् । हिजो राजाको खुट्टा समाउँथे, आज राष्ट्रपतिको दौरा समाउँछन्, दिल्ली र वासिंगटन धाउँछन् । यो कुरा संयुक्त राष्ट्रसंघले पनि बुझ्यो । त्यसैलेे शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र समयमै नयाँ संविधान बनाउनका लागि सहमतिमा राष्ट्रिय सरकार बनाऊ भने । संसद्वादी दलहरूले त्यसलाई ठाडो हस्तक्षेप भन्दै विरोध गरे । माओवादीले संयुक्त राष्ट्रसंघको सल्लाहलाई असल सुझाब भन्यो । यसरी नेपालको राजनीतिक द्वन्द्वले अन्तर्राष्ट्रिय रूप धारण गर्‍यो ।

Subscribe to comments feed Comments (7 posted):

Mahendra on 26/11/2009 02:46:18
avatar
Nepali samachar patrika
Thumbs Up Thumbs Down
0
balkrishna shrestha on 26/11/2009 02:43:44
avatar
yo article le nepali peopleco heart feelinglai samman gareko cha.THANK YOU VERY MUCH.
Thumbs Up Thumbs Down
1
on 25/11/2009 23:11:41
avatar
माओवादी नेताहरूका सोच र मानसिकता भिन्नभिन्न छन्। कतिपय विषयमा नेताहरूबीच नै मतैक्यता हुन नसक्दा माओवादीका निर्णयहरूमा विरोधाभास देखिइरहेको छ। जनवादी अनुशासनको पालना गर्नुपर्ने पार्टीमा परस्पर बाझिने अभिव्यक्तिहरू आइरहेका छन्। कोही सत्तामा जान आतुर छन्, जसरी पनि सत्तामा पुग्नैपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छन्, कोही क्रान्तिका चर्का कुरा गर्न छाडेका छैनन्। विद्रोह, जनसङ्घर्ष र आन्दोलनका धम्की दिन छाडेका छैनन्। यसको असर सबैतिर परिरहेको छ। अर्थात् माओवादी जुन प्रकारको सङ्क्रमणबाट गुजि्ररहेको छ त्यसको असर नेपाल र नेपाली जनतामाथि परिरहेको छ।
लोकप्रिय नारा र खोक्रा आश्वासन कम्युनिष्टहरूका हतियार हुन्। माओवादी पनि यही हतियार समातेर धम्की र चेतावनीको भाषा बोलिरहेको छ। रोग, भोक, गरिबी, अशिक्षा र बेरोजगारीले ग्रस्त हाम्रोजस्तो मुलुकमा सस्ता नाराले भीड जम्मा गर्न धेरै मद्दत गर्ने हुँदा पनि माओवादी उत्साहित भएको हो। तर सत्तामा पुगेपछि के गर्न सकिँदोरहेछ र के गर्न सकिँदो रहेनछ भन्ने उसले अनुभव गरिसकेको हुँदा सत्तामा पुगेका र नपुगेका माओवादीबीच विभिन्न विषयमा असमझदारी देखिनु अस्वाभाविक होइन। तर, माओवादीको यो द्विविधाग्रस्त अवस्था जतिखेरसम्म रहन्छ त्यतिखेरसम्म यो मुलुक यस्तै अन्योलमा रहन्छ। यो हेक्का माओवादीले गर्नसके देशको भलो हुन्थ्यो।
फेरि विगतमा उसले जे–जस्ता आश्वासन बाँडेको थियो र जसरी सत्ताको नेतृत्वमा रहँदा त्यसलाई सार्थक बनाउन कुनै पहल नगरेपछि जनताको नजरमा ऊ गिरेको छ, त्यस छविलाई फिर्ता ल्याउन उसले 'घेराबन्दीमा पारिएको', 'एक्ल्याइएको' जस्ता भावनात्मक कुरा गरेर आमनागरिकको सहानुभूति बटुल्ने र अरूलाई दोष दिएर आफू चोखिने प्रयत्न जारी राखेको छ।
Thumbs Up Thumbs Down
-1
Prem Lama on 25/11/2009 23:05:42
avatar
Biased and useless writing.
Thumbs Up Thumbs Down
-1
on 25/11/2009 22:50:47
avatar
Arko Dahal ra Bhattarai bhanda pani thulo Maobadi nikliyo. Hijo matra Dahala le purai desh hamro kabja ma chha bhanisakyo, yo lekhak le 65 % matra bhanchha. This writer has no brain, as he is praising the terrorists. 65 % population with Maoists????? What a joke ? With the help of guns and Khukuri they got more seats. If the election was free and fare, without fear Maoists could get maximum 30 seats. Hawadari lekhak rahechha, 65 % janata Maobadi sanga, ho gaun ma gayera anapadh gaule haru lai 100% bhane pani patyauchhan. Because of YCL thugs peace loving political leaders or activists can not go to the villages. it does not mena they can not go. Ghatiya.
Thumbs Up Thumbs Down
-2
on 25/11/2009 19:39:20
avatar
कम्युनिष्ट सिद्धान्तमा एउटा मान्यता हुन्छ । सत्ताबाहेक अरु सबै भ्रम हो । त्यसैगरी अर्को पनि भनाइ छ- सेना नभएको पार्टीसँग आˆनो भन्नु केही पनि हुँदैन । यसैकारण हाम्रा माओवादी जुनबेला सरकारमा थिए त्यसबेला आˆना कार्यकर्तालाई थुम्थुम्याउनु पर्‍यो भने भन्ने गर्थे । अहिले त हामी सरकारमा मात्र छौँ, भने जस्तो हुनका लागि त सत्ता आˆनै हुनुपर्‍यो नि । त्यसैले तिनले विचार गरे कसैगरी सेना कब्जा गर्नुपर्‍यो । दुर्भाग्य Û त्यसका लागि स्थिति अनुकूल बनेन त्यसपछि के के भयो सारा राष्ट्रलाई स्पष्टै छ
Thumbs Up Thumbs Down
-1
on 25/11/2009 18:11:28
avatar
Lau hera arko murkha lai. Maobadilai aru dal le jhukyaye re !! Ha ha ha ha. Sarba shaktiman Maobadi lai jhukyune kasko himmat? Dahal lai MKN, ra GPK le kancht ma banduk rakhers rajinama garna lagayeki kaso lekhak ji?
Thumbs Up Thumbs Down
-1
total: 7 | displaying: 1 - 7

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?