Newsletter
Email:
Home | दृष्टिकोण | पञ्चेश्वरको कोसेली र भारतभक्ति

पञ्चेश्वरको कोसेली र भारतभक्ति

Font size: Decrease font Enlarge font
image

माधवकुमार नेपाल प्रधानमन्त्रीका हैसियतमा आजदेखि भारत-भ्रमणमा छन् । नेपाल र नेपालीप्रति उनले देखाएको बेवास्ता र भारतप्रति देखाएको भक्तिले गर्दा यो भ्रमण राष्ट्रिय हितमा नहुने देखिन्छ ।

नेपाल-भारतबीच सन् १९५० मा भएको सन्धिदेखि अन्य सन्धि-सम्झौता असमान र अन्यायपूर्ण छन् । त्यसमाथि भारतबाट कालापानीदेखि सुस्ता हुँदै फालेलुङ झिन्साङचुलीसम्म ५७ ठाउँमा नेपाली भूमिमाथि अतिक्रमण भएकै छ । दसगजामा पनि बस्ती तथा सडकनिर्माणजस्ता क्रियाकलाप भएकै छन् । टनकपुर ब्यारेजदेखि लक्ष्मणपुर, महलीसागर, रसियावाल खुर्दलोटनसम्म २१ ठाउँमा सीमानजिक बाँध बाँधी बाढीको प्राकृतिक

बहाब रोक्ने र लाखौँ नेपालीसँगै हजारौँ-हजार बिघा जमिन डुबाइएको छ ।

यतिखेर नेपाललाई १९५० को सन्धि यथावत् राख्न, नेपाली भूमिको अतिक्रमण स्वीकार गर्न, नेपाली जलस्रोत, सुरक्षा व्यवस्था र अन्तर्राष्ट्रिय नीति अधीनमा लिन, सपुर्दगी सन्धि गर्न, काठमाडौं विमानस्थलमा भारतीय सुरक्षा व्यवस्था स्थापना गर्न भारतबाट दबाब परिरहेको छ । यस्ता आकांक्षा पूरा गर्न भारत नेपाली राजनीति तथा जनसमुदायमा, नेपाली जनताको भाषा, संस्कृति र पहिचानमा समेत प्रवेश गरिरहेको छ । यस्ता क्रियाकलापबाट नेपाल र नेपाली जनताको मुक्तिका लागि प्रयास हुुनुपर्नेमा सरकारमा भारतीय हस्तक्षेपबाट भारत समर्थकलाई कुर्सीमा स्थापित गरिएको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत-भ्रमण नेपाली राष्ट्रिय जीवनका लागि हितकारी हुने देखिन्न ।

भारत आफ्ना छिमेकी देशलाई आफ्नो स्वार्थअनुसार चलाउन आफ्ना अनुयायीलाई सत्तामा स्थापित गराउँछ । नेपालमा त आफ्नो आदेश-निर्देशनबाट परिचालन गर्न खोज्छ । यसरी नै सत्तासीन भएका नेताहरू भारतको स्वार्थका लागि उपयोगी र नेपालको राष्ट्रिय हितका लागि कमजोर देखिएका छन् । माधव नेपालको प्रधानमन्त्रीत्व पनि त्यसबाट अलग छैन ।

पहिले पनि सत्तामा हुँदा भारत-भ्रमणकै क्रममा माधव नेपालले टनकपुर योजनामा सीमित रहेको भारतलाई महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नै कोसेली दिएका थिए । भुटानी शरणार्थी समस्यादेखि नेपाली भूमिमाथि अतिक्रमणको समस्या समाधान गर्न कुनै प्रयास नगरी उनले भारतको प्राथमिकता र हितमा काम गरेका थिए, सत्तामा नहुँदा पनि । उनैले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना संसद्बाट दुई-तिहाई बहुमतले पारित गराई भारतलाई सुम्पने

काम गरेकाले अब उनी भारतका हितकारी मान्छे हुन् भन्दा फरक पर्दैन ।

माधव नेपालले रक्षामन्त्री विद्या भण्डारीलाई भारत-भ्रमणमा पठाएर हातहतियारसम्बन्धी तारतम्य मिलाउन लगाएको देखिन्छ । 'पहिले भएका सम्झौताअनुसार सहुलियत दरमा भारतले नेपाललाई दिएका हतियार र गोलाबारुद ल्याउने तथा खरिद गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणमा निर्णय हुनसक्ने' मन्त्री भण्डारीको अभिव्यक्तिबाट यो कुरा पुष्टि हुन्छ । यसबाट उनले भारतबाट हतियार ल्याउन चाहेको एवं उनी बाह्रबुँदे र अन्य शान्ति-सम्झौताका विपक्षमा उभिन थालेको संकेत पाइन्छ ।

यो संकेत नेपाली जनताको संघर्ष र चाहनाविपरीत छ । आफ्नो हक-अधिकार र मुक्तिका लागि बलिदान गर्ने सहिदका त्याग, विद्रोहरूपी माओवादी जनयुद्ध, १९ दिने दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिका आन्दोलनका पक्षमा पनि छैन । अब उनीहरू आफ्नो मातृभूमि नेपालका मालिक र व्यवस्थापक हुने क्रममा रहेका बेला सेनालाई नेपाली जनताको सेना बनाउने क्रममा तत्कालीन सरकारले प्रधानसेनापतिलाई दिएको आदेशविरुद्ध अन्तरिम संविधान तथा मौजुदा सैनिक ऐनविपरीत राष्ट्रपतिले लिएको निर्णय र सेनापतिलाई दिएको आदेशमा माधव नेपालको पनि साथ र समर्थन रहेको तथ्य जगजाहेर छ । यसले जनतन्त्र र स्वतन्त्रताको विरोधमा सामन्तशाही, प्रतिगामी प्रवृत्ति बोकेेका डबल नागरिकको षड्यन्त्र जीवितै छ भन्ने मात्रै देखाएन, राष्ट्रपति र सेनाको सर्वाेच्चता रहेको पनि देखायो, जुन भारतीय स्वार्थअनुकूल रहेको छ । यसै क्रममा राष्ट्रपतिको कदम पछ्याएर सत्तासीन भएका माधव नेपालको सरकारले त्यस कदमलाई समर्थन गरेर जनविरोधी षड्यन्त्रलाई थप मद्दत पुर्‍याएको तथ्य स्पष्ट छ ।

तथ्यबाट स्पष्ट हुन्छ, जनताबाट पराजित माधव नेपाल नेपाली जनताको कम मात्रै प्रतिनिधित्व गर्ने मान्छे हुन् । व्यवहारले देखाएको छ, उनी भारतका अनुयायी र भारतद्वारा निर्मित व्यक्ति बढी हुन् । नयाँ नेपालका लागि जनताको संविधान निर्माण गर्न जुट्नुपर्ने बेला उनी भारत-भ्रमणमा गएका छन् । त्यहाँ भारतका लागि वाञ्छित सम्झौता वा निर्णय गरी मालिक रिझाउने काम भयो भने राष्ट्रका लागि दुर्भाग्य हुनेछ ।

नेपाली जनताको दबाब परेन भने उनलेे भारतको चाहनामा असमान सन्धि-सम्झौतामा सही थाप्ने, नेपाली भूमि अतिक्रमणलाई प्रमाणित गर्ने, अन्तर्राष्ट्रिय कानुन र सामान्य मर्यादाविपरीत बनाइएका बाँध र तटबन्धलाई स्वीकार गर्ने, सपुर्दगी सन्धिको निर्णयमा सही ठोक्ने काम गर्न सक्छन् । यस्तो उद्देश्य नहुँदो हो त उनले भारतमै किन जाने, के-के विषयमा कुरा गर्ने त ? भारत जानुको उद्देश्यबारे नेपाली जनताको व्यवस्थापिका-सदनमा जानकारी दिनुपर्नेमा उनले त्यस्तो कष्ट गरेको देखिएन । यसबाट पनि उनी भारतकै हितका लागि भारत जाँदै त छैनन् भन्ने शंका जन्मिन्छ । हुनसक्छ, यस भ्रमणमा उनलेे भारतको चाहनाअनुसार कोसेली चढाउने, नेपालको संविधान निर्माणका लागि भारतीय निर्देशन र मस्यौदा नै लिएर र्फकने हुन् कि ?

जनसमर्थनको अभावका कारण उनी भारतीय नेताभन्दा कमजोर छन्, जुन कमजोरीमाथि टेकेर अनेक निर्णय हुनसक्छ । र, भारतीय अनुग्रहबाट थिचिएका प्रधानमन्त्री नेपालबाट पनि नेपाल र नेपालीको हितविपरीतका त्यस्ता निर्णयमा सही गर्ने सम्भावना हुनसक्छ । अतः आफ्नो स्वतन्त्रता, स्वाभिमान, अस्तित्व र आत्मनिर्णय बचाएर नेपालको सार्वभौम अधिकार संरक्षण गर्न तथा भारतीय हस्तक्षेप र चालबाजीको अन्त्य गर्न चाहने, भारतसँगको मित्रतालाई महत्त्व दिँदै आफूले मित्रताको व्यवहार गर्ने र भारतबाट पनि आफूप्रति मित्रवत् व्यवहार नै खोज्ने सबै नेपाली जनता उनको भ्रमणप्रति सतर्क हुनुपर्छ ।

देश र जनता कष्टपूर्ण जीवन बाँचिरहेका बेला भारतको सयर गर्नु अनावश्यक कर्म हो । यतिखेर त नेपाली सीमाभूमिको रक्षा, नेपाली जनताको न्याय, जनतन्त्रको संरक्षण र संवर्द्धनसँगै जनताका कष्टलाई थोरबहुत भए पनि कम गर्ने काम गर्नु आवश्यक छ । के उनी यसो गर्न सक्छन् ?

(सेन माओवादी सभासद् हुन्)

Subscribe to comments feed Comments (6 posted):

panarb on 18/08/2009 19:11:03
avatar
oli ji first u have to say to maoist and prachand about this matter. u know what did maoist pm last year during his india visit about pancheshwar and naumure! maoist also did great mistake in -panchshawr, naumure, west seti, upper karnali and arun 3, maoist are not different then uml. maoist are tak pare tiwari natra gotame !
Thumbs Up Thumbs Down
0
Diwakar on 18/08/2009 11:25:26
avatar
I did not read your article. Its just as usual grievance of country and i believe there is no going to change anything. I think its waste of time and money to write something for politician who keep their blind eyes.
Thumbs Up Thumbs Down
0
RITESH on 18/08/2009 05:44:25
avatar
HEY MR SEN, U KNOW IT IS IMPOSSIBLE TO ADRESS MOST OF THE PROBLEM OF NEPALI PEOPLE WITHOUT GOING BHARAT .IT IS BITTER REALITY .SO DON'T SUSPECT WILDLY ON PM'S BHARAT BHRAMAN .GOOD ANALYSIS SHOULD BE REQUIRED BEFORE GOING TO WRITE FANTASTIC ARTICLE . NOTE IT SERIOUSLY OK .
Thumbs Up Thumbs Down
0
Sudarsan on 18/08/2009 02:35:37
avatar
Also read at
www.sbsen.com
Thumbs Up Thumbs Down
0
hanuman on 18/08/2009 01:23:45
avatar
MAKUNE SUCKS ..............
Thumbs Up Thumbs Down
0
parikshyan kafle on 18/08/2009 00:35:50
avatar
Yestai chal hune ho bhane aaba nepal chittai nai bharat ko naya aaghoshit pranta banna bera chaina ........
aaba nepali haru jagnu parne bela aayeko cha
jaya nepal
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?