Newsletter
Email:
Home | देश | संविधान नमान्ने चेतावनी

संविधान नमान्ने चेतावनी

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन राजनीतक दल माओवादी, कांग्रेस र एमाले संविधानसभाको म्याद थप्न लागिपरेको आरोप लगाएका छन् । उनले म्याद थपेर जारी संविधान नमान्ने चेतावनीसमेत दिए ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले तोकिएको समयमा संविधान जारी नभए संवैधानिक एवं राजनीतिक रिक्तता उत्पन्न भई विदेशी चलखेल बढ्ने बताए । संघीयताका विषयमा निर्णय गर्दा जनमतसंग्रह गर्नुपर्ने उपप्रधानमन्त्री सुजाता कोइरालाको अभिव्यक्ति संविधानसम्मत भएको पनि अध्यक्ष थापाको भनाइ थियो ।

अध्यक्ष थापाले एकीकृत माओवादीको आन्दोलनलाई आफ्नो पार्टीले सहयोग नगर्ने चेतावनी पनि दिएका छन् । माओवादीको आन्दोलन स्वाधीनताका लागि नभई सत्ताप्राप्तिका लागि भन्दै थापाले त्यस्तो आन्दोलनमा पार्टीले सहयोग नगर्ने बताए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?