Newsletter
Email:
Home | मोफसल | खरको भारीभित्र चित्तल

खरको भारीभित्र चित्तल

Font size: Decrease font Enlarge font
image

शुक्लाफाँटा, २१ पुस : खरखडाइका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्ष खुला गरिएपछि खर लैजान स्थानीय बासिन्दाको घुइँचो लागेको छ । तर, उनीहरूले वन्यजन्तु मारी खरको भारीभित्र हालेर लगिरहेको पाइएको छ ।
मंगलबार आरक्षबाट लगिएको खरको भारीभित्र चित्तल भेटिएपछि यस्तो खुलासा भएको हो । नेपाली सेनाको टोलीले खरको भारीभित्र चित्तल लैजाँदै गरेका भीमदत्त नगरपालिका— १९ बाघफाँटाका उत्तमबहादुर चन्दलाई पक्राउ गरेको छ । उनलाई आरक्षमा राखिएको छ । आरक्षका अनुसार आरक्षको उत्तरी क्षेत्र बाघफाँटामा रहेको नेपाली  सेनाको पोस्टमा जाँच गर्दा चित्तल भेटिएको थियो । 
तीन दिनदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षले स्थानीय बासिन्दाको सुविधाका लागि खर काट्न आरक्ष खुला गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दाले आरक्षबाट खर ल्याइरहेका छन् । तर, खरको भारीभित्र संरक्षित जनावर, चराचुरुंगी तथा काठ लग्ने गरेको सूचना पाएपछि मंगलबार आरक्षले कडाइ गरेको हो । खुला गरिएका सबै नाकामा नेपाली सेनाले खरको भारी जाँच गरेको थियो ।
स्थानीय बासिन्दाको सुविधाका लागि आरक्ष खोल्दा उनीहरूले गलत लाभ उठाउन खोजेको आरक्षका निमित्त वार्डेन किशोर मेहताले बताए । 'खरका भारीभित्र लुकाएर पशुपन्छी लग्न थालेका छन् । रोक्न गाह्रो भएको छ,' निमित्त वार्डेन मेहताले भने । सुरुका दिनमा स्थानीय बासिन्दाले काठ लगे पनि पछिल्ला दुई दिनमा भने संरक्षित वन्यजन्तु मारेर लगेका हुन् ।
आरक्षले खरखडाइका लागि २४ वटा नाकाबाट स्थानीय बासिन्दालाई प्रवेश दिएको छ । गत वर्ष खरखडाइका लागि आरक्ष खुल्ला गरिएको थिएन । मध्यवर्ती क्षेत्रका बासिन्दाको दबाबका कारण यस वर्ष खुला गरिएको होे ।

Subscribe to comments feed Comments (1 posted):

on 07/01/2010 08:43:25
avatar
kharkhaid banda garnu parcha
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?