विद्यार्थीहत्याका एक अभियुक्त रिहा
विद्यार्थी राजु धितालको हत्या अभियोगमा पक्राउ परेका नेपाली सेनाका जवान गणेश कार्की १० हजार तिरेर छुटे
नयाँ पत्रिका नेपालगन्ज, २० पुस विद्यार्थी राजुको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली सेनाका एक जवान धरौटीमा रिहा भएका छन् । काठमाडौं सीतापाइला गणमा कार्यरत गणेश कार्कीलाई बाँके जिल्ला अदालतका न्यायाधीश रामेश्वरनाथको इजलासले १० हजार धरौटी लिएर रिहा गरेको हो । उनी आइतबार साँझ धरौटी तिरेर रिहा भएका छन् । सेनाका जवान कार्की विद्यार्थी राजु धिताल अपहरण पर्नु दुई दिनअघि नै सीतापाइलास्थित गणमा पुगिसकेको भन्दै अदालतले धरौटीमा रिहा गरेको हो । बाँके प्रहरीले उनीमाथि अपहरणकारीसँग पक्राउ परे पनि अपहरणमा प्रत्यक्ष संलग्न नदेखिएको भन्दै अपहरणमा संलग्नता हुन सक्ने भन्दै मुद्दा चलाएको थियो । त्यसैगरी, विद्यार्थी राजुको अपहरणपछि हत्यामा संलग्नताको अभियोगमा पक्राउ परेका अभियुक्तमाथि प्रहरीले फरक-फरक माग दाबी गर्दै मुद्दा चलाएको छ । अभियोगीमध्ये भक्तबहादुर सिंह, गोविन्द केसी, राजेन्द्र रिजाल र लीलाकण्ठ बरालमाथि बाँके प्रहरीले विद्यार्थी राजुको अपहरणमा सहयोगीको भूमिका निर्वाह गरेको भन्दै मुद्दा चलाइएको छ । ज्यानसम्बन्धी ऐनअनुसार उनलाई ६ महिनादेखि तीन वर्षको कैद सजायको माग गरिएको छ । विद्यार्थी राजुको अपहरणमा संलग्न भनिएका नेपाली सेनाका जवान कार्की रिहा भएपछि आफन्तले अदालत परिसरभित्रै नाराबाजी गरेका थिए । उनीहरूले हत्याराविरुद्व मुद्दा लडिरहेका वकिललाई पनि त्यसो नगर्न खबरदारी गरेका थिए । मुद्दा सुनुवाइका क्रममा अदालतमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएका थिए । राजुका आफन्त र गाउँलेले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । त्यसैगरी, हत्याका मुख्य सुर्खेत कालागाउँका २२ वषर्ीय हेमन्त भन्ने बलबहादुर शाही र सुर्खेतकै दुर्गा विसी, लालसरी शाही, लीलाकण्ठ लामिछानेमाथि प्रहरीले ज्यानमुद्दा चलाएको छ । उनीहरूलाई अदालतले मुद्दा सुनुवाइको समयसम्म कारागार पठाएको छ । यसअघि अभियोगीले राजुलाई नेपालगन्जबाट अपहरण गरेर बाँके र बर्दियाको सिमानामा पर्ने उढरापुर जंगलमा लगरे मारेको प्रहरीलाई बयान दिएका थिए । उनीहरूले राजुलाई हत्या गरेको दिन ९ मंसिरमा अपहरण गरी हत्या गरेको बताएका थिए । राजुको अपहरण गरी हत्या गर्ने आठ अभियोगीको बयानसहित प्रहरीले मुद्दा चलाएको हो । बाँके नौबस्ताका २२ वषर्ीय राजुलाई ९ मंसिरमा अपहरण गरी हत्या गरेका अभियुक्तलाई बन्दकोठाभित्र सार्वजनिक गरेको भन्दै आक्रोशित गाउँलेले आफूहरूसमक्ष सार्वजनिक गर्न माग गर्दै आएका छन् । धितालको हत्यामा संलग्न दुईजना अजय केसी र उपेन्द्र फरार रहेको प्रहरीले जनाएको छ ।



del.icio.us
Digg
Post your comment