दरबार र सिंहदरबारले तिरेनन् विद्युत्को दुई अर्ब
नयाँ पत्रिका काठमाडौं, २० पुस तीन महिनासम्म महसुल नबुझाउने सर्वसाधारणको लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणले पूर्वराजा बस्ने दरबार र मन्त्रीहरूका अड्डा मन्त्रालयको लाइन भने काटेको छैन । प्राधिकरण उदार हुँदा सरकारी कार्यालयबाट करिब दुई अर्ब रकम असुल गर्न सकेको छैन । प्राधिकरणले न त दुई अर्ब उठाउन सकेको नै छ, न ती कार्यालयका विद्युत् आपूर्ति नै बन्द गर्न सकेको छ । विद्युत्को महसुल नतिर्नेमा मन्त्रालय, विश्वविद्यालयदेखि राजदरबारसम्म छन् । ०६३ वैशाखमा लोकतन्त्रको स्थापनापछि जेठ ०६५ मा गणतन्त्र घोषणा गर्दासम्मको करिब दुई वर्षको अवधिमा पूर्वराजा, राजपरिवार र देशभर रहेका दरबारको नाममा रहेको विद्युत् महसुल अहिलेसम्म कसैले तिरेको छैन । पूर्वराजपरिवारको नाममा रहेको एक करोड ५५ लाख र नारायणहिटी, नागार्जुनलगायत दरबारको नाममा रहेको विद्युत्को सात करोड रकम महसुल प्राधिकरणले असुल्न बाँकी छ । त्यस अवधिमा निस्त्रिय रहेका राजा र राजपरिवारको नाममा रहेको विद्युत् महसुल कसले तिर्ने भन्ने निर्णय भएको छैन । यो अवधिको महसुल कसले तिर्ने त्यसबारेमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ । तर, पूर्वराजाले भने यो अवधिको महसुल सरकारले नै तिर्नुपर्ने आसयको पत्र प्राधिकरणलाई पठाएका थिए । प्रवक्ता डण्डपाणि बस्यालले गणतन्त्र स्थापनापछिको विद्युत् महसुल आफूले तिर्ने, तर गणतन्त्र घोषणाअघिको महसुल भने सरकारले नै तिर्नुपर्ने आसयको पत्र पूर्वराजाले प्राधिकरणलाई पठाएको जानकारी दिए । पूर्वराजाले पठाएको पत्र पाएको, तर यो रकम कसरी असुल गर्ने भन्ने विषय प्रक्रियामै रहेको ऊर्जामन्त्री डा. प्रकाशशरण महतले बताए । 'यो विषय निर्णयको प्रक्रियामै छ,' उनले यतिमात्र भने । गणतन्त्र घोषणा भएपछि नागरिक बनेका पूर्वराजाले त्यसपछिको विद्युत् महसुल भने प्राधिकरणलाई तिर्दै आएका छन् । त्यस्तै, सरकारी कार्यालयले ६५ करोड र स्थानीय निकायले एक अर्ब ६ करोड र दरबारले आठ करोडभन्दा बढी महसुल तिरेका छैनन् । प्राधिकरण स्रोतले सबैभन्दा बढी रकम गृह र स्वास्थ्य मन्त्रालयले क्रमशः आठ/आठ करोडभन्दा बढी रकम असुल्न बाँकी रहेको जानकारी दियो । यो गृह र स्वास्थ्य मन्त्रालय त्यस मातहतका कार्यालयको नतिरेको विद्युत् महसुल हो । माओवादीका सात र २१ वटा सहायक शिविरमा करिब तीन वर्षअघि गरेको विद्युतीकरणको करिब नौ करोड रुपैयाँ सरकारले प्राधिकरणलाई तिरेको छैन । शान्तिकोषमार्फत सरकारले शिविरको व्यवस्थापन गरिरहेको छ । तर, प्राधिकरणले अस्थायी शिविरमा गरेको विद्युतीकरणको रकम भने सरकारले अहिलेसम्म असुल गरेको छैन । त्रिभुवन विश्वविद्यालयले तीन करोड ९२ रुपैयाँको महसुल प्राधिकरणलाई तिर्न बाँकी छ । महसुल नतिरेपछि प्राधिकरणले त्रिवि केन्द्रीय कार्यालयमा विद्युत् आपूर्ति बन्द गरेको थियो । पछि, किस्ताबन्दीमा महसुल तिर्न तयार भएपछि प्राधिकरणले त्रिविमा विद्युत् आपूर्ति सुचारु गरिदिएको थियो । तर, त्रिविले अझैसम्म रकम नतिरेको प्राधिकरणले जनाएको छ । एक महिनाअघि सरकारी कार्यालयले नै विद्युत् महसुल नतिरेपछि प्राधिकरणले ती कार्यालयलाई निश्चित समय तोकेर विद्युत् महसुल तिर्नका लागि आग्रह गर्ने भएको छ । ती कार्यालयले तोकिएको समयमा महसुल नतिरे विद्युत् आपूर्ति बन्द गरिने चेतावनी दिएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री डा. प्रकाशशरण महतले सरकारी कार्यालयले नै महसुल नतिर्नु गम्भीर भएको बताए । उनले निश्चित समय दिएर रकम असुल गर्न आग्रह गरिने बताए । तोकिएको समयमा महसुल नतिरे ती कार्यालयमा विद्युत् आपूर्ति बन्द गर्न पनि प्राधिकरण तयार रहेको चेतावनी दिए । गृहमन्त्रालय - आठ करोड स्वास्थ्य मन्त्रालय - आठ करोड शान्ति मन्त्रालय - चार करोड माओवादी शिविर - नौ करोड त्रिवि - चार करोड पूर्व राजपरिवार - आठ करोड स्थानीय निकाय - एक अर्ब ६ करोड



del.icio.us
Digg
BIJULI KO BILL NAA TIRDA KE BHAYO TAA.............. BARU NETA HARU LAI FREE MA NAI DIYE HUNCHA.......
thula thula kura garne aani BAD PATH SEEDANTA DAL AANI DES RA JANATA bhanera aanak rajnitik pareebhasa lai prastut garne rajniti ka saphal khaladi chhan aani beerodh ra samarthan ko nam ma aanak tandav machaune AANNABHAKTA ra AANDHABHAKTA samarthak chhan aani pharee des ma .....................tantra pani ta aayako chha tara ke yo nai ho ta ......................tantra ? sayad........................
Post your comment