Newsletter
Email:
Home | कभरस्टोरी | जनसंख्या राज्यमन्त्रीका ९ छोराछोरी

जनसंख्या राज्यमन्त्रीका ९ छोराछोरी

Font size: Decrease font Enlarge font
image

 

अर्को जन्माइदिऊँ ?
जनसंख्या राज्यमन्त्री
खड्गबहादुर बस्याल

नयाँ पत्रिका

काठमाडौं, १५ पुस

दुई मात्र सन्तान, ईश्वरका वरदान ! यस्तै विज्ञापनमार्फत जनसंख्या मन्त्रालय रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट जनतालाई सन्देश दिइरहेको छ । तर, मुलुककै जनसंख्या राज्यमन्त्रीका नौजना छोराछोरी छन् ।

हुन त, जनसंख्या मन्त्रालयले छोरा होस् या छोरी, दुवै बराबरी भन्ने सन्देश पनि दिन्छ, तर जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आसमा आठ छोरी र एक छोरा जन्माएका हुन् ।

'पहिले छोरा भएन, छोरी जन्मँदै गए, त्यसैले सन्तान धेरै भए,' जनसंख्या मन्त्रालयको कुर्सीमा बसेर राज्यमन्त्री बस्याल आफैँले नयाँ पत्रिकासित भने, 'सातजना छोराछोरीबाट १२ नाति-नातिना जन्मिएका छन् ।'

छोरा जन्मिएला भन्दा-भन्दै उनले सात छोरी जन्माए । आठौँ सन्तान छोरा जन्मिए । एउटा छोरा जन्मिएपछि बस्यालले अर्को छोरा जन्माउने प्रयत्न गरे । तर, जन्मिइन् फेरि अर्की छोरी । जम्मा नौजना सन्तान जन्मिएपछि उनको 'सन्तान उत्पादन-प्रक्रिया' रोकिएको छ ।

धेरै छोराछोरीको मात्र होइन, अहिले देशको पनि जिम्मेवारी पाएका राज्यमन्त्री बस्यालले आफ्ना छोराछोरीको नाम र कोभन्दा को जेठो हो भन्नेसमेत बिर्सिएका छन् । आठजना छोरीको नाम बताउने क्रममा मन्त्री बस्याल दुईपटक झुक्किए । '६ नम्बरमा छोरी निर्मला जन्मिई,' उनले भने, 'होइन क्यार, त्योभन्दा पहिले त गीता जन्मिएकी हो, त्यसपछि मात्र सातौँ नम्बरमा निर्मला ।'

जेठी छोरी शारदाको बिहे दैलेख घर भई भारत अहमदाबादमा कार्यरत इन्जिनियरसँग भएको थियो । 'ज्वाइँ गत वर्ष मात्र हार्टअट्याक भएर बिते,' उनले सुनाए । अहमदाबादको घर बिक्री नभएकाले छोरी र नाति-नातिना उतै रहेको उनले बताए ।

माइली छोरी विष्णु सुर्खेतकै तातोपानी उत्तरगंगामा घरजम गरी बसेकी छिन् । साँहिली छोरी गाउँमै अनमि छिन् । 'उसको विवाह गर्न बाँकी नै छ,' मन्त्री बस्यालले भने ।

चौथो नम्बरकी छोरी सीताको सुर्खेत नगरपालिका भैरवथानमा बिहे भएको छ । पाँचौँ नम्बरकी तारा र छैटौँ नम्बरकी निर्मलाको पनि बिहे भइसकेको छ ।

सातौँ नम्बरकी छोरी गीता राज्यमन्त्री बस्यालसँगै अहिले मन्त्रीनिवास पुल्चोकमा बस्छिन् । गीताका श्रीमान्लाई मन्त्री बस्यालले नै मलेसिया पठाएका छन् ।

राज्यमन्त्री बस्यालका एक मात्र छोरा अहिले जनस्वास्थ्यमा स्नातक तहमा अध्ययनरत छन् । उनी आठौँ नम्बरमा जन्मिएका थिए । सबैभन्दा कान्छी सन्तान सुशीला जन उच्च मावि, सुर्खेतमा कक्ष्ाा १० मा अध्ययनरत छिन् । कक्षा नौमा पढ्दै 'लभ-म्यारिज' गरेकी सुशीलाले बच्चा पनि जन्माइसकेकी छिन् ।

राज्यमन्त्री बस्याल दलित मात्र होइनन्, गरिब परिवारका पनि हुन् । छोराछोरी हुर्काउँदा लागेको ऋण उनले मन्त्री भएपछि मात्र तिरेका छन् ।

'सम्पत्ति केही छैन, गाउँमा १० धुर जमिन छ,' उनले भने, 'पैसा ल्याऊ, अनि घर बनाएर बसौला भनेर ज्वाइँलाई मलेसिया पठाइदिएको हुँ ।'

बस्यालले जमानामा पनि 'लभ-म्यारिज' गरेका हुन् । सानो परिवार, सुखी परिवार बनाउने सपना थियो उनको पनि । 'तर, छोरीहरू जन्मँदै गए, परिवार बढ्दै गयो,' उनले भने ।

आफैँ एसएलसीसम्म पढेका राज्यमन्त्री बस्यालका सातजना छोरीले पनि एसएलसी मात्र उत्तीर्ण गरेका छन् ।

०४७ सालमा कांग्रेस प्रवेश गरेका बस्याल ०६२/६३ को आन्दोलनमा दुईपटक गिरफ्तार भएका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको हो । बस्याल दलित कोटामा सभासद् र मन्त्री भएका हुन् ।

'सबैले सरकारी विद्यालयमै पढेका हुन्, छोरीहरू बेरोजगार छन्,' राज्यमन्त्री आफैँ गुनासो गर्छन्, 'छोरीहरूलाई कतै काममा अल्झाइदिन पाए हुन्थ्यो भन्ने पनि लाग्छ । 'तर, कसलाई भन्नु, आफैँ मन्त्री छु ।'

'बाउ' नै मन्त्री हुँदा पनि जागिर पाइएन भनेर छोरीहरूले गुनासो गर्ने गरेको उनले बताए । 'आफ्नै बाउ मन्त्री हुँदा पनि (जागिर) नभए कहिले पनि हुँदैन भन्छन्,' उनले भने ।

एकताका गि्रल उद्योग खोल्दा लिएको ऋण बढेर एक लाख २५ हजार पुगेको थियो । ऋणले घर-जग्गा नै गुम्ने हो कि भन्ने चिन्ता थियो । 'तर, पार्टीले मन्त्री बनाइदिएपछि ऋण तिरेको छु,' भर्खरै ऋणमुक्त भएकामा उनी सन्तुष्ट छन् ।

mansara basyal

'नौ सन्तान भएपछि नियोजन गरेँ'
श्रीमति मनसरा बस्याल

म भर्खरै १४ वर्षकी थिएँ, उहाँ -खड्गबहादुर बस्याल) सँग माया बस्यो । उहाँ -सुर्खेतको) गोठीकाडाबाट यहाँ -वीरेन्द्रनगर) पढ्न आउनुहुन्थ्यो, म गाई लिएर गोठालो जान्थेँ । पहिले चिनजान भयो, पछि माया बस्यो ।

उहाँको बानी राम्रो थियो । आउँदा-जाँदा भेट हुन्थ्यो । पछि मलाई उहाँ राम्रो लाग्न थाल्नुभयो । माया बसेको करिब तीन वर्षपछि मलाई भागौँ भनेर उहाँले नै भन्नुभो । मैले त्यही राति सबै कपडाको कुम्लो बनाएर घरमा कसैलाई थाहा नदिई भाग्ने योजना बनाएँ । ०२५ साल असोजको पूणिर्मा मनाएर हामी भाग्यौँ । उहाँका साथीहरू हामीलाई झुप्रासम्म पुर्‍याउन आउनुभयो ।

पछि उहाँले नेटाको खल्टाकुरा प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो, मलाई त्यहीँ राख्नुभयो । चार महिनापछि हामी घर गयौँ ।

म त्यतिवेला १८ वर्षको थिएँ, उहाँ २० को हुनुहुन्थ्यो । जेठी र माइली छोरी जन्मिसकेपछि हामीले बाजा बजाएर माइती मानेका -गएका) हौँ ।

जीवनमा उहाँले धेरै संघर्ष गर्नुभो । पहिला पुलिस हुनुभो । हो नि, मेरा बूढा त असइ पनि हुनुभा हो । तीन वर्ष असइ भइकेपछि त्यो जागिर छाडेर दुई वर्षजति मास्टर हुनुभो । पछि १८ महिनाजति भेटेरिनरीका मुखिया पनि हुनुभो । कपडा-पसल पनि गर्‍यौँ ।

पछि गि्रल उद्योग खोलेर पनि बस्यौँ । उहाँले त्यतिवेलादेखि नै राजनीति गर्न थाल्नुभा हो । तर, छोराछोरी धेरै भए, मलाई धेरै छोराछोरीको टेन्सन हुन्थ्यो । उहाँ राजनीतिमै व्यस्त हुनुभो । घर पनि कहिलेकाहीँ भुल्नुहुन्थ्यो ।

छोरा पाउने भन्दा-भन्दै आठवटी छोरी भए । त्यसपछि पनि नौ महिनाकी छोरी खेर गइसकेपछि छोरो भयो । अर्को पनि छोरा जन्माऊँ न त भनेको फेरि छोरी नै जन्मिई । त्यसपछि मैले परिवार नियोजन गरेँ ।

यति धेरै छोरी हुँदा पनि उहाँले कहिल्यै अर्को बिहे गरौँ भन्नुभएन । तर, समाजले त छिटो बिहे गर्, नत्र तेरो छोरा नै हुँदैन भन्थ्यो । मेरा बूढाले मलाई धेरै माया गर्नुहुन्छ ।

जेठी छोरी शारदा ३८ वर्षकी छे । उसको भारतको गुजरातमा बिहे भको छ । साँहिली विनीता र छोरो भानुभक्तबाहेक सबैको बिहे भइसक्यो । कान्छी छोरी सुशीला १९ वर्षकी छे । उसको यतैका एकजना गुरुङसँग बिहे भको छ ।

दुई बिघा घडेरीसहित चार बिघाजति पुख्र्यौली सम्पत्ति बूढाले जम्मै राजनीतिमै सिध्याउनुभो । हाल (सुर्खेत) उत्तरगंगा बजारमा सानो घडेरीमा घर छ । गाउँमा एक कठ्ठा बारी र ६ कठ्ठा खेत छ ।

म अहिले काठमाडौंको मन्त्रीनिवासमा बस्छु, अहिले जाडोमा घर आएकी हुँ । धेरै त बूढासँगै बस्छु । राजनीति गरेर सम्पत्ति त गयो, तर खेर गएन जस्तो लाग्छ । अहिले मेरा बूढा मन्त्री हुनुहुन्छ । कसला काटे मसला पाइँदो रहेछ ।

(गणेशकञ्चन भारतीसँगको कुराकानीमा आधारित)

तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

Subscribe to comments feed Comments (26 posted):

on 01/01/2010 05:52:52
avatar
पत्रिकाले ठीकै लेख्यो । नेपालमा नेता, मन्त्रीहरुको बौद्धिकस्तर कस्तो छन् भन्ने कुरा यस्तो घटनाले ऐनामा जस्तै देखाउाछ । अहिले कुन चाहिं मन्त्री, नेताहरुको बौद्धिककता गतिलो छन् र ? भाषण सुन्दा यी नेता, मन्त्रीहरु जस्तो देशभक्त, राष्ट्रभ क्त कोही देखिंदैन, व्यवहार सवै उही द्यांगको मुला त हो नि ।
Thumbs Up Thumbs Down
-1
Ramji Balami,rbalami2008@gmail.com on 01/01/2010 04:56:13
avatar
Yastai ho,bhane jasto kura k bhayako 6 ra Nepal ma aru ko aakhama chharo halne na ho ,kohi pani chhora navai basdaina kyare
Thumbs Up Thumbs Down
0
Nepali on 01/01/2010 04:41:15
avatar
!praya Nepali haru alu pade nai hun.yiniharu aru duniya bhanda 500 barsa bachadi chhan harek kura ma. chadai Buddhi aos Nepali haruko yehinaimero 2010 ko Subhakamana chha.
Thumbs Up Thumbs Down
0
bedu on 01/01/2010 03:46:51
avatar
sabai chhori bibahit vaye ra ki chhaina
Thumbs Up Thumbs Down
0
bedu on 01/01/2010 03:38:20
avatar
mantri vayera pani yesto pani huncha ra kina chhorako echha le garda kina yesto kam gareko ho
Thumbs Up Thumbs Down
0
acme on 01/01/2010 02:02:01
avatar
jasto mantri testai janta cha yo desh ma, yesto desh ko janta lai yestai mantri chaincha, ek arka ma jhagara garne haru ko dimak ma ulta soch naaaeera ke auucha ta, jasto desh testai mantri ani testai jaanta//
Thumbs Up Thumbs Down
0
on 01/01/2010 01:09:14
avatar
This is not Exclusive News Buddy, we are Nepalese and live in Nepal.
Thumbs Up Thumbs Down
0
on 31/12/2009 22:35:26
avatar
patrika purbagrahi hun khojejasto lagyo. Bajar matra nahernus sampadak ji stariyeta pani chahin6. yi mantri ko jivani jasto nepalma 40% ko sochai hola.
Thumbs Up Thumbs Down
0
mohan bikram tumbahangphe on 31/12/2009 19:06:46
avatar
malai ati khusi lagyo nepal ko patra patrika ko sampadak ra istariya. yas batanai spasta, aghadinai uttar thaha huncha bises garera madhise, janjati, dalitharu ko bisayema. for example girija ko natini kalakar manisa koirala ra arka gayek kalakar udid narayen jha dui jana kai pristavumi autai ho jha lai nepali nai hoina jasto garera sodincha manisa koirala lai orjinal nepali samman ka sath ma, hamra mantri jyu yo BAD ma ko asar ma parnu vayo.ma pani BAD ko asar ma parera dherai comment garchu pakas ma audainan. TAPAI DES HAKNE VAYERA PANI bad ko MANASTHI LE tapai kehi pahi haina vanne sandes am nepaliharu lai diyeko matra ho comment haru padhnu vaye thaha huncha
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 31/12/2009 18:07:43
avatar
Parti lai sahayog gare ko samanupatik ma pariya chha ra ra vagyamata lekhe kai rahechha Haruwa haru ko jamat ma Mantisab pani hunu vayo belai ma chora chri lai nokari ko bandobasta garda ramro hola ani jindagi vari rajniti ma lage ko manche maukama nai kamai halnus bagera gaya ko khola pani pharkidaina ni Manti mMahoda.Ki kaso?
Thumbs Up Thumbs Down
0
Raju k. c {HAPPY} on 31/12/2009 17:25:40
avatar
bichara !!! yee jana sankhya rajya mantri lai kre thaha ? ahile mantri hula vaner.pahile josa ma hosa payanan ,
ahile ke jawaf dine khai???? santanle dadakada dhakun vanya asirbad unalai lagechha kyare hai??????????///
Thumbs Up Thumbs Down
0
sujit karki on 31/12/2009 15:52:31
avatar
waiyet! k rajyamantri bhayepa6i nai janmayeka ta hainan holani sabai 9 jana nai. ki yo record genies book ma nai chadhne khalko ho?
Thumbs Up Thumbs Down
-2
Ganesh pokharel on 31/12/2009 15:27:25
avatar
विचरा हुन राज्य मन्त्री । उनको के दोष, उनी जस्तै चेतनाको स्तर भएका धेरै छन् । उनको चेतना स्तरले सवै नेपालीको प्रतिनिधित्व गर्छ । नयाँ पत्रिकालाई धन्यवाद ।
Thumbs Up Thumbs Down
1
Ramesh k magar. on 31/12/2009 14:33:44
avatar
thank you reporter jeee. minester ko yethartha jeebane reporting garnu vayako ma. harek ko afanai afanai jebane hun6 thaha pauna sakendai ne
yo ta menister ko vaya ra thaha paiyo. aru ko pane ta yestai halat hola ni ke kaso friends.........?????????
Thumbs Up Thumbs Down
0
sante on 31/12/2009 13:28:43
avatar
ha ha aaaa intresting news nepal ma yewstaicha ;
name - mantralaya - payeko karan
ma ku ne -pm- 2palta harekole
gachedar -vice pm -no-1 dada
sujata- bidesh -bidesi sanga bihe
bidhya- raksha- ghar ma budo navayekole.
khadha bdr- jansnkhya-9 chora chori vayekole
thank's don't mind this is a joke.
Thumbs Up Thumbs Down
0
MUSTAFA on 31/12/2009 12:51:32
avatar
हैन यो मैले नबुझेको हो कि अरुले नबुझेको हो? मन्त्री त अहिले पो भएको त बच्चा त पहिला नै जन्मेको हो नि अहिले मन्त्री भयो भन्दै मा यसरी भनीहाल्नु पर्छ र? बिचरालाई म मन्त्री हुन्छु भन्ने के थाहा थियो र? मन्त्री नै भैहाले पनि जनसंख्या मन्त्री नै हुन्छु भन्ने बिचरालाई के थाहा थियो एक चोटी विचार गरौ त मेरो पनि छोरा नै होस् भन्ने चाहना त सबैको नै हुन्छ नि त्यो उखानै छ नि " ढिला होस् तर छोरा नै होस्" अहिलेको जमानामा त यो उखानलाई चरितार्थ पार्न मान्छे हरु लागि रहेका छन् झन् उनी त उहिलेकै मान्छे अनि यसमा अचम्म मान्नु पर्ने किन नि?
Thumbs Up Thumbs Down
2
binu on 31/12/2009 12:15:06
avatar
malai lagccha unle mantri hunubhanda pahilanai janmayeka chorashori hun. ani umer herdapani unko palama 2 santan isworko bardan bhanne nara thiyena hola.unita yeta udhaharan matra hun hamro deshma therai santan hune therai cchan bzaru 2 santan isworko bardan bhanne nara vayepacchi yettika therai santan janmako bhaye chai samachar bannuparcha.
Thumbs Up Thumbs Down
0
r grg on 31/12/2009 10:35:49
avatar
k kura gareko kanchhi chhori 19 barsa bhane pachhi thulo chhori 38 thikaiho
Thumbs Up Thumbs Down
0
db thada on 31/12/2009 10:24:16
avatar
Naya patrika yo bhanda arko bisaya payena news chhapna????? yo ta usko personnel life ma je sukai garos na ke yesto pani exclusive news???? bhayena mantri ju lai ko kahile janmiyeko pani thaha chhaina??? afno chhora chhori ko ta thaha nahune le des kasari chalaune????? sankai chha qualiti nahi quantiti to he bhane jastai ho???? la ja je hos galti bha maff pam hai...
Thumbs Up Thumbs Down
0
ram on 31/12/2009 08:39:21
avatar
tapai ko saile chhori ?????
Thumbs Up Thumbs Down
0
pradip pandit on 31/12/2009 07:13:18
avatar
यो भन्दा पनी कती तल झरेर पत्रकारिता गर्ने? एउटा रास्ट्रीय पत्रिका ले एउटा राज्य मंत्री को pernsol जीबन मा आक्रमण गरेर एक्सक्लुसिभ न्यूज़ भन्दै छाप्नु कुन यो भन्दा पनी कती तल झरेर पत्रकारिता गर्ने? यो भन्दा कती गीरेर पत्रकारिता गर्ने?प्रचंड ले संपूर्ण नेपाली को स्वाभिमान मा धक्का लाग्ने गरी नेपालका राजनीतिक दल र तिनका कार्यकर्ता नोकर हुन मालिक दिली हो अब वार्ता दिली संग भनी दिएको भाषणको बिरुद्द सम्पादकीय छाप्दा y पत्रकारिता हुन्छ भने यस लाई के भन्ने?
Thumbs Up Thumbs Down
-60
upen on 31/12/2009 07:00:23
avatar
Mantri g tapailai ta population ko rajya mantri tesai bhane bhanayeko hoina rahechha hai.yo ekdam ramro sandesh bhannechha.... ha ha ha....
Thumbs Up Thumbs Down
0
krishana sharma on 31/12/2009 06:42:14
avatar
k mantri hola bhanera pahile nai bachha napaune ra kosle dekhe ko thiyo ra mantri hola bhanera kya bakbas news yar. sampadak bhayara pani afno job ramro sanga nagarne
Thumbs Up Thumbs Down
2
Deba Raj Luitel on 31/12/2009 06:27:16
avatar
दुइ सन्तान ईश्वरका वरदान लाई जनसङ्ख्या राज्य मन्त्री वस्यालले नारामा मात्र सीमित गराएका छन । एतिमात्र होइन उनी यस्ता पात्र भएका छन जसले गरिविको समयमा पनि नौ नौ जना सन्तानको ब्यवस्थापन गरेर असल जनसङख्या व्यवस्थापकको भूमिका निर्वा गरेका छन । मरो विचारमा उनकको जनसङख्या व्यस्थापन क्षमता वारे जनसङख्खया विदहरुले एउटा सोधपत्र जारि गर्नु नै राम्रो हुन्छ ।

देवराज लुइटेल
debrajluitel@gmail.com
Thumbs Up Thumbs Down
1
Indra Dev Rai Pandhare now Mozambique on 31/12/2009 06:16:33
avatar
Mantriko ta yo halat 6 bhane aru sarba sadharanko ke halat 6 hola sajilai anuman garna sakin6!Ani bekkarma dui matra santan ishworko bardan bhanne nara banayako.Baru 6orako ashama dherai santan bhanne nara banayako bhaya uchit hunthyoki?
Thumbs Up Thumbs Down
1
santa tamang on 31/12/2009 05:46:12
avatar
धन्यवाद, यो कुर सुन्द मलाई नेपालीहरु अजै पनि पुरनो सश्कर म नै राइछ भन्ने देखिन्छ राज्यमत्री जश्तो बेग्तिले अशिछित आभिबक्त दियपछी नेपाल कहसमको राइछ भन्ने नेपाली जनताले पनि बुजनु पर्छ यसै करणले देश दुपेको पनिहो जश्तो लाग्छ
Thumbs Up Thumbs Down
3
total: 26 | displaying: 1 - 26

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.50
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?