Newsletter
Email:
Home | देश | गुठी संस्थानका उपप्रशासक कारबाहीमा

गुठी संस्थानका उपप्रशासक कारबाहीमा

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेलाई विभागीय कारबाही गर्न संस्थानलाई निर्देशन दिएको छ । कास्कीस्थित भैरव गुठीको जग्गालाई मधुमाया योगीको नाममा बनाएको भन्दै अख्तियारले उनलाई कारबाही गर्न निर्देशन दिएको हो ।

पाण्डेले गुठीको बृहत्तर हितमा निर्णय गर्नुपर्नेमा सो नगरी मधुमाया योगीको नाममा श्रेस्ता र पुर्जा कायम गर्न गरेको निर्णय गुठी संस्थान ऐन ०३३ को दफा २७ क तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत देखिएको ठहर अख्तियारले गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?