भ्रष्टाचारको सूचना दिनेलाई संरक्षण र कमिसन
मुन्रोभिया/ पश्चिमी अपि|mकी राष्ट्र लाइबेरियाकी राष्ट्रपति एलेन जोन्सन-सर्लिफले भ्रष्टाचारविरुद्ध लड्ने आफ्नो अभियानको एक भागको रूपमा सूचना दिनेहरूलाई संरक्षण र फिर्ता गरिएको रकमको निश्चित अंश दिन आदेश जारी गरेकी छिन् । नयाँ फर्मानअनुसार भ्रष्टाचारबाट फिर्ता भएको रकमको पाँच प्रतिशत सूचना दिने व्यक्तिले पाउनेछ । आफूभन्दा माथिका हाकिमसँग डराएर सूचना दिन नसक्ने व्यक्तिलाई उसले चाहेमा अर्को ठाउँमा सरुवा गर्न सकिनेछ । संवाददाताहरूका अनुसार भ्रष्टाचारविरोधी आयोगमा पर्याप्त संख्यामा कर्मचारी नभएकोले जनसाधारणसँग सहयोग लिन थालिएको हो । 'यस कार्यले सिठ्ठी बजाउने व्यक्तिलाई संरक्षण प्रदान गर्छ,' कार्यवाहक न्यायमन्त्री इभा मोर्गानले ताजा आदेशको घोषणा सुनाउँदै भनिन् । तर, यो बदलाको भावनाले सूचना नदिने व्यक्तिका हकमा मात्र लागू हुने उनको भनाइ थियो । उनले मुलुकमा भ्रष्टाचारविरुद्ध कार्य गर्ने अभियोक्ता तथा अदालतको संख्या भने पर्याप्त नभएको स्वीकार गरिन् । संवाददाताका अनुसार यस आदेशले वास्तवमा कत्तिको काम गर्छ वा अर्को कुनै कदमको आवश्यकता पर्छ भन्नलाई समय भइसकेको छैन । केही भ्रष्ट अधिकारीहरूले भ्रष्टाचारको सूचना दिने र धम्की दिनेहरूलाई चुप लगाउन र किन्नका लागि आफूले चोरेको रकमबाट केही रकम छुट्याइराखेका छन् । भ्रष्टाचार नै १९८९ देखि २००३ सम्मको गृहयुद्धका प्रमुख कारणमध्ये एक थियो र लाइबेरिया त्यसबाट मुक्त हुने प्रयासमा लागेको छ ।



del.icio.us
Digg
Post your comment