Newsletter
Email:
Home | मोफसल | दाइजोले पिरोल्यो

दाइजोले पिरोल्यो

Font size: Decrease font Enlarge font
image

पर्याप्त दाइजो नल्याएका कारण बिहे गरेर पनि माइतीमै बस्न बाध्य छन् सप्तरीका थुप्रै महिला

सप्तरी, ६ पुस : विवाह भएको चार वर्ष भयो, तर सुकुमारकुमारी साह अहिलेसम्म माइतीमै बस्न बाध्य छिन् । दाइजोको माग गर्दै ससुरा पक्षले राख्न नमानेपछि उनी बिहे गरे पनि घर बस्न पाएकी छैनन् ।

उनी चार वर्षअघि सप्तरीकै कविलासा गाविसनिवासी शैलेन्द्र साहसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । तर, दाइजोस्वरूप जग्गाको माग गरेर ससुरापक्षले आफूलाई घरमा राख्न नमानेको उनले बताइन् । करिब एक वर्षसम्म राख्न नमानेपछि बाबुले जसोतसो गरेर जग्गा दिन तयार भए पनि श्रीमान्ले आफ्नो बाबुका नाममा जग्गादर्ता गर्नुपर्ने अडान लिएर घर भित्र्याउन नमानेको साह बताउँछिन् । उनले भनिन्, 'पटक-पटक अधिकारकर्मी, प्रशासनलाई गुहार्‍यौँ, तर कतैबाट न्याय पाउन सकिएन ।'

०५७ साल भदौ २८ गते वैवाहिक बन्धनमा बाँधिएकी आइएड उत्तीर्ण सुकुमारकुमारीलाई श्रीमान्ले विवाह भएको महिना दिन मात्र आफ्नो साथमा राखेका थिए । त्यसवेला गर्भवती रहेकी उनको छोरा जन्मेको छ । हाल शैलेन्द्रले जन्मेको छोरो आफ्नो होइन भन्दै झन् दुःख दिन खोजेको उनले बताइन् ।

बुबा, आमा र आफैँले पटक-पटक सासू, ससुरा र श्रीमान्लाई बिन्ती गर्दा पनि उनीहरूको मन नपग्लेको उनले दुःखेसो गरिन् । अहिले सुकुमारकुमारीले न्यायका लागि जिल्ला अदालत, सप्तरीमा श्रीमान्विरुद्ध अंशमुद्दा दायर गरेकी छिन् ।

उनी मात्र होइनन्, सप्तरीका अधिकांश महिला दाइजोको निहुँमा यस्तै पीडा खेप्न बाध्य छन् । एकल महिला समूह, सप्तरीको तथ्यांकमा तराईका प्रत्येक २० मध्ये एक विवाहित महिला आफ्ना पतिबाट छुट्टएिर बस्न बाध्य भएको देखिन्छ । जसमध्ये अधिकांशको निहुँ दाइजोलाई नै बनाइएको छ ।

महिला हिंसाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था मानवअधिकार तथा जनवकालत केन्द्र -हुपेक) को तथ्यांकअनुसार महिनामा १० वटा महिला हिंसासम्बन्धी केस आउने गरेका छन् । जसमध्ये महिनामा चार/पाँचवटा दाइजोको केस हुने गरेको हुपेकका सामाजिक परिचालक एवं अधिवक्ता उमाशंकर देवले जानकारी दिए ।

दाइजोकै कारण घरनिकालासमेत भएकी भारत बिहार राज्यअन्तर्गत खरबिटाका संजनकुमारी देवले समेत हालसम्म न्याय पाउन सकेकी छैनन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गत ०६४ फागुन २२ गते सोही कार्यालयमा भएको छलफलमा पीडक पक्षले संजनलाई खानपिनको व्यवस्था गरी एक महिनाभित्र उनका श्रीमान्लाई समेत बोलाउने प्रतिबद्धता गरिएको थियो । तर, हालसम्म कुनै किसिमको क्षतिपूर्ति संजनलाई प्राप्त नभएको सामाजिक परिचालक देवको कथन छ ।

करिब चार वर्षअघि नै संजनसित सप्तरी, इनरुवा५ निवासी शिवशंकर देवका छोरा सागरप्रसाद देवले प्रेम-विवाह गरेका थिए । प्रेम-विवाह गरे पनि बिहे भएको दुई महिनापछि नै संजनलाई छाडेर सागर फरार भए । हाल जिल्ला अदालतमा सागरमाथि पनि अंशमुद्दा चलिरहेको छ ।

सप्तरीकै बिसहरिया गाविस४ बस्ने रेखादेवी चौधरीलाई बिहेको डेढ वर्षपश्चात् दाइजोकै कारण घरबाट निकालियो । ०५८ साल फागुन ९ गते सुनसरीको पश्चिम कुसहा गाविस६ निवासी अनन्त पौदारसँग वैवाहिक बन्धनमा बाँधिएकी चौधरीलाई पर्याप्त दाइजो नदिएको भन्दै घरबाट निकालिएको हो ।

०६१ सालमा घरबाट निकालिएकी पीडित चौधरीका अनुसार दाइजोको माग पूरा गर्न नसक्दा सासू-ससुराद्वारा उनलाई आगो लगाउने प्रयाससमेत गरिएको थियो । आफूसित विवाह-दर्ता पनि नभएको दुःखेसो पोख्दै उनी भन्छिन्, 'आवश्यक प्रमाण नरहेकाले हकदाबीबाट समेत वञ्चित रहेकी छु ।'

माइती पक्ष पनि आर्थिक रूपले सबल नरहेका कारण हाल अर्काको घरमा काम गरेर उनी आफ्नो जीविकोपार्जन गरिरहेकी छिन् ।

सोही गाविस७ बस्ने सीतादेवी रामको अवस्था पनि उस्तै रहेको छ । तीन वर्षअघि नै कञ्चनपुर७ पत्थरी निवासी शंकर रामसँग विवाह गरेकी सीतालाई पनि दाइजोकै कारण एक वषर्ीया छोरीसहित ससुरा पक्षले घरनिकाला गरे । बिहेको एक वर्षपछि छोरीको जन्मपश्चात् ससुराबाट निकालिएकी सीता भन्छिन्, 'आफ्नो मिहिनेत मजदुरीले हातमुख जोड्न पनि धौ-धौ हुन्छ, यस्तोमा छोरीको भविष्य कस्तो होला ?'

यसैगरी सप्तरीको देउरी भरुवा७ मुसहरनियाँनिवासी सुनितादेवी यादव दाइजोकै कारण विगत कयौँ वर्षदेखि पतिबाट अलग्गिएर बस्न बाध्य छिन्ा् । करिब अढाई वर्षअघि वभनगामाकट्टी७ सडेपारनिवासी फूलकुमार यादवसँग वैवाहिक बन्धनमा बाँधिएकी सुनिताले दाइजोकै कारण ससुरापक्षबाट अत्यन्तै पीडा खेप्नुपरेको बताइन् ।

सोही गाविस५ बस्ने जुबेदा खातुनको पीडा पनि यस्तै रहेको छ । खातुन भन्छिन्, 'विवाहपश्चात् पतिको मुखसम्म हेर्न पाएको छैन ।' करिब साढे पाँच वर्षपूर्व नै भारतको बिहार राज्यअन्तर्गत पर्ने कमलपुरनिवासी मोहम्मद सहादतसँग उनको विवाह भएको थियो । तर, दुलाहा पक्षद्वारा माग गरिएअनुरूपको दाइजो नदिएका कारण बिहे भएको दिनदेखि नै पतिबाट छुट्टएिर बस्न उनी बाध्य भएकी छिन् ।

यसैगरी सप्तरीको शम्भुनाथ गाविस बस्ने रमाकुमारी देव पनि बिहेको वषौर्ं बितिसक्दा पनि दाइजोकै कारण हालसम्म माइतीमै बस्न बाध्य छिन् । राजविराज नगरपालिकानिवासी सञ्जय देवसँग प्रणयसूत्रमा बाँधिएकी रमा भन्छिन्, 'एक लाख नगद दिइसक्दा पनि थप दाइजोको मागका कारण घर बस्न पाइनँ ।'

दाइजोका कारण पीडित महिलाले प्रहरीमा जानकारी गराए पनि पीडक पक्षको आर्थिक लेनदेनका कारण न्याय पाउन नसकिरहेको मानवअधिकार तथा जनवकालत केन्द्रको आरोप छ ।

यता दाइजोसम्बन्धी उत्प्ाीडनका घटना सप्तरीमा दिनहुँजसो हुने गरेको भए पनि त्यसको लिखित उजुरी भने प्रहरीमा नपर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चालू आर्थिक वर्ष ०६६/६७ मा हालसम्म दाइजोसम्बन्धी घटनामा एउटा पनि लिखित उजुरी नपरेको जिल्ल्ाा प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

Subscribe to comments feed Comments (4 posted):

Bimali Bibas on 22/12/2009 11:51:47
avatar
dherai dukhad pack6 ho.tarai karai ma yo samasya bikaral rupma dinanudin badhiraheko 6 yasko antyka lagi sarkari star bata nai bises pahal hunuparchha khai ta madhesi party ka netahru pani sarkar ma gaye 6n tara yasbare kunai mantri ajha mahila mantri le pani dhyan diyeko bujhidaina yo thula dekhi sana tahama byapta bhayeko tyasaile pusthi garchha yasto dukhad pack6 ma sabai ko bhyan jaos ta ki mahila hinsa aru nabadhos gharelu hinsa biruddha aba thos kadam ko jarurat 6.
Thumbs Up Thumbs Down
0
tara sharma on 22/12/2009 10:42:17
avatar
Dulaha na kamjor bhayepachhi k garen rakhne ta Dulahale ho ni. Biha gareko pani dulaha sanga ho.Tyasto kamjor pati lai logne bhannu bahnda ta. marda ko swasni hunu jati.
Thumbs Up Thumbs Down
0
एक बहादुर बगाले on 22/12/2009 08:32:23
avatar
दाइजोको कारण थुप्रै चेलीहरु पिडित छन् । त्यसैले दाइजो पर्थालाइ पुर्नरुपमा उन्मुलन गर्नु पर्छ ।
Thumbs Up Thumbs Down
0
Bibash Nepali on 22/12/2009 07:22:55
avatar
Des ma dhanee ko das jhai teo pani langado kanun chha tara................... sheksheya chatana ko kura garchhan tara daijo na payara bachhana na sakne tee NAMARDANAPUNSAK lai ke bhane khooi bhoo ..........sambhanda bhanako bhabanatmak hunu parchha tara tee ...........................
Thumbs Up Thumbs Down
0
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?