Newsletter
Email:
Home | देश | नेपाल इतिहासमै सबभन्दा भ्रष्ट

नेपाल इतिहासमै सबभन्दा भ्रष्ट

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौ, २६ मंसिर

नेपालले भ्रष्टाचारमा इतिहास ब्रेक गरेको छ । नेपाल यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुनेमध्येको एक देश बन्न पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा केही दिनअघि सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा बढी भ्रष्ट मुलुक भएको छ ।

टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४५औँ स्थानमा छ । गतवर्ष एक सय २१औँ स्थानमा रहेको नेपालमा भ्रष्टाचार बढेकाले २४ स्थान तल झरी भ्रष्ट मुलुकका रूपमा चित्रण हुन पुगेको छ ।

पछिल्ला वर्षमा नेपालमा भ्रष्टाचार यसरी बढ्न पुग्यो र यसले यति धेरै खराब रेकर्ड बनायो कि तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा पनि भ्रष्टाचार यति बढेको थिएन ।

तत्कालीन राजाको शासनकालमा नेपालले २००५ र २००६ मा लगातार २ दशमलव ५ अंक पाएको थियो । लोकतन्त्र आएपछि पहिलो वर्ष सन् २००७ मा पनि नेपालले २ दशमलव ५ अंक पाएको थियो । गतवर्ष स्थिति सुधारेर २ दशमलव ८ अंक पाएको थियो, तर यो वर्ष भने स्थिति सबैभन्दा बढी बिगारेर नेपालले २ दशमलव ३ पाएको छ ।

समग्र विश्वले ९ डिसेम्बरका दिन भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइरँहदा नेपालमा पनि औपचारिक रूपमै यो दिवस मनाइएको छ । तर पनि, नेपालमा भ्रष्टाचार बर्सेनि बढ्दो छ ।

नेपाल सरकारले औपचारिक रूपमा भ्रष्टाचारविरुद्धको यो दिवस मनाउन सान्दर्भिक ठानेेन । विभिन्न गैरसरकारी संघ/संस्थाले भने भ्रष्टाचारविरुद्धको दिवस मनाएमात्रै औपचारिकतामा सीमित गराएर । संवैधानिक निकायका रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि यो दिवस मनाउन चुकेन । अख्तियारले यो दिवस त मनायो, तर दिवस मनाउँदा भाषणभुषणमा ठुल्ठूला चर्चा-परिचर्चा गरिए । अन्य संघ/संस्थाद्वारा आयोजित विभिन्न कार्यक्रममा सरकारका मन्त्री तथा उच्चपदस्थ सरकारी कर्मचारी तथा सभासद् सहभागी भएर भ्रष्टाचारविरुद्ध सामूहिक प्रतिबद्धता जनाए ।

विगत वर्षमा पनि यस्तै प्रतिबद्धतासहित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । प्रत्येक वर्ष, यसरी नै दिवस मनाउने गरिएको छ । तर, भ्रष्टाचार घट्नुका साटो झनै बढ्नुले यस्ता कार्यक्रमको औचित्यमा प्रश्नचिह्न लाग्न पुगेको छ ।

प्रधानन्यायाधीश मीनबहादुर रायमाझी नेपालमा भ्रष्टाचार उपल्लो लेबलमै हुने गरेको बताउँछन् । 'तल्लोस्तरमा हुनेभन्दा माथिल्लोस्तरमा हुने भ्रष्टाचारले देशलाई नराम्ररी गाँजेको छ,' प्रधानन्यायाधीश रायमाझीले भने 'खुद्रा भ्रष्टाचारभन्दा माथिल्ल्ाोतहबाट हुने भ्रष्टाचारले मुलुकलाई ठूलो आघात पुर्‍याउँछ । यसमा सबै पक्ष सचेत हुन जरुरी छ ।' उनले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनको व्यवस्था नभएकाले पनि भ्रष्टाचार नियन्त्रण कठिन भएको बताए ।

नेपालले भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा पनि यसलाई संसद्बाट अनुमोदन गराउन सकेको छैन । संसद्बाट यो महासन्धिलाई पारित नगर्दासम्म नेपालमा भ्रष्टाचार नियन्त्रण 'वीरबलको खिचडी' हुने टिप्पणी भ्रष्टाचारविरुद्धको अभियानमा लागेका अगुवाले गरेका छन् ।

यो महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले ३१ अक्टोबर, २००३ मा स्वीकार गरेको थियो । महासन्धि हस्ताक्षरका लागि सन् २००३ डिसेम्बर ९ देखि ११ सम्म मेक्सिकोको मेरिडा र त्यसपछि सन् २००५ को डिसेम्बर ९ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा खुला गरेको थियो । नेपालले १० डिसेम्बर २००३ मा हस्ताक्षर गरेको भए तापनि हालसम्म अनुमोदन भने गरेको छैन । महासन्धिको अनुमोदन गर्न तत्कालीन प्रतिनिधिसभाले गत २५ असोज ०६३ मा संकल्प-प्रस्ताव पारित गरी नेपाल सरकारलाई निर्देश गरेको थियो । तर, त्यतिबेलादेखिको प्रतिनिधिसभाको निर्देशन सरकारले पालना गर्न सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बूले सरकारलाई भ्रष्टाचारविरुद्धको महासन्धि अनुमोदन गर्न बारम्बार आग्रह गरिएको भए तापनि सरकारले सुनुवाई नगर्दा भ्रष्टाचार नियन्त्रण गर्न कठिन भएको बताए । यो महासन्धि अनुमोदन गरी आवश्यक कानुन बनाउन सकिए भ्रष्टाचार निकै हदसम्म कमी गर्न सकिने लिम्बूको दाबी छ ।

उनका अनुसार दक्षिण एसियाली मुलुकमा नेपाल भारत र भुटानबाहेक अन्य सबै मुलुकले महासन्धिलाई अनुमोदन गरिसकेका छन् । 'सरकारले पनि भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने छिटोभन्दा छिटो यो महासन्धिलाई पारित गर्नुपर्छ,' उनले भने ।

कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह सरकारले यो महासन्धिलाई पारित गर्न नसक्दा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रयास सफल हुन नसकेको स्विकार्छन् । भ्रष्टाचार निवारणविना शान्ति र विकास सम्भव नभएको तर्क राख्दै मन्त्री सिंहले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।

अन्तर्राष्ट्रियस्तरमा नेपालमा भ्रष्टाचार बढेको सन्देश जानु दुःखद रहेको बताउँदै उनले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि साझा र सामूहिक प्रतिबद्धता आवश्यक रहेको टिप्पणी गरे ।

कानुन सचिव माधव पौडेलले लामो समयदेखि महासन्धि पारित हुन नसक्नुले पनि भ्रष्टाचार बढाएको तर्क गरे । राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख ताना शर्मा भने राजनीतिक नेतृत्वको दृढइच्छाशक्तिको अभावमा भ्रष्टाचार बढेको बताउँछन् । 'यहाँ राजनीतिक नेतृत्व नै इमानदार हुन सकेको छैन, त्यसैले भ्रष्टाचार झाँगिदै जान थालेको छ,' सर्तकता केन्द्र प्रमुख शर्माले भने ।

टिआईका अनुसार गतवर्षसम्म नेपाल दक्षिण एसियामा पाँचौँ नम्बरमा थियो । तर, यसपालि बंगलादेश र पाकिस्तानले समेत सुधार गरेर नेपालभन्दा माथिल्लो स्थान बनाएका छन् । अब दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र नेपालको अवस्था राम्रो छ ।

यसपालि दक्षिण एसियामा सबैभन्दा राम्रो भुटान ४९, भारत ८६, श्रीलंका ९८, पाकिस्तान १४१ तथा बंगलादेश १३९औँ स्थानमा छन् । १ दशमलव ३ अंकमा साथ अफगानिस्तान १७९औँ स्थानमा छ भने माल्दिभ्स १३३औँ स्थानमा छ ।

शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र स्थापना भए पनि नेपालमा भ्रष्टाचार भने कम हुन नसकेको ठहर टिआईले गरेको छ । 'गणतन्त्र स्थापना भयो, देश तुलनात्मक रूपले शान्त पनि भएको छ, तर भ्रष्टाचारको चुनौती भने नेपालमा थप बढेको छ,' प्रतिवेदनमा भनिएको छ ।

अख्तियारका अनुसार महासन्धि पारितपछि पूर्ण रूपमा कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन सुपुर्दगी ऐन, बैंक तथा वित्तीय संस्था कम्पनी र बिमा, निर्वाचन, स्थानीय निकाय, आर्थिक कार्यविधि तथा विभिन्न सरकारी र सार्वजनिक संस्थाका कर्मचारीका सेवासम्बन्धी कानुनको संशोधन जरुरी हुन्छ । 'भ्रष्टाचार पूर्ण रूपले नियन्त्रण गर्न विद्यमान कानुन र नियममा आमूल परिवर्तन जरुरी छ,' अख्तियार कार्यवाहक प्रमुख आयुक्त लिम्बूले भने ।

Subscribe to comments feed Comments (11 posted):

tejindra purja on 13/12/2009 02:11:07
avatar
gadha chor neta haruli pasupati ma lagera boka ko bali banaera mar hannu par6a ani matra des ma bhrasta 4ar kam hun6a
Thumbs Up Thumbs Down
0
madhp on 12/12/2009 15:14:31
avatar
ramro kura ma first nabhaye pani naramro kura ma ta nepal first nai 6 ni.
Thumbs Up Thumbs Down
0
waiba tamang on 12/12/2009 14:17:30
avatar
hamro deshka neta ra barisata karmachari ko yo tholo upalabdi ho ni chor neta le garda yo huna gayako ho aba sabai neta lai tato goli dinu bhanda aru kehi baki 6in chor bharsatachar haru lai gariba ko ragata pasina chuseko 6 goli nai ho aba nepal ko samdhan garne goli hanu par6 aba hami le.bharsatchar lai.
Thumbs Up Thumbs Down
0
aman on 12/12/2009 12:30:25
avatar
Need severe punishment to curb corruption. It should be separate entity without politics.
Thumbs Up Thumbs Down
0
pun on 12/12/2009 11:12:27
avatar
nepal tesai bigridaina yo sambidhan ma testa manche lai fasi ko kanun hunu parcha .
Thumbs Up Thumbs Down
0
desvaktta on 12/12/2009 11:11:30
avatar
badai 6 sabai nepali janata haru lai.kehi nabavayepani bharstrachar ma t no.1ma pugim ni? ani hamro nepal ko neta haru lai bises badai 6.... yo sabai uha haru kai den ho.........
Thumbs Up Thumbs Down
0
govinda adhikari on 12/12/2009 11:03:25
avatar
yi bhrasta neta harule mahasandhi parit garera afno khutta ma afai bancharo hanchan jasto lagdaina.
Thumbs Up Thumbs Down
0
Rajesh gurung on 12/12/2009 10:03:55
avatar
Thanks for ur news NAYA patrika. K garnu sala sabai chorai chor 6an.Yi sabai lai yautai khadal ma halepa6i matra thik huncha...........
Thumbs Up Thumbs Down
0
mmb on 12/12/2009 08:53:21
avatar
nepal ma bhastchaR badhanu rAMRO KURA HO YASARI AJAI DHERAI BHADNU PARCHA .NEPAL KO NETA HARU LAI DHERAI BADHAI CHA MEROTARFABATA.MILYO BHANE DES PANI INDIA LAI BECHE PANI HUNCHA.INDIA LE KINCHA HOLA NI YAK TALI TRY GARE HUCHA NI.ANI TIMI HARUCHAI AMERICA MA GARA CHADO BASNU
Thumbs Up Thumbs Down
0
reeyazlama on 12/12/2009 07:41:55
avatar
k garnnu makuneko sarkar aphaipani nakachari nalak ajha arko barsa ta 1 no ma huncha yo nalaklai pheripani hami nepali 1 vai sadagma lyaunu parcha gadhalai
Thumbs Up Thumbs Down
0
binod sapkota on 12/12/2009 06:21:35
avatar
k garun ta sarkar la pugna gari talab vatta subidha na diyapachi?
Thumbs Up Thumbs Down
0
total: 11 | displaying: 1 - 11

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?