Newsletter
Email:
Home | कभरस्टोरी | कसले गर्‍यो कोइरालाको किर्ते हस्ताक्षर ?

कसले गर्‍यो कोइरालाको किर्ते हस्ताक्षर ?

Font size: Decrease font Enlarge font
image

संविधानसभा हाजिरीपुस्तिकामा ३ मंसिरको बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको छ । जब कि, त्यस दिन कोइराला सिंगापुरको ग्लेनिगल्स अस्पतालमा उपचार गराउँदै थिए ।

 

नयाँ पत्रिका

काठमाडौं, २६ मंसिर

संविधानसभा हाजिरीपुस्तिकामा कांग्रेस सभापति तथा सभासद् गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको भेटिएको छ । ६ सय एक सभासद्कै हस्ताक्षरको नमुना राखेको संविधानसभा सचिवालय र कोइरालाकै दल कांग्रेसलाई भने हाजिरीपुस्तिकामा नेता कोइरालाको किर्ते हस्ताक्षर गरिएको पत्तै छैन ।

गत ३ मंसिरमा बसेको संविधानसभा बैठकमा कोइरालाको किर्ते हस्ताक्षर गरिएको नयाँ पत्रिकाले फेलापारेको छ । जब कि, कोइराला त्यस दिन सिंगापुरमा उपचार गराउँदै थिए । गत २८ कात्तिकमा उपचारका लागि सिंगापुर गएका कोइराला ७ मंसिरमा मात्रै स्वदेश फर्किएका थिए ।

फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित कोइरालाको दाहिने फोक्सोको तल्लोभागमा देखिएको निमोनियाको इन्फेक्सनमा कमी नआएपछि थप उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो । झन्डै डेढहप्ता सिंगापुरको ग्लेनिगल्स अस्पतालमा भर्ना भएका कोइरालासित २ मंसिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्यही पुगेर वार्तासमेत गरेका थिए ।

संविधानसभामा कोइराला अहिलेसम्म दुई/तीनपटक मात्रै उपस्थित भएका छन् । त्यो पनि गतवर्षका बैठकहरूमा । तर, संविधानसभा सचिवालयले राख्ने सभासद्को हाजिरीपुस्तिकाको रेकर्डअनुसार त सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित देखिँदैनन् । बैठकमा उपस्थित भएर पनि हाजिरीपुस्तिकामा हस्ताक्षर नगर्ने उनी ६ सय एक सभासद्मध्येका एक्ला हुन् ।

संविधानसभा सचिवालयका कर्मचारीका अनुसार कोइराला संविधानसभाको पहिलो बैठक बसेको गतवर्षको १५ जेठ, राष्ट्रपतिको चुनाव भएको गतवर्षकै ६ साउन र अर्को एक बैठकमा उपस्थित थिए । तर पनि, उनले सचिवालयको हाजिरीपुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' भने गरेनन् ।

मंसिरमा बसेको संविधानसभा बैठकमा उपस्थित हुन त परै जाओस्, कोइराला बानेश्वरस्थित संविधानसभा भवनसमेत छिरेका छैनन् । फेरि पनि उनको उपस्थिति जनाउन कसले र किन किर्ते हस्ताक्षर गर्‍यो भन्ने कसैलाई थाहा छैन ।

हाजिरीपुस्तिकामा कोइरालाको किर्ते हस्ताक्षर गरिएको प्रस्ट बुझिन्छ । कोइरालाले हस्ताक्षर गर्दा आफ्नो पूरा नाम लेख्ने गर्छन् । उनको हस्ताक्षरमा गिरिजा प्र. कोइराला लेखेको प्रस्ट देखिन्छ । तर, किर्ते गरिएको हस्ताक्षरमा कोइरालाको पूरा नाम लेखिएको छैन । हस्ताक्षर हेर्दा गिरिजामात्रै लेख्न खोजिएको अनुमानमात्रै लगाउन सकिन्छ ।

सचिवालय कर्मचारीका अनुसार झुक्किएर वा नियतवश जसरी गरे पनि कुनै सभासद्ले नै कोइरालाको हस्ताक्षर गरेको हुनुपर्छ । किनभने कर्मचारीले हस्ताक्षर गर्ने कुरै भएन, गैरसभासद् हाजिरीपुस्तिका राखेको ठाउँसम्म जानै पाउँदैन । 'हाजिरीपुस्तिका राखेको ठाउँमा सभासद्बाहेक केही कर्मचारी मात्रै हुन्छन् । कर्मचारीले उहाँ (कोइराला) को नाममा हस्ताक्षर गर्ने कुरै भएन, झुक्किएर वा नियतवश जसरी भए पनि कुनै माननीयज्यूबाटै त्यस्तो भएको हुनसक्छ,' सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकासित भने ।

हाजिरीपुस्तिकामा कोइरालाको क्रमसंख्या १०६ छ । उनको अगाडि क्रमसंख्या १०५ मा नेपाली जनता दलकी सभासद् गायत्री साहको नाम छ भने पछाडि क्रमसंख्या १०७ मा माओवादी सभासद् गिरिराजमणि पोखरेलको नाम छ । सभासद्द्वय साह र पोखरेल ३ मंसिरको बैठकमा उपस्थित देखिँदैनन् । हाजिरीपुस्तिकामा त्यस दिन दुवैजनाको हस्ताक्षर छैन ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले कोइरालाको किर्ते हस्ताक्षर गरिएको बारेमा आफूलाई जानकारी नभएको बताए । 'यससम्बन्धमा मलाई जानकारी छैन, त्यसो त नहुनपर्ने हो,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने । किर्ते हस्ताक्षर गरिएको पाइए सचिवालयले गम्भीरतापूर्वक छानबिन गर्ने उनले बताए ।

कोइरालाका स्वकीय सचिव शेखर थापाले पनि त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 'त्यो मिति (३ मंसिर) मा त सभापतिज्यू (कोइराला) सिंगापुरमा हुनुहुन्थ्यो । किर्ते हस्ताक्षर गरिएको बारेमा त हामीलाई केही थाहा छैन,' उनले भने ।

कोइरालाका नाममा किर्ते हस्ताक्षर गरिएको भए कसले र कुन नियतले गर्‍यो भन्ने संविधानसभा सचिवालयले छानबिन गर्नुपर्ने स्वकीय सचिव थापाले बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले कुनै सभासद्ले झुक्किएर कोइरालाको ठाउँमा हस्ताक्षर गरेको हुनसक्ने बताए । 'अब उहाँ (कोइराला) को नाममा कसैले झुक्किएर हस्ताक्षर गरेको भए थाहा भएन, नत्र कसले त्यस्तो गर्‍यो होला र ?' उनले भने । कुनै सभासद्ले नियतवश कोइरालाको किर्ते हस्ताक्षर गर्ने सम्भावना पनि आफूले कमै देखेको घिमिरेले बताए ।

संविधानसभा बैठकमा लगातार अनुपस्थित भएकै कारण संविधानतः कोइराला लगायत प्रमुख दलका शीर्ष नेताहरूको सभासद् पद खारेज हुने समाचार नयाँ पत्रिकाले गत १६ भदौको अंकमा छापेको थियो । अन्तरिम संविधानको धारा ६७ को 'ग' मा संविधानसभालाई जानकारी नदिईकन लगातार १० वटा बैठकमा अनुपस्थित हुने सभासद्को पद खारेज हुने व्यवस्था गरिएको छ ।

संविधानसभा सचिवालयको हाजिरीपुस्तिकाको रेकर्डअनुसार कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित छैनन् । उनले अनुपस्थितिको जानकारी पनि सचिवालयलाई गराएका थिएनन् । नयाँ पत्रिकाले संविधानतः सभासद् पद खारेज भएको समाचार प्रकाशित गरेको भोलिपल्ट १७ भदौमा कोइरालाले बिदा स्वीकृतिका लागि सचिवालयमा निवेदन दिएका थिए ।

Subscribe to comments feed Comments (23 posted):

rendom on 14/12/2009 09:07:26
avatar
कती सुन्नु यस्ता समार । जन्मेर पैतिस बर्ष पुगिसकियो कहिलै राम्रो समाचार सुन्न पैयना । जहिले पनि यही नेता हरुको कालो कर्तुत र नेता हौर्को पुरुसोव्थ। एसो खिले त देशमा रेल चलेको , ठुल्ला पुल बनेका , ठुला ठुल्ल मिसयल हरु बनेक , यक ठाउँ बाट अर्को थौमा जान सजिलोको लागि underground बनेको , देशमा सबै ले खान लगाउन पयको , बिशो सामु उछ चबी भयको , जलको धनी देस बिजुलि बत्ती को चेलो भेलो भयको ।
जहिले पनि यो नेता ले यो भनुभयो, फलनो नेताले सिलनय गर्नु भयो, सभासद्ले अर्कोको नम्मा हस्तछायार गरियो, फलनो दल अब जङल पस्ने रे, अदी अदी।
हे भागउवन पसुपती हाम्रो देस्लाई देस प्रती माया भयको धरै त होइन मात्र दस जना नेपाली छोरा देउ।
Thumbs Up Thumbs Down
0
danbahadur on 13/12/2009 13:58:36
avatar
Hamra Nepali sabhasad haru ko asli rup pani dekhiyo ra yesta bharasta sabhasad bata Nepali janta le ke asa garne?????? Kina kirte sign garnu pareko??? yo jani jani gareko sadayentra huna sakchha ra yo afno pad ra maryada ko durupayog ho ani anusasanhinata ho yesto sabhasad haru le ke des banauchhan ra????????
Thumbs Up Thumbs Down
0
santa tamang on 13/12/2009 09:07:18
avatar
देश को बेचेती हो कोसै को किर्तीए सएन गरेको थाहा नपयको कस्तो सभासत अधेक्छेहो भोली यस्तो चल्ले देश नै बेचनु बेर पनि लाग्दैन यसैले देश गरीबएे को चप्तेरोमा फसियको छ statamang1234@yahoo.com
Thumbs Up Thumbs Down
0
Birman on 13/12/2009 08:59:21
avatar
yo sign chahi Mr Narendra le gareko hunuparchha. Chor ta comment lekhne Narendra nai hunuparchha, kina ki jo chor uskai thulo swar bhanne ukhan chha ni, usle arulai dosh diera aphu mukta huna khoje jasto chha.
Thumbs Up Thumbs Down
0
bhim bohara on 13/12/2009 08:53:21
avatar
kohi kangresskai vai party yemale ka pragatishil dimag vayeka shathiharu holan ni!aafnu haruwa sarkar tikauna lai>
Thumbs Up Thumbs Down
0
bijay on 13/12/2009 08:36:03
avatar
@narendra: ali kati pani lag ladaina talai sale...j paye pani bakne rahechhas..ta congress ko pu6aar hos...kasle garyo vanera herne...maoist haru jattiko naitikta vako vaye ta congress le madhav nepal lai PM banauthyo?? kukur...ali kati pani dimaag chhaina tero...maoist are true to people...ani uni haru le kehi garna khojda khali birodh garne ta jasto kutta haru le garda ho hamro desh nabaneko...look for the history and the path through which moist have taken the country....bujhis
Thumbs Up Thumbs Down
0
kumar thapa on 13/12/2009 08:06:03
avatar
thikai chha budhalai kin dukha dinu. jasale gardida pani hunchha.
Thumbs Up Thumbs Down
0
Gir Rodan Mahara on 13/12/2009 08:04:30
avatar
girija ko naya bani jasto lagyo r atapai harulai????????? **** sadyentara.........jo chor usakai thulo sor bhaneko yehi tal herer thaha paunus....
Thumbs Up Thumbs Down
0
DR gahamagar Dang on 13/12/2009 08:00:22
avatar
na padhi ta gandha aaudaina ho la
Thumbs Up Thumbs Down
0
shash on 13/12/2009 06:46:14
avatar
sujata le garyo hola ni?
Thumbs Up Thumbs Down
0
Narendra on 13/12/2009 05:46:25
avatar
Yo sabai sadyantra ho, yesto kam Mao badi kai hunu parchha. Yini haru ko naitikta kahan samma cha bhane kura abo rastha ko nimti kunai naya kura hoina. Hami smpurna janta hosiyar hunu awasyak chha. yini haru le harek kura ma hami sampurna Nepali janta lai dhantne kam pakkai bhayeko chha.
Thumbs Up Thumbs Down
-5
shash on 12/12/2009 15:46:38
avatar
girija ko chori sujata le hola ni.
Thumbs Up Thumbs Down
0
2 pack on 12/12/2009 15:03:54
avatar
Dekhiyo sabaiko
Thumbs Up Thumbs Down
5
Indra Dev Rai Pandhare now Mozambique on 12/12/2009 12:38:26
avatar
Bichara Girijalai kati chijle hepna sakeko ha?Aka tarfa canceerle chyapdai6,arkotira adhikar katouti bhai sakyo,Feri kirte signature!Deshko boudhik bargaharuko ta yo chala 6 bhane anya thauma kina nahos ta kirte kam?
Thumbs Up Thumbs Down
-2
krishna khanal on 12/12/2009 10:27:29
avatar
सत्ता टिकाउन र भत्ता पचाउने सिलसिलामा यस्तो गरिएको हुनसक्छ । माथिल्लो तह र ओहदामा रहेकैवाट यस्तो कार्यकलाप हुनु नाजायज हो । यस्ले तल्लो तहको निकायहरुमा पनि असर न पर्ला भन्न सकिन्छ । शिर्षदलका नेताको हस्ताक्षर कपि गरिनुले पक्कै पनि राम्रो म्यास्सेज जादैन यस्ले नेपाली संसदको गरिमामा आँच पुर्‍याएकोछ भने गिरीजाप्रसादको प्रतिष्ठामा दाग लगाउने कार्य को प्रयास भएको छ । यस्तो हस्ताक्षर गर्नेलाई संसदमा छानविन गरी कारबाही गरिनुपर्छ र सोच्नु पर्छ कतै गिरीजाको विरोधीहरुले त यसो गरेन्न ?
Thumbs Up Thumbs Down
6
deepak basnet on 12/12/2009 10:16:50
avatar
GIRIJAKO YO BANI NAULO BHANE HAINA.UNKO RAJANITIK PRSTABHUMI HERNA HO BHANE UNLE SAYAU PATAK JANATA LAAI YASAI GARI DHANTI SAKEKA CHHA.YO PANI KIRTE HAINA GIRIJAKO CHHAL KAPAT MATRA HO BHANDA RAMRO HUNCHHA......NATRA LASTAMA TAI HO...
Thumbs Up Thumbs Down
2
avatar
यस्तो नाजायज काम हुने थलो भनेको यहि नै रहेछ । बदमासी बेइमानी झलकपट यहि हुन्छ। जनताको रगत पसिना चुसेर यिनीहरू मोटाएका छन् । यस्ता को के बिस्वास ?
Thumbs Up Thumbs Down
3
Akash on 12/12/2009 09:39:11
avatar
k k na news jasto! Rastra k k huda kasailai matlab chaina . Auta kirte sing garyo bhanera yatro k ko hangama..

Baru suntali dhami ka aparadhi harulai kina chor neta harule chadeko? kina actina lina home minister ko gad fateko? testa news haru lekhnu ni..... k k na gare jasto kirte sign re! hamro jasto muluk ma whole manche nai kirte huncha sign ta k ho ra ni. teipani sava sad haru padhe lekheka bhaya ta ho bhannu. Unpadh autha chhap savasad haru chhan jhukkiyara gare holan ni!!!!!!!!!!
Thumbs Up Thumbs Down
-1
phulchoki guragain on 12/12/2009 09:17:55
avatar
एउटा हाजिरी रेकोर्डमा हस्ताक्षर गर्न पनि भुल्ने कस्ता ल्वाठ सभासद होलान बाबा अनि तेस्ता बिशिष्ट श्रेणीका नेताहरु भएर पनि एउटा हस्ताक्षर गर्न भुलो होला भन्ने रामेछापको महासामन्ती लक्ष्मन् भन्ने बादर कस्तो होला अनि फेरी भुले पनि त्यो ठाउमा आफ्नु हस्ताक्षर पो गर्छन त फेरी गिरिजा भनेर गर्छन त्यो सबै यिनी हरुको जाल हो कतिन्जेल शोझा सिधा जनतालाई ठगेर खान्छु नाघा हो खाउ /
Thumbs Up Thumbs Down
0
on 12/12/2009 08:59:55
avatar
Tyesto aaruko byaktityo ma aanch puryaune Maobadi bahek kohi huna skadaina. Aafu bhanda aru gatilo, ya aafna galti dekhai dine haru ko sfaya garne murkha haru lai nakkali signture garna kun thulo kuro ho ra.
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ on 12/12/2009 06:50:43
avatar
नेपाली राजनितिका शिखर ब्यक्तित्व गिरिजा प्रसाद को ब्यक्तित्व मा आच पुराउने हिसाब ले तेसो गरे को हुन सक्छ ।
kalpitkhatri@ymail.com
कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ
Thumbs Up Thumbs Down
1
KUKISINGH on 12/12/2009 06:18:10
avatar
kuni aan pad savasad vanauda la 107 ko giri raj lai hajir garaidini niyat la sahi garda 106 ma parna gayako ho sambandit nikaya la karbahi garos..... dhnna hamro vaggya kasta kasta savasad....
Thumbs Up Thumbs Down
1
Nabin on 12/12/2009 06:03:54
avatar
chaini news liyara aunu china k ho k dayattt
Thumbs Up Thumbs Down
-3
total: 23 | displaying: 1 - 23

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?