Newsletter
Email:
Home | देश | 'भ्रष्टाचार रोक्न कानुन अपर्याप्त’

'भ्रष्टाचार रोक्न कानुन अपर्याप्त’

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भ्रष्टाचार नियन्त्रणका लागि नेपालको कानुनी व्यवस्था पर्याप्त नभएको बताएका छन् । उनले भ्रष्टाचारले अन्तर्राष्ट्रिय रूप लिँदै गएकाले यसको उन्मूलनका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने दिवसका अवसरमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानन्यायधीश रायमाझीले खुद्रा भ्रष्टाचारभन्दा माथिल्लो स्तरको भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको आँैल्याए । कार्यक्रममा विशेष अतिथिका रूपमा कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध भएर लागेको जिकिर गरे । उनले भ्रष्टाचार निवारणका लागि सबै पक्षको सहयोग रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अख्तियारका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बूले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको तत्काल अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?