Newsletter
Email:
Home | कभरस्टोरी | प्रधानमन्त्रीसँग दिक्क छन् यी मन्त्री

प्रधानमन्त्रीसँग दिक्क छन् यी मन्त्री

Font size: Decrease font Enlarge font
image

'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' मन्त्री लक्ष्मीलाल कर्णले आशावादी हुदै भने

नयाँ पत्रिका

काठमाडौं, २२ मंसिर

जनताका धेरै गुनासा छन् । तर, नेपाल न हो, मन्त्रीका गुनासा झन् ठूला छन् । मन्त्री भएको तीन महिनासम्ममा कुनै पनि जिम्मेवारी नपाएपछि लक्ष्मीलाल कर्ण आफँ दिक्क छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री छन् । दलहरूबीच मात्र होइन, दलहरूभित्रको समीकरण पनि मिलाउन प्रधानमन्त्री माधवकुमार नेपालले सद्भावनाका लक्ष्मीलाल कर्णलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । तर, तीन महिनासम्म पनि भूमिका नपाएपछि उनी आफैँ कुण्ठित भएका छन् ।

प्रधानमन्त्रीले उचित जिम्मेवारी दिन्छु भन्दाभन्दै तीन महिना बितेको उनले बताए । 'प्रधानमन्त्रीज्यूलाई कति भनौँ, भन्दाभन्दै दिक्दार भइसकेँ,' सोमबार आफ्नै कार्यकक्षमा नयाँ पत्रिकासँग गुनासो गर्दै मन्त्री कर्णले भने, 'यस्तो कुरा त प्रधानमन्त्रीले आफै गम्भीर भएर सोच्ने हो । तर, उहाँलाई यस विषयमा सोच्ने फुर्सदै छैन ।'

प्रधानमन्त्रीका कामलाई सहयोग गर्न विनाविभागीय मन्त्री राख्ने र उनले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पूरा गर्ने अन्तर्राष्ट्रिय परिपाटी छ । तर, वर्तमान सरकारका विनाविभागीय मन्त्री कर्णले अहिलेसम्म एउटा फाइलमा पनि हस्ताक्षर गर्ने अवसर पाएका छैनन् ।

'यहाँ त शाखा अधिकृतको इज्जत छ, मेरो के इज्जत छ ?' उनले नयाँ पत्रिकासित प्रतिप्रश्न गरे । हुन पनि अरू मन्त्रीका कार्यालय सिंहदरबारभित्र ठुल्ठूला भवनमा छन् । तर, मन्त्री कर्णका लागि एउटा मात्र कोठा छ ।

मन्त्री कर्ण, उनका स्वकीय सचिव र कार्यकर्ता दिनभर एउटै कोठामा बसेर गफ गरेर निवास र्फकने गरेका छन् । उनीहरूका लागि बस्ने ठाउँ र गर्ने कामै छैन । 'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' उनले आशावादी हुँदै भने ।

विनाविभागीय मन्त्री कर्णलाई राष्ट्रिय योजना आयोगको एउटा कोठा दिइएको छ । न त्यहाँ कुनै मिटिङ हल छ, न उनका स्वकीय सचिव बस्ने ठाउँ नै । 'हेर्नुस् न मन्त्रीलाई यति ठूलो अपमान गरिएको छ, यसलाई के भन्ने ?' मन्त्री कर्णले दुःख मनाउ गर्दै भने ।

उनलाई बस्न पुल्चोकको मन्त्रीक्वार्टर पनि दिइएको छैन । उनी पहिलेदेखि नै गोल्फुटारमै बस्दै आइरहेका छन् । 'घरको कुरा छाड्नोस् न, सिंहदरबारस्थित कार्यालयमा साथीभाइ आउँदा कुरा गर्ने छुट्टै कोठा छैन, सहयोगी साथीहरू बस्ने ठाउँ पनि छैन । संसारमै मन्त्रीमाथि यस्तो अन्याय कहीँ पनि हुँदैन होला,' उनले भने ।

मन्त्री कर्णका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धेरै काम पेन्डिङ छन् । प्रधानमन्त्री अत्यधिक व्यस्त भएकाले उनले निर्णय गर्नुपर्ने काम थाती छन् । 'कार्यालयमा धेरै काम पेन्डिङ छन्, मलाई जिम्मेवारी दिए सर्वसाधारणको पनि हित हुने थियो, प्रधानमन्त्रीको पनि बोझ हल्का हुने थियो,' उनले भने, 'तर, प्रधानमन्त्री काम पेन्डिङ राखेर हिँडेको हिँड्यै छन्, यसमा उनको के स्वार्थ छ, मलाई पनि थाहा छैन ।'

उनले विनाविभागीय मन्त्रीले प्रधानमन्त्रीको कार्यालय हेर्ने प्रचलन भएपछि आफूलाई त्यसबाट पनि विमुख गर्न खोजिएको आरोप लगाए । 'अहिलेसम्म त सिंहदरबारमा कार्यालय दिएका छन्, तर अब ताहचलस्थित नेपाल ट्रस्टको कार्यालयमा पठाउने गृहकार्य भइरहेको छ,' मन्त्री कर्णले भने, 'अरू कुनै विभाग मिलेन भने म यहाँबाट जाने कुरै छैन । म जाँदै जान्नँ ।'

मन्त्री कर्ण गत २७ भदौमा विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएदेखि नै प्रधानमन्त्रीबाट कुनै जिम्मेवारी नपाएपछि उनको काम बिहान कार्यालय आएर त्यसै र्फकनेबाहेक अरू केही हुन सकेको छैन । भूमिका नपाएपछि जनताका लागि पनि केही गर्न नपाएको उनले बताए । 'म मिनिष्टरको हैसियतमा केही गर्न आएको हुँ, जागिर खान होइन,' कर्णले आक्रोशित हुँदै भने ।

मन्त्री भए पनि उनको कार्यकक्षमा कुनै चहलपहल हुँदैन । न त काम लिएर भेटघाट गर्न आउनेहरू नै उनीकहाँ आउँछन् । बरु अन्य मन्त्रीलाई भेट्न नपाएकाहरू गुनासो गर्दै उनको कार्यालयमा पुग्ने गरेका छन् । 'मन्त्रीले मन्त्रीलाई भन्दिए काम हुन्छ भन्ने आशा लिएर केही साथीभाइ मकहाँ आउँछन् । मैले अरू मन्त्रीसँग पो डिल गर्नुपर्छ,' उनले भने ।

उनी मन्त्रिपरिषद् बैठकमा पनि सहभागी हुन्छन्, तर उनीसँग कुनै पनि प्रस्ताव हुँदैन । 'अन्य मन्त्रीले ल्याएको प्रस्तावमा छलफल गर्नेबाहेक अरू केही काम हुँदैन,' उनले भने, 'यसरी कति दिनसम्म मन्त्रीका रूपमा काम गर्न सकिन्छ र ?'

मन्त्री कर्ण कामै नभए पनि ठीक ११ बजे कार्यालय जान्छन् । र, ४ बजेसम्म त्यहाँ बस्छन् । 'कहीँ कतै बैठक परेन भने ४ बजेसम्मै बस्छु,' उनले भने । उनी संविधानसभामा संवैधानिक समिति र प्रतिवेदन सुझाव समितिको सदस्य पनि छन् । मन्त्रीका रूपमा भन्दा ती समितिको सदस्यका रूपमा बढी काम हुने गरेको उनको भनाइ छ ।

Subscribe to comments feed Comments (33 posted):

shankar on 11/12/2009 04:23:36
avatar
yo Mantri jee ko matra Apman hoina sampurna Madhesi janta ko Apman ho. tyasto Well educated, qualifyed, experienced senior Advocate lai jimmewai na dinu country kai loss ho. Madhav nepal lai buddhi chaina. tara Mantri jee chinta na na linus,uconstitution banauna tira lagnus.
Thumbs Up Thumbs Down
0
sridhar on 11/12/2009 04:14:56
avatar
Pahadia Haru le Madhesi Mantri ko ijjat garna ganeko chaina. Karima Begam Le CDO Bhandari Lai Thappad hane Jasto Mantri karna Le Pani Madhav Nepal Lai Eek choti gha pad hannu bhayo Bhane aafai jimmewari Dinchan. Kinaki PAHADIA JAISA DATAA NAHAIN BINA LAAT KA DETA NAHAIN.
Thumbs Up Thumbs Down
0
suman tiwari on 11/12/2009 04:07:37
avatar
Dont worry Mr karna. It is great loss to Nepal. So slap on the cheek of madhav nepal as Karima begam slapped to cdo durga bhandari. after slapping on cdo's chick by karima all cdo are behaving wll to Madhesi. So Pahadia Haru Lati na khaye samma Buddhi palaudna. Madhesi Ko ghapad Khaye Pachi madhav Nepal Ko pani Buddhi pallucha.
Suman
Thumbs Up Thumbs Down
0
mukesh on 11/12/2009 03:56:37
avatar
this is bad luck for our country that the bonafied member of cabinet, most educated, seniore advocate and one of the pionier ofu madhesi andolan Mr laxman lal karna has not given any responsibity by madhav nepal. it is Proved that madhav nepal is not serious about the cabinet and country
Thumbs Up Thumbs Down
0
Hom on 10/12/2009 23:58:07
avatar
Yo chor la ke ko kam ! Subidata payeko hola ni mora aru ke chahiyo ra? . Ye Moraharu ho timiharu ko dimakh ma "MORAL"bhane chij kaslai halidine.
Thumbs Up Thumbs Down
0
abin on 09/12/2009 05:25:38
avatar
kasta kasta bekuf chhan hamra mantri
Thumbs Up Thumbs Down
1
Lal Prasad Adhikari on 08/12/2009 18:44:09
avatar
Janata ko kam garchu vanne ani Makune ko kursi jogauna lai Talab ra vatta khayara bina kam din katna ali laj pani lagdai na mantri mahasaya.
Thumbs Up Thumbs Down
0
Rajesh gurung on 08/12/2009 15:17:48
avatar
kina chahiyo kam jhan annanda le bhata khandia basne ni. MAKUNE le ajhai kati thapne ho Mantri haru...............
Thumbs Up Thumbs Down
0
Grg on 08/12/2009 12:40:36
avatar
Mantri laxmilal ji binabibhajiya matri ko pani k ko kaam hun6 ra ? naamai ta binabibhajiya mantri ??????????
Thumbs Up Thumbs Down
0
Indra Dev Rai Pandhare now Mozambique on 08/12/2009 12:38:48
avatar
Chokta khana gayaki budhi jholmai dubera mari bhayakai ho ta Karnagi?Achammai bhaya6 ta ba?Sujatale ta singai mantri mandal lai nai tharkauthyo ta.Janatako kam garna ra gunaso sunnako lagi matri bhako kaha ho ra karnagi?Akhir tin mahinama pani.. kamai bhai halyo hola,sathai sabai subidhharu payakai 6ou hola mukhma birko layara basa na.Kina bekkarma karau6ou ha?
Thumbs Up Thumbs Down
0
govinda on 08/12/2009 11:47:57
avatar
होइन मन्त्रि ज्यु, न दुखेको टाउको किन दुखाउनु हुन्छ ? जनताले रगत पसिना बगाएर तिरेको
करबाट तलब, भत्ता, सेवा करोडको गाडी सुबिधात पाउनु भएकै होला ! बस, यति भए पछी त भैहाल्यो नि. अरु के नै काम गर्न सक्नु हुन्छ र हजुरले ? जे को लागि र जति काम को लागि हजुरलाई मन्त्रि बनाएको छ, सो त हजुर बाट बफादारी पुर्बक भएको छ,यसमा शंका छैन, सदा यसरीनै मन्त्रि पदमा आसिन रहनुस, शुभकामना
Thumbs Up Thumbs Down
3
Bhuminanda on 08/12/2009 11:44:42
avatar
Kam Nadiya Ghus khana napaine bhayara mantri ji le dikka maneko ho ki..... Mantri ta bhaiyo tara sampati pani ta joddnu paryo ni hoina mantri ji
Thumbs Up Thumbs Down
0
salik on 08/12/2009 10:22:53
avatar
DUBAI aaune kam garna ??????????? dami visa milai din6u .
Thumbs Up Thumbs Down
0
sagar adhikari on 08/12/2009 09:37:41
avatar
ya this is our country nepal.
here many people are jobless. no on e is orking in nepal. but what kinjd of news are listening that there is no any work for ministers. all people are being lazy and not doing work in nepal in the other side some ministers are not getting any work to do????? why??
this is why our country is becoming ht failure state
Thumbs Up Thumbs Down
0
pandey suresh on 08/12/2009 09:01:39
avatar
haaa yeslai kam payenana bhnera chinta haina kam ayeeko bhyee tanna paisa kamuna pauthyoo,sigh garera tanna paisa ma deal garna hunthyoo,bhnera chinta lagekai hooo sab mantri lai esaai gardina parla...haaaa
Thumbs Up Thumbs Down
0
bhim bohara on 08/12/2009 08:52:44
avatar
kaama ko lagi mantri banayeko vaye ta mantralaye ko name hunu parne haina ra vanya? kama navayera ta binabivagiye vayo ni. yesko matlab kaam nagarne karbata uthe ko paisa chahi khairahane.
Thumbs Up Thumbs Down
0
ashis (saudi arabia) on 08/12/2009 08:15:19
avatar
haina hau... yo mantrilai kam diyena bhanera gunaso gardai chha... kina hola???
unko jimewari ta unlai mantri safad garaudai timile yo kam garnu parchha bhanera didaina ra bhannya????!!

hachuwama mantri bhaiyo ki kyaho???
kun kamko lagi mantri bhayeu thaha chhaina!!!!...?
mantriko ta kam chhaina rahechha mantralayema... ani berojgar neoali janatako lagi rojgar kasari dinchha sarkarle ???
Thumbs Up Thumbs Down
0
प्रदीप नेपाल on 08/12/2009 08:11:00
avatar
माकुनेको पद टिकाउन बस्नु भन्दा राजीनामा दिनु नै बेस् लक्ष्मीलाल कर्णजी । जनताको काम गर्नलाई त जनताको माझमा पो जानु पर्छ होइन र ?
Thumbs Up Thumbs Down
0
hawaa on 08/12/2009 08:09:46
avatar
yo manchhe faltu jokar ho.
Thumbs Up Thumbs Down
3
Bibash Nepali on 08/12/2009 07:38:53
avatar
Kalpit chandra ko kuro theeek chha !
yo Nepal ho aani teemeeharu yo des ka rajniti ka saphal khaladi haru ke ko lag ra ........... mantri payakai chau aaba ke ko kam chahiyo ra ki kam ko nam ma bahrstachar garna na payara peer paryo !
Khai na bhayaka ka nam ma rajniti suru ghareka haru lai thui kotha ta chadai chha ni aani mantri ko nam ka sewa ra subhida ta chhadai chha ni keena royako ................ kerna ,
Aaba SAMBDHANSABHA ko laghi bhanera uthaka sabai UMMEDWAR lai mantri bhanauda kas lai kun ra kati mantralaya parchha teo ta .................. KARNA JI MANTRI PAYAKAI CHHAU KAM KEENA RA KE GARNU PARYO RA TAPAI HARU TA............................
Thumbs Up Thumbs Down
1
chhahari on 08/12/2009 07:13:41
avatar
khurukhuru jana luruluru aana 100 buddi nagar parlas uttana. signature garne man 6 bhane kora kagaj ma gar time pass hun6 keya hahahahaha....ha.
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ on 08/12/2009 06:49:18
avatar
जनता को काम गर्ने हिसाब ले मन्त्री बनायका भय पो तिम्लाई काम दिनु ? तिमीलाई मन्त्री बनायको जम्मा दुइ काम गर्ना हो ।
१> माकुने को प्रधान मन्त्री पद सुरक्षा गर्ना
२> राष्ट्र को ढुकुटी सिद्दाउना
जनता को काम गर्न त जना निर्बाचित प्रधानमन्त्री को मन्त्री हुनु पर्छ हो लक्ष्मीलाल कर्ण जि अनि बल्ल जनता को काम गर्ना पाइन्छ ।
kalpitkhatri@ymail.com

कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ
Thumbs Up Thumbs Down
36
sagar kharal on 08/12/2009 06:47:31
avatar
kina chahiyo ra kaam majjale talab khana paiyekai 6
Thumbs Up Thumbs Down
-1
Ramji Balami,rbalami2008@gmail.com on 08/12/2009 06:27:48
avatar
Basi basi khana paya bhaigo ni.hoina ra
Thumbs Up Thumbs Down
0
Ramesh Qatar on 08/12/2009 06:25:04
avatar
Mantri ko post nai chhade bhaigayo ni kaam nabhaye? bekaar ma des ko paisa sako yastale des banaune????????????????
Hahaaaaaaaaaaaaaaa Saram 6ina gunaso garne?
Thumbs Up Thumbs Down
1
Gambhir Singh Air on 08/12/2009 06:24:50
avatar
बोल्दा कहिले कही साह्रै बिचार गर्नु पर्ने हुन्छ । तेस माथि राजनीति गर्ने मानिसले बोल्दा त जन बिचार गर्नु पर्ने हुन्छ । तर हाम्रा मन्त्री कती ख्याल गरेर बोल्दा रहेछन भन्ने कुरा लक्ष्मी लाल कर्णले प्रयोग गरेको भाषाबाट बुझ्न सकिन्छ । उनले भनेका छन "'प्रधानमन्त्रीज्यूलाई कति भनौँ, भन्दाभन्दै दिक्दार भइसकेँ,' सोमबार आफ्नै कार्यकक्षमा नयाँ पत्रिकासँग गुनासो गर्दै मन्त्री कर्णले भने, 'यस्तो कुरा त प्रधानमन्त्रीले आफै गम्भीर भएर सोच्ने हो । तर, उहाँलाई यस विषयमा सोच्ने फुर्सदै छैन" तेस्तै "''यहाँ त शाखा अधिकृतको इज्जत छ, मेरो के इज्जत छ ?' उनले नयाँ पत्रिकासित प्रतिप्रश्न गरे "। साच्ची यो मन्त्रिले के भन्न खोजेको हो? के त्यो मन्त्री शाखा अधिकृत हुन सक्ने हैसियत राख्छ? के त्यो तेती मेहनत गर्न सक्छ? सोझा नेपाली जनतालाई थग्न जानेको छ र मन्त्री भयो भन्दैमा तेस्ले शाखा अधिकृतलाई दाजेर कुरा गर्न सुहाउछ । गजब छ बा! त्यो फटा! धुर्त! अनुशासित कार्यालयमा पियन हुने हैसियत नभएको डाँकाले शाखा अधिकृतसँग आफुलाई दाज्न खोज्दो रहेछ ।
Thumbs Up Thumbs Down
6
Anil on 08/12/2009 06:12:54
avatar
sachai pir chh janta ko lagi bhane kina ahile samma rajinama na diyeko?
Thumbs Up Thumbs Down
1
Bijay Thapa on 08/12/2009 05:39:20
avatar
Aba k garnae ta mantri jue, Sansar mai na vayeko pratha hamro desh ma 6, dal haru ko samikaran milaauna mantri pad dine.....
la ta badhai tapai laai kam se kam kaam nagarikan talab ta khanu hun6. Aru nimukha janta laai hernus ta, 'kaam bina maam paainna' bhan6n, tara tapai ta.....
Thumbs Up Thumbs Down
1
Dinesh on 08/12/2009 05:39:06
avatar
Good, However, you were already known there are many cabinet ministers, You went to be a nominal minister without any portfolio then why to complain now ?
Even you don't have to perform any duties no worry they wont snatch your remuneration .
Thumbs Up Thumbs Down
0
ramesh on 08/12/2009 05:21:15
avatar
KATHAPUTALI SARKAR KO KAM NAI K HO RA? DESH KO DHUKUTI RITTAUNE ANI JASARI PANI KATHPUTALI SARKAR TIKAI RAKHNE RANANITI SARUP YO BINABIBHAGIYA MANTRALAYA CHALAYAKA CHAN...
Thumbs Up Thumbs Down
-1
deepak on 08/12/2009 04:58:05
avatar
Talab paihaleko 6 k ko dikka mannubhako mantri jyu?Ki laj lagyo tapailai?Makunelai ta laj chhaina tapailai k ko laj?hoina?Baru dikkai lageko ho bhane Ratnaparkama gham tapna gaye hun6....Tapaiharuko kasaiko pani khi kam chhaina....
Thumbs Up Thumbs Down
-3
LAKPA on 08/12/2009 04:53:04
avatar
A babau karna kina chainta gareko aakhiri Pajero wa landcruser ta chadeko nai haula ani Bhatta ta pachayeko nai haula ni haina ????
Thumbs Up Thumbs Down
0
Ajayraj on 08/12/2009 04:36:46
avatar
Kaam navaye rajina ma de na ta.......na vaye mantri ko bejjat gareko vanera Makune lai thappad hande......
Thumbs Up Thumbs Down
-1
total: 33 | displaying: 1 - 33

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?