चोरको यो साधुपन
अस्टे्रलियाका एकजना चोरले आफूले झन्डै चोरी गरेको पसलका मालिकसँग पत्रमार्फत क्षमा माग्दै साथमा ५० डलर पठाएका छन् । यस वर्षको मे महिनामा पसलमा चोर्न लाग्दा मोहम्मद सोहेलले चोरलाई समातेका थिए । चोरले आफू बाध्यतामा परेकाले चोर्न लागेको मोहम्मदलाई बताए । घरमा खाना नभएको, छोराछोरीलाई खुवाउने केही नभएको चोरले बताएकाले मोहम्मदले चोरलाई ४० डलर र रोटी दिएका थिए । उनले ती चोरलाई कहिल्यै चोरी नगर्ने सर्तमा छोडेका थिए । चोरले अहिले आफूले काम पाएको, नयाँ सन्तान जन्माएको पनि चिठीमा लेखेका छन् । चिठीसँगै आएको ५० डलर च्यारिटीलाई दिने मोेहम्मदले बताए । -एजेन्सीको सहयोगमा
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment