भारतीय लुटेरा पक्राउ
कपिलवस्तु/ बैंकमा आउने ग्राहबाट रकम लुटपाट गर्ने दुईजना भारतीय लुटेरालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोगबनीका राजीव तेली साह र गोरखपुरका मंगल साह तेली छन् । वाणिज्य बैंक, तौलिहवा शाखाका कर्मचारीको आग्रहमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले एक लाख बरामद गरेको छ । उनीहरूलाई विशेष सुराकीका आधारमा भारतसित सीमा जोडिएको दसगजा क्षेत्रबाट नेपाल आउँदै गर्दा कृष्णनगरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कृष्ण केसीले जनाएका छन् । प्रहरी उपरीक्षक विक्रमसिंह थापाले आरोपितद्वयलाई जिप्रका, तौलिहवामा राखेर अनुसन्धान सुरु गरिएको बताए । आरोपितद्वयले पत्रकारसित आफूहरू अपराधमा संलग्न भएको स्वीकार गरेका छन् । गवानपुरका स्थानीय गणेश ठकुरीले गत १९ कात्तिकमा रकम निकाल्न आएको समयमा लामो लाइनमा बसेर चेक साटेलगत्तै ५० हजार रुपैयाँ हराएको बताएका थिए ।



del.icio.us
Digg
ferdous from sydney
Post your comment