Newsletter
Email:
Home | अन्तिम पृष्ठ | "नायिका होइन गायिका भनेर चिनिन चाहन्छु"

"नायिका होइन गायिका भनेर चिनिन चाहन्छु"

Font size: Decrease font Enlarge font
image

दृष्टि फिल्मबाट नायिका बनेकी अभिलाषा आफ्नै शब्द, संगीत र स्वरमा एल्बम निकाल्ने तयारीमा छिन्

अभिलाषा राई । डिजिटल फर्मेटमा निर्माण गरिएको पाँचवटा भाषामा अनूदित दृष्टि फिल्मबाट नवनायिका बन्दै छिन् । उनी सो फिल्ममा दृष्टिविहीनको भूमिकामा देखिँदै छिन् । पहिलो फिल्म, त्यहीमाथि दृष्टिविहीनको रोल, अप्ठ्यारो महसुस भएन ? 'मैले दृष्टिविहीनको अभिनय गर्न सक्दिनँ, त्यसैले यो फिल्म गर्दिनँ भन्ने सोचेकी थिएँ,' अभिलाषाले भनिन्, 'ममीले तिमीले सक्छौ, फिल्म खेल भन्नुभयो, त्यसपछि आत्मविश्वासका साथ फिल्ममा अभिनय गरेँँ ।'

उनले सो क्यारेक्टरमा आफूलाई फिट गर्नका लागि महिना दिन 'वर्कसप' गरेको बताइन् । भनिन्, 'हामीले महिना दिन वर्कसप गर्‍यौँ, र केही दृष्टिविहीनका इन्स्िटच्युटको पनि भ्रमण गर्‍यौँ ।' त्यसपछि सुटिङमा त्यति अप्ठ्यारो नपरेको अनुभव राईले सुनाइन् । दृष्टिविहीनले बाहिरी आँखाले देख्न नसके पनि भित्रिआँखाले देख्न सक्छ भन्ने कथामा आधारित भनिएको सो फिल्ममा आफ्नो क्यारेक्टर पूरै दृष्टिविहीनको रहेको उनले बताइन् ।

फिल्ममा गायक क्रान्ति आले पहिलोपटक नायकको भूमिकामा देखिँदै छन् । दर्जन म्युजिक भिडियोमा अभिनय गरी फिल्म खेलेकी उनलाई क्रान्तिसँगको सहकार्य रमाइलो लागेछ 'क्रान्ति दाइ त मिजासिलो लाग्यो,' उनले सुनाइन्, 'यो क्षेत्रमा हामी दुवै नयाँ थियौँ, उहाँ कोअर्डिनेसन गरेर काम गर्नुहुन्थ्यो ।'

उनले अभिनयको प्रशिक्षण लिएकी छैनन्, तर संगीत र कथ्थक नृत्यमा स्नातक गरेकी छिन् । उनलाई अभिनयभन्दा पनि संगीतमै केही गर्ने इच्छा रहेछ । संगीतमै लाग्न उनी परिवारका साथ दार्जिलिङबाट काठमाडौं आएको बताउँछिन् । उनले चाँडै नै आफ्नै शब्द, संगीत र स्वरमा एल्बमसमेत निकाल्दै छिन् । उनलाई विश्वास छ, दृष्टि फिल्मबाट

उनी चर्चामा आउनेछिन्, तर फिल्मलाई नै निरन्तरता दिने सोचमा चाहिँ उनी रहिनछिन् । 'मैले अभिनयभन्दा बढी म्युजिक बुझेकी छु,' उनले भनिन्, 'त्यसैले म अब पूरै संगीतमा लाग्छु होला ।'

आमाको इच्छा पूरा गर्न नायिका बनेको उनी बताउँछिन् । 'ममीलाई म हिरोइन बनेको हेर्ने इच्छा थियो,' उनले सुनाइन्, 'ममीकै इच्छामा मैले फिल्म र म्युजिक भिडियो गरेकी हुँ ।' दृष्टि फिल्म हिट भएर अन्य फिल्मका लागि अफर आयो भने ? 'सायद खेल्दिनँ हुँला,' उनले आफ्नो इच्छा सुनाइन्, 'मलाई एउटा सफल नायिकाभन्दा सफल गायिका भनेर चिनिनु छ ।'

Subscribe to comments feed Comments (3 posted):

om on 28/12/2009 18:23:41
avatar
j man lag6a tyahi gara kali,
Thumbs Up Thumbs Down
0
hero ni ko busband on 04/12/2009 08:39:17
avatar
aba timi pani k garnu lage hunchha la timro ramro deplop hune bhayo heheheheh
Thumbs Up Thumbs Down
0
funny on 04/12/2009 06:39:46
avatar
Nai mata heroni nai vako hernu man paraucha teso gare kaso hola eeeeeeeeeeeeeeeeeee
B+
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?