Newsletter
Email:
Home | देश | गणराज्य घोषणा नरोकिने

गणराज्य घोषणा नरोकिने

Font size: Decrease font Enlarge font
image

संसद्वादी दल संघीयताको पक्षमा नभएको माओवादी ठहर

नयाँ पत्रिका

काठमाडौं, १७ मंसिर

एकीकृत माओवादीले संसद्वादी दलहरू देशलाई संघीयतामा लैजान गम्भीर नभएको आरोप लगाएको छ । स्वायत्त गणराज्य घोषणा अन्तरिम संविधान, जनयुद्ध र जनआन्दोलको मर्मअनुसार नै भएकाले फिर्ता नलिने निर्णयसमेत माओवादीले गरेको छ ।

माओवादी स्थायी समितिको बिहीबार बसेको बैठकले संसद्वादी दलहरू संविधान निर्माण एवं संघीयताका बारेमा गम्भीर नभएको निष्कर्ष निकालेको हो ।

'संसद्वादी दलहरूले अहिलेसम्म राज्य पुनर्संरचनासम्बन्धी स्पष्ट खाका पेस गरेका छैनन्, झारा टार्ने गरी अमूर्त प्रकारको प्रस्ताव अगाडि सारेका छन्,' माओवादी प्रवक्ता दीनानाथ शर्माले बुधबार साँझ नयाँ पत्रिकासँग भने ।

बैठकमा अध्यक्ष प्रचण्डले संसद्वादी पार्टीहरू नयाँ संविधान निर्माणमा गम्भीर नभएको तथा उनीहरू देशलाई संघीय संरचनामा लैजान अनिच्छुक देखिएको दाबी गरेका थिए ।

राज्य पुनर्संरचना समितिका एक सय ६ वटा बैठक बसेकोमा एमालेले दुई साताअघि तथा कांग्रेसले केही दिनअघि मात्र संघीयताको प्रारम्भिक खाका पेस गरेका थिए । माओवादीले राज्य पुनर्संरचना समितिमा सबैभन्दा पहिला १३ वटा राज्यसहितको संघीयताको मोडल छलफलका लागि पेस गरेको थियो ।

स्थायी समितिको बैठकले राज्य पुनर्संरचनाको अन्तिम खाका तयार पार्न बिहीबार पनि बैठक बोलाएको छ । बिहीबारको बैठकले यस्तो अन्तिम खाका कोर्नका लागि प्राविधिक समिति बनाउने सम्भावना रहेको स्रोतको भनाइ छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको बैठकमा सबै स्थायी समिति सदस्यले आ-आफ्नो विचार राखेका थिए ।

माओवादीले २६ मंसिरदेखि ३ पुससम्म १३ गणराज्य घोषणा गर्ने कार्यक्रम तय गरेको छ । यसअघि पार्टीका केन्द्रीय पदाधिकारी र जातीय, क्षेत्रीय मोर्चाका प्रमुखसँग छलफलपछि विवाद सुल्झाउने जिम्मा स्थायी समितिलाई दिइएको थियो ।

माओवादीमा राज्यसमितिबीच राज्यहरूको सीमाबारे विवाद छ । पार्टीको सांगठनिक संरचनाभन्दा पृथक स्यायत्त गणराज्यको नाम आएपछि पार्टीभित्र मतभेद भएको थियो ।

बैठकले संसद्वादी दलहरू संघीय संरचनामा जान तयार नभएकाले उनीहरूलाई घच्घच्याउन पनि स्वायत्त गणराज्य घोषणा गर्ने आफ्नो निर्णयलाई लागू गरिछाड्ने निष्कर्ष निकालेको छ । गणराज्य घोषणा प्रचारात्मक मात्र भएको र यसले शान्तिसम्झौताको उल्लंघन नहुने उसको दाबी छ । अन्य दलहरूले माओवादीलाई गणराज्य घोषणा कार्यक्रम फिर्ता लिन आग्रह गरिरहेका छन् ।

यसअघि संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालले १३ गणराज्य घोषणा गर्न जाने नेताहरूको नाम र स्थान सार्वजनिक गरिसकेको छ । सीमा र नक्साविना प्रचारका लागि २६ मंसिरदेखि ३ पुससम्म विभिन्न १३ स्वायत्त गणराज्य घोषणा गर्ने माओवादी कार्यक्रम छ ।

२६ मंसिरमा तेह्रथुमको म्याङलुङमा लिम्बुवान गणराज्य घोषणा गर्न पार्टी सचिव पोष्टबहादुर बोगटी दिवाकर र जनार्दन शर्मा तथा सोही दिन कोचिला गणराज्य घोषणा गर्न स्थायी समिति सदस्य नेत्रविक्रम चन्द जानेछन् ।

२८ मंसिरमा दिपायलमा सेती-महाकाली गणराज्य घोषणा गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पोलिटब्युरो सदस्य लेखराज भट्ट तथा त्यसै दिन नेपालगन्जमा थारुवान राज्य घोषणा गर्न पार्टी सचिव सिपी गजुरेल र लीलामणि पोखरेल पुग्नेछन् । त्यसैगरी २९ मंसिरमा खोटाङको दिक्तेलमा किरात गणराज्य घोषणा गर्न पार्टी महासचिव रामबहादुर थापा बादल र सोही दिन सोलुखुम्बुको सल्लेरीमा शेर्पा राज्य घोषणा गर्न माओवादी अध्यक्ष प्रचण्ड आफैँ जानेछन् ।

त्यसबाहेक ३० मंसिरमा जुम्लामा भेरी-कणर्ाली राज्य घोषणा गर्न उपाध्यक्ष श्रेष्ठ र तिलक परियार जानेछन् भने सहभागी सोही दिन हुम्लाको सिमिकोट भोटे-लामा गणराज्य घोषणा गर्न नेत्रविक्रम चन्द जाने तय भएको छ । त्यसैगरी १ पुसमा नारायणथान -काभ्रे) मा ताम्सालिङ गणराज्य घोषणा गर्न माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई जानेछन् भने त्यसै दिन काठमाडौंमा नेवाः राज्यको घोषणा गर्न माओवादी अध्यक्ष प्रचण्ड आफैँ जानेछन् ।

२ मंसिरमा पोखरामा तमुवान राज्य घोषणा गर्न स्थायी समिति सदस्य देवप्रसाद गुरुङ र सोही दिन पाल्पाको तानसेनमा मगराँत राज्य घोषणा गर्न माओवादी महासचिव बादल जाने कार्यक्रम छ । ३ मंसिरमा जनकपुरमा मधेस गणराज्य घोषणा गर्न माओवादी उपाध्यक्ष भट्टराई र रामकुमारी यादव जाने कार्यक्रम माओवादीले बनाएको छ ।

Subscribe to comments feed Comments (2 posted):

rajan on 03/12/2009 11:15:44
avatar
YO SABAI CONGRESS RA UML LE INDIA KO ISHARA MA RAJTANTRA PHALNE MAUBADI SANGA MILA KO PARIDAM HO. ARU KO BHANAI MA LAGARE AFNO GHAR MA AGO LAGAYA KO NATIJA HO YO. HERDAI JANUS NEPAL MA ABA GRIHA UDDHA HUNCHA. SANTI HUDAINA RA PARISTHI KO LAV INDIA LE LINCHA RA HAMI BHUTANI OR SIKKIMI HUNE CHAU
Thumbs Up Thumbs Down
0
bikram on 03/12/2009 06:23:14
avatar
tra maobadi suru bhayko khash garirolpa rukum bat ho tra gana rajey ghoshna garenan ki rolpa rukum lagayt rapti lai rajdhani rajey ghoshna garne bichar gareka huna aru ktm jasta thaumatghoshna garne bhay bhane pachhi jun thauma janmiyo tehi thaulai ghoshna nagarnako karan kehi chha yo bhitra
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?