Newsletter
Email:
Home | भनेको-सुनेको | अन्तर्राष्ट्रिय एवार्ड जित्ने फिल्म बनाउने दाबी

अन्तर्राष्ट्रिय एवार्ड जित्ने फिल्म बनाउने दाबी

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ निर्देशक दीपक रायमाझीले अन्तर्राष्ट्रियस्तरको फिल्म निर्माण गर्ने बताएका छन् । 'सधँै उही माया-प्रेम, ग्ल्यामर र द्वन्द्वका कथामा कति फिल्म बनाउनू,' दिक्क हुँदै उनले भने, 'अब बनाउन लागेको फिल्म अन्तर्राष्ट्रिय एवार्डमा प्रतिस्पर्धा गर्ने विषयमा छ ।' उनले निर्माण गर्न लागेको सो फिल्मको नाम रहेको छ, चाँडै आऊ है ।

धन कमाउने आशामा विदेश पलायन हुने युवालाई आफ्नै देश र्फकन आह्वान गर्ने कथामा निर्माण गर्न लागिएको सो फिल्मको फागुनदेखि सुटिङ थालिने उनी बताउँछन् । युगदेखि युगसम्मबाट निर्देशन यात्रा थालेका निर्देशक रायमाझीले अहिलेसम्म डेढ दर्जन फिल्म निर्देशन गरिसकेका छन् । 'कति व्यावसायिक फिल्म बनाउनू । अब एउटा कलात्मक फिल्म बनाउ"m भनेर यो प्रोजेक्ट सुरु गर्दै छु,' रायमाझी भन्छन्, 'म त रसियामा फिल्म-निर्देशनमा डिग्री गरेको मान्छे । विदेशमा मेरो लिंक राम्रो छ । चाँडै आऊ है मस्को फिल्म फेस्टिबलमा पठाउँछु ।'

निर्देशक रायमाझी ड्यासिङ ग्ल्यामर निर्देशकका रूपमा चिनिन्छन् । पछिल्लोपटक लभ स्टोरी २०६६ निर्माण गरेका निर्देशक रायमाझीका अधिकांश फिल्ममा भरपुर ल्ग्यामरस् सिन पाइन्छन् । आफ्ना फिल्मबाट दर्शकलाई मनोरञ्जन दिनका लागि नायिकालाई 'एक्सपोज' गर्ने गरेका उनी चाँडै आऊ हैमा भने त्यस्ता दृश्य नरहने दाबी गर्छन् । 'पूर्ण रूपमा सन्देशमूलक फिल्म हो । गीत पनि थोरै छ । काल्पनिक फाइट पनि हुँदैन,' फुर्ती गर्दै उनले भने, 'दीपक रायमाझीले कस्तोसम्म फिल्म बनाउन सक्छ भन्ने चाँडै आऊ हैले देखाउनेछ ।' उनको सो 'डि्रम प्रोजेक्ट' को लेखन मौनता श्रेष्ठले गरेका छन् भने चेतन सापकोटाले संगीत भर्दै छन् । चाँडै आऊ है पनि वास्तविक घटनामा आधारित आत्मघाती चिठी नामक फिल्म निर्माण गर्ने कुुरा पनि उनले सुनाए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?