Newsletter
Email:
Home | कभरस्टोरी | ६ हजार कार्यकर्ता भर्ती गर्ने सरकारी तयारी, लोकसेवाको आपत्ति

६ हजार कार्यकर्ता भर्ती गर्ने सरकारी तयारी, लोकसेवाको आपत्ति

Font size: Decrease font Enlarge font
image

'हामीले पनि सुनेका छौं, तर औपचारिक रुपमा यससम्बन्धी जानकारी हामीलाई आएको छैन' लोकसेवा आयोगका सदस्य टीकादत्त निरौलाले भने, 'त्यसरी कर्मचारी भर्ना गरिन्छ भने त्यो गलत हो ।’

नयाँ पत्रिका 

काठमाडौं, १४ मंसीर

सरकारले निजामती कर्मचारीमा रिक्त करिब ६ हजार कर्मचारी करारमा नियुक्त गर्न थालेपछि लोकसेवा आयोग असन्तुष्ट भएको छ । स्थायी सम्भव नभए अस्थायी रूपमा नियुक्त गर्दा लोकसेवाको प्रक्रिया अनुशरण गर्ने कानुनी प्रक्रियालाई छल्न सरकारले ६ हजार कर्मचारी करारमा नियुक्त गर्ने तयारी गरेको छ । 

सरकारले करारमा कर्मचारी नियुक्त गर्ने गृहकार्यस्वरूप सामान्य प्रशासन मन्त्रालयका सहसचिव घिमिरेको संयोजकत्वमा निर्देशिका समिति बनाएको थियो । तर, सो समितिको प्रतिवेदन विवादमा पर्ने डरले सरकारले गोप्य राखेरै कार्यान्वयन गर्न थालेको छ ।  

प्रतिवेदनलाई आधार बनाएर सरकारले पहिलो चरणमा खरिदार र सुब्बास्तरमा झन्डै पाँच हजार कर्मचारी करारमा लिने तयारी गरेको छ भने दोस्रो चरणमा झन्डै एक हजार कर्मचारी करारमा लिने तयारीमा सरकार छ । 'यसरी करारमा लिँदा खरिदार सुब्बादेखि उपसचिवस्तरसम्मकै कर्मचारी पनि लिन सकिन्छ,' स्रोतले भन्यो ।

निजामती किताबखानाका अनुसार हाल निजामती सेवामा एक लाख नौ सय ६९ स्वीकृत दरबन्दी छ । सो दरबन्दीमध्ये विभिन्न श्रेणीमा गरी ७२ हजार आठ सय २५ कर्मचारी कार्यरत छन् भने २८ हजार एक सय ४५ दरबन्दी रिक्त छ । जसमध्ये सहसचिव तीन सय ९३, उपसचिव आठ सय ७७ र शाखा अधिकृत एक हजार दुई सय १८ रिक्त छन् । त्यसैगरी रिक्त पदमध्ये नायव सुब्बाको ६ हजार ६३, खरिदारको सात हजार एक सय ८७ र मुखियाको चार हजार ६० पद खाली छ । 

स्थायी कर्मचारी नियुक्त गर्न अवस्था नभए अस्थायी कर्मचारी नियुक्त गर्ने कानुन भए पनि सरकारले निजामती सेवालाई पनि भर्तीकेन्द्रमा परिणत गर्न खोजेपछि लोकसेवा आयोग पनि असन्तुष्ट भएको छ । सरकारको यो योजनाले आयोगको भूमिका नै संकुचन हुनसक्ने र निजामती प्रशासनमा अयोग्य जनशक्ति भित्रनसक्ने संभावना रहेको औंल्याउँदै आयोगले असन्तुष्टि व्यक्त गरेको हो । 

लोकसेवा आयोगका सदस्य टीकादत्त निरौलाले निजामती सेवामा सरकारले करारमा कर्मचारी नियुक्ति गर्नु निजामती सेवा ऐन र नियमावलीविपरीत हुने बताए । हामीले पनि सुनेका छौं । तर, औपचारिक रूपमा यससम्बन्धी जानकारी हामीलाई आएको छैन,' निरौलाले नयाँ पत्रिकासँग भने, 'त्यसरी कर्मचारी भर्ना गरिन्छ भने त्यो गलत हो, सरकारले त्यसो गर्नुहुदैन ।' 

संविधानले नै कर्मचारीको स्थायी पदपूर्ति गर्ने अधिकार लोकसेवा आयोगलाई मात्रै दिएकाले सरकार एक्लैले त्यसो गर्न नसक्ने दाबी निरौलाले गरे । 'त्यस्तो डकुमेन्ट आयोगमा आइपुगेको छैन, आयो भने पनि स्वीकृत गर्न सकिँदैन ।'  

स्रोतका अनुसार आयोगले केही समयअघि निजामती सेवामा श्रेणिविहीन पदमात्रै करारमा लिन सकिने भन्दै सरकारलाई सुझाव दिएको थियो, तर अहिले सरकार उपसचिवस्तरसम्मकै पदमा करारमा कर्मचारी नियुक्ति गर्ने तयारीमा जुटेपछि आयोगले गम्भीर असन्तुष्टि व्यक्त गरेको हो । 

सरकार यो योजनाबाट आफै संशकित छ । लोकसेवा आयोगले पनि यसमा विरोध गर्नसक्ने डरले सरकारले यो योजना गोप्य राख्दै आइरहेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । 'यो योजना पास भए पनि कार्यान्वयन हुन सक्दैन सरकारले चौतर्फी विरोधको सामना गर्न बाध्य हुनेछ,' ती अधिकारीले भने । 

मन्त्रालय स्राेतका अनुसार सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठको निर्देशनमा सामान्य प्रशासन मन्त्रालयले सेवा करारसम्बन्धी निर्देशिकाको मस्यौदासमेत तयार गरेको हो । सो निर्देशिका मन्त्रिपरिषद् बैठकले लागू गरे विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ, र सरकारले आफ्नो मनलाग्दी किसिमले कर्मचारी भर्ना गर्नेछ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतले सो निर्देशिका क्याबिनेटमा लगी पारित गराउने प्रयासमा सरकार लागिपरेको दाबी गरेको छ । सहसचिव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले सेवा करारसम्बन्धी निर्देशिका मन्त्री श्रेष्ठलाई बुझाइसकेको छ ।

सो निर्देशिकामा विभिन्न कम्पनी र्फम, संघ/संस्था तथा व्यक्तिगत रूपमै पनि विभिन्न व्यक्तिलाई करारमा लिन सकिने उल्लेख छ । निजामती सेवामा हाल ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त छ, तर सो रिक्त दरबन्दी पूर्ति गर्न छाडेर सेवा करारका नाममा ठूलो संख्यामा आफू अनुकूलका कर्मचारी भर्ना गर्ने योजनामा सरकार जुटेको छ ।

मन्त्रालय तथा मातहतका निकायको मागअनुसार संख्या घटबढ हुनसक्ने जानकारी स्रोतले दिएको छ । करारमा लिँदा विशेषज्ञ सेवाका रूपमा लिइने र त्यसबापत वाषिर्क रूपमा बढीमा दुई लाखसम्म दिन सकिने प्रस्ताव निर्देशिकामा गरिएको छ । 

तर, एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले नै सरकारको सो योजना सरकारी सेवामा नवदास जन्माउने कुचेष्टा भएको प्रतिक्रिया दिएका छन् । 'सरकारले  विधि र नियमभन्दा बाहिर गएर त्यस्तो योजना ल्यायो भने हामी कुनै हालतमा कार्यान्वयन गर्न दिँदैनौ, आन्दोलन गरेर फिर्ता लिन बाध्य पार्छौँ,' बस्यालले भने । उनले सरकारको यो कदम सार्वजनिक प्रशासनको मूल्य-मान्यताविपरीत हुने तर्क गरे । 

सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले सरकारको यो योजनाका बारेमा कुनै जानकारी दिन चाहेनन् । 'निर्देशिका बनेको छ, योभन्दा बढी नबोलौँ,' उनले भने । 

उता, निर्देशिका कार्यदलका संयोजक तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव घिमिरेले भने सार्वजनिक प्रशासनको विश्वव्यापी मान्यताअनुसार नै यस्तो योजना ल्याउन लागिएको दाबी गरे । उनले निजामती सेवाको रिक्त पदपूर्तिका लागि नभएर छुट्टै विशेषज्ञ सेवा पूर्तिका लागि यस्तो योजना ल्याइन लागेको जानकारी दिए । 'यसमा बुझाइको कमी हुनसक्छ, संक्रमणकालीन सेवाको व्यवस्थापनका लागि मात्रै केही समयका लागि यस्तो व्यवस्था गर्न लागिएको हो,' घिमिरेले भने ।

Subscribe to comments feed Comments (16 posted):

dhurba devkota on 01/12/2009 19:34:08
avatar
amala ra congress la aaba aafna karakarta varna garne bhaya.yo pani sarkar balio banaune prash ho.aafna mancha varna gara pachi karmachari tantra sarkr ko pachha ma huncha.Tara paila ko sarkar la aafna sacham mancha pani verna garana tasaila sarkar dhalo.yo kadam manche aafno banaune kadam ho.
Thumbs Up Thumbs Down
0
nirma rawal on 01/12/2009 14:43:39
avatar
माफिया अहीलेको सरकारले सबै स्वतन्त्र निकाय हरुलाई लथालिङ बनाउन थाहल्यो अरु दलका हिमाइतीहरुले पनि चुप छप लगेर रमिता हेर्दैछन विडम्बना भनौ नेपाल को अवस्था नेपाल सदै माफिया हरुकै हात म रहने भयो
Thumbs Up Thumbs Down
0
Shesha Sedai on 01/12/2009 12:02:12
avatar
yo sarasar galat ho yesle nijamati sangathan ma bichalan lyauchha.
Thumbs Up Thumbs Down
0
Ishwor Pathak on 01/12/2009 10:08:15
avatar
aba ta jagir khan pani neta ko chakari garnu parne bhayo yo kasto chalan garib deshma bilasi mantri bhayer nai yesto bhayeko hola ta kereni.........
Thumbs Up Thumbs Down
0
Buddhi Adhikari on 01/12/2009 03:38:58
avatar
आसंबैधानिक कदम को जग्मा उभिअको कथापुतली सरकार ले गर्ने काम यि भन्दा राम्रा के हूनसक् चण । आज कर्मचारी करार म लिणे मण्ब्सिक्टा बनाउणे हरु भोली देस नै करार म बुझाउन के बेर । यि दलाल हरु , प्रतिकिर्या बादी का अजेन्त हरु नेपालको नुक्सा मेटने दाउमा चन र त जना टा को अभोइमट्को खिल्ली उडैरहेका चण । जनताको चाह णा माथि बण्चरो प्रहार गरी डिमोक्रेसी को मुल्लए र माण्णेटा बिपरिट बिढी र सिस्टम को उपहास गदै शहिद को रगटको अपमाण बाहेक अरु के हुण सक्छ र ? यि भरस्ट्र चारी हरु शान्ति र सम्र्रिधिका बिरोधएे हुण । यि राहु हरु यो डेस लाई कुग्गाल बनाउण खोजेरहेका चण । बेलैमा संबिधान जारी गरी डेस्लाई शान्ति र बिकासको बाटोमा डोरेउणे जिम्बेवोरी लाई बिर्सेंर काणुण र बिधी को गलारेटेर प्रटिगमण बिउझाउणे कोशीस आखिर किन र कस्का लागि अणी कहेले सम्म।
Thumbs Up Thumbs Down
0
purna kc on 01/12/2009 02:58:49
avatar
Sarkar le yo kam gerechha bhane yo sar kar ko patan nischit chha.
Thumbs Up Thumbs Down
0
Raag on 01/12/2009 00:53:55
avatar
Loksewa Aayog Pani Mam Matrako Thiyo Ta ! Purbawati Sarkarko Paladekhi Nai Ke Loksewama Pahuch Napugne Neapali Nagarik Ko Pakshama Tjiyo Ta ?? Thiyana ,Yo Sacho HO Bhane Aahile Chichchyarea Hune Kehi Chhaina, Tara Samanupatik Sabhasad Jastai Sambandhit Padko Lagi Yoggya Byagtilai Sampurna Dalko Sahamatima Niyukti Gare Sabaile Barabar Mouka Paula. Aaphno B4M.
Thumbs Up Thumbs Down
0
keshab on 30/11/2009 10:41:14
avatar
Aba ta jagir khana pani neta ko chakari garne karyakarta hunu parne bho. Sojha janta le jagir khana na panune bhaye Nepal. Ganatantra ma yastai hudo rahe chha.
Thumbs Up Thumbs Down
2
bhim bohara on 30/11/2009 09:14:46
avatar
sarkar le niyem kanuna ko upeksha garer kehi pani kaam garnu hunna. niyem ra kanun vanda mathi kohi pani hudainana.manomani dhangale aafna karyekarta varti garne ho vane desko bikash asamvaba hun6.hunata 1 karod ko gadi chadhne mantri le k ko niyem kanuna ra jantalai herthe!sarkarma vayeka parti ko rananiti vaneko sarkarma sahavagi vayer paisako ra jagiri ko lov dekhai jati sakyo rajaniti ko ra najaneka jhunda haru lai batuler aafnu pakshe ma janamata badhi 6 vaner dhekhaunu paryo ni ki kaso?
Thumbs Up Thumbs Down
2
aakash kc on 30/11/2009 08:59:53
avatar
yo desh kasto jaso garini birod nai hunchha. kina yetro darbandhi khali huda ni log sewale kebal pan das wata ko matrai biggapan gareko ta? ke logsewa aayog le sabai kali thau ma thai ko lagi bigyapan gare vai halo ni ? natra kina sarkar ko kam ma tang aadeuni?kamsekam 5 7 hajarle ta roj gari pauchha .........
Thumbs Up Thumbs Down
-3
कर्मचारी on 30/11/2009 07:59:19
avatar
commission ko naya melo. karyakarta palne naya melo. kahile SASU KO PALO KAHILE BUHARIKO PALO.
Thumbs Up Thumbs Down
3
prachanda pokharel surkhet on 30/11/2009 07:33:17
avatar
आसंबैधानिक कदम को जग्मा उभिअको कथापुतली सरकार ले गर्ने काम यि भन्दा राम्रा के हूनसक् चण । आज कर्मचारी करार म लिणे मण्ब्सिक्टा बनाउणे हरु भोली देस नै करार म बुझाउन के बेर । यि दलाल हरु , प्रतिकिर्या बादी का अजेन्त हरु नेपालको नुक्सा मेटने दाउमा चन र त जना टा को अभोइमट्को खिल्ली उडैरहेका चण । जनताको चाह णा माथि बण्चरो प्रहार गरी डिमोक्रेसी को मुल्लए र माण्णेटा बिपरिट बिढी र सिस्टम को उपहास गदै शहिद को रगटको अपमाण बाहेक अरु के हुण सक्छ र ? यि भरस्ट्र चारी हरु शान्ति र सम्र्रिधिका बिरोधएे हुण । यि राहु हरु यो डेस लाई कुग्गाल बनाउण खोजेरहेका चण । बेलैमा संबिधान जारी गरी डेस्लाई शान्ति र बिकासको बाटोमा डोरेउणे जिम्बेवोरी लाई बिर्सेंर काणुण र बिधी को गलारेटेर प्रटिगमण बिउझाउणे कोशीस आखिर किन र कस्का लागि अणी कहेले सम्म।
Thumbs Up Thumbs Down
4
Indra Dev Rai Pandhare now Mozambique on 30/11/2009 07:22:27
avatar
Uso bhaya Loksewa ayogko nam paribartan gare bhayo?Hijo panchayat kalma ta janatale thaha napaune kisimle gopya ruple guptacharma niyukti gareko thaha thiyo!Tara aja Gantantrako hunkar ragatne Netako pani yo chal?Mathi samma pahuch hunele ta khayo jagir nahunele khane ke?Yi dhamiraharule ta aba Permanent governmentma pani dhawa bolnu thalyo!Yasko matlab aba deshma Grihayudda hune nai bhayo. Desh chalaune bhaneko burocracyle ho taki yi temporary governmentle hoina.Malai ke kura ramari thaha 6 bhane 048 salka tatkalin home minister Sher bahadur Deuble Bidhiwat rupma Karmacharima rajnitikaran gareka hun.Afno areako Motilal Boharalai I.G.P. banauna Ratna Shamsher Ranalai 30 Barshe banle hanera hatayako thiyo,tyas pa6i Nepal police yi fohoriharuko chalkhel garne akhadai baneko 6 ra halsamma pani sagathan lathalinga 6.Yo prakriya tu roknu par6 natra Yogya ra garibka 6ora 6orile Jagri khane dinko antya hun6.
Thumbs Up Thumbs Down
1
desh ko mato on 30/11/2009 07:16:02
avatar
ti karmachari haru pani tehi mantri ka manchhe haru nai hunchhan ni neta haru ko aafno manchhe lai nai jagir dine nai ta ho 6000 kina 10000 lai nai diya hunchha ni neta haru ko manchhe haru ta hun sabai
Thumbs Up Thumbs Down
0
krishna khanal on 30/11/2009 06:25:13
avatar
सरकारले मनोमानी ढङ्गले आफु खुसी नियम र परिधि भन्दा बाहिर गई सरोकारवालाहरु सगँ सल्लाह नै नगरी अगाडी बढदा, आज देखिने तत्कालिन फाईदालाई अगाँलोमार्दा भोली यस्ले कर्मचारी जगतमा अर्को दुर्घटना हुनसक्छ जस्ले कर्मचारी जगतमा अराजकता, अस्थिरता र अन्योलको खाडल पर्नेछ र कर्मचारीतन्त्रको बचेकुचेको इमान र साख पनि त्यही फराकिलो खाडलमा पुरिने्छ । हरेक कार्य सम्पादन गर्नु अगाडी यो सरकार किन नियम र परिधिलाई ख्यालै नगरी अगाडी बढछ । के यो सरकार आफ्नो आयु लम्वाउने बहानामा कतै आफ्नै तिव्र अन्त्येष्टिको प्रतिक्षामा त छैन् ?
Thumbs Up Thumbs Down
4
कल्पित खत्री चन्द्र तित्याङ ३ बाग्लुङ on 30/11/2009 06:00:16
avatar
अब त नंया नेपाल मा जागिर खाना शैक्षिक प्रमाण पत्र होईन कुनै एक पार्टी को सदस्य हुन पर्ने भो । होईन एमाले नेतृत्व को सरकार ले कस्तो नया नेपाल निर्माण गर्ना लागेको हो बुज्नै
kalpitkhatri@ymail.com

कल्पित खत्री चन्द्र तित्याङ ३ बाग्लुङ
Thumbs Up Thumbs Down
4
total: 16 | displaying: 1 - 16

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?