Newsletter
Email:
Home | विदेश | कर्मचारीलाई प्रेम-बिदा

कर्मचारीलाई प्रेम-बिदा

Font size: Decrease font Enlarge font
image

आफ्ना कर्मचारीका लागि विभिन्न कम्पनीले विभिन्न कल्याणकारी योजना ल्याउने गर्छन् । कसैले आवास र सवारी सुविधा उपलब्ध गराउँछन्, कसैले बिमा सुविधा उपलब्ध गराउँछन्, कसैले देश/विदेश भ्रमणमा लैजान्छन् । तर, चीनको एक सहर सांघाईको एक कम्पनीले भने प्रेममा फसेर असफल भएका आफ्ना अभागी कर्मचारीका लागि विशेष कल्याण कार्यक्रम सुरु गरेको छ । कम्पनीको मानव संसाधन विभागका झाओ नामका एक सुपरिवेक्षकले कम्पनीले कुनै कर्मचारी प्रेममा फसेको बतायो भने कुनै प्रमाण नभए पनि तलबी बिदा दिने निर्णय गरेको बताए । प्रत्येक कर्मचारीले प्रत्येक दुई वर्षमा दुई दिन प्रेम-बिदा पाउनेछन् ।

'तलबी बिदा पाएपछि कर्मचारीलाई आफू प्रेममा विफल भएको अभागी हुँ भन्ने कुरा स्वीकार गर्न पर्याप्त समय मिल्नेछ । हामी आशा गछौर्ं, तलबी बिदाका वेला कर्मचारीले कम्पनीभित्रै आफ्नो घरपरिवारजस्तो अनुभव गर्न पाउनेछन् । अझ, हाम्रो कम्पनीको कर्मचारीले पारपाचुके गर्न तीन दिनको तलबी बिदा पाउन सक्नेछ,' झाओले भने । व्यक्तिगत सम्बन्धका कारण तनाबग्रस्त कर्मचारीले आफ्नो सम्पूर्ण क्षमताअनुसार काम गर्न नसक्ने उनको विचार छ । रोजगारदाताले कर्मचारीको हरेक मर्का बुझ्नु आवश्यक भएको उनी बताउँछन् । अरू कम्पनीले पनि ढिलो-चाँडो यस्तै खालका कल्याणकारी योजना नल्याई सुखै नपाउने उनको भनाइ छ । भन्छन्, 'कर्मचारीको मनोविज्ञानलाई ध्यान नदिएका कारण कति कम्पनी टाट पल्टेका छन् ।'

कम्पनीका जिआओ नाम गरेका एक कामदारले तलबी बिदा पाउने सुन्दैमा आफूलाईर् आश्चर्य लागेको भन्दै थपे, 'यस्तो तलबी बिदाले काम गर्नलाई राम्रो वातावरण बनाउँछ, बढी तलब पाउनुभन्दा पनि काम गर्ने राम्रो वातावरण पाउनु हाम्रा लागि ठूलो कुरा हो ।' तर, यो कार्यक्रम लागू भएको एक वर्ष बितिसक्दा पनि कसैले बिदाका लागि दर्खास्त नहालेको बुझएिको छ ।

सांघाई विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर गू जुनका अनुसार यस्तो सुविधाले कम्पनीमा सौहार्दपूर्ण कार्य-संस्कृति बनाउन मद्दत पुग्छ । उनी भन्छन्, 'अरू कम्पनीले पनि यस्तै कल्याणकारी सुविधाको बन्दोबस्त गर्नुपर्छ, कम्पनीले यस्तो सुविधा दिएपछि यसलाई बडो आनन्दले आत्मसात् गर्नोस् ।' उनका अनुसार कम्पनीले आफ्ना कर्मचारीलाई दिने सुविधालाई समयअनुसार परिमार्जित गर्दै लैजानुपर्छ । उनी भन्छन्, 'समयअनुसार कर्मचारीका माग र आवश्यकता बदलिँदै जान्छन् । कम्पनी तथा रोजगारदाताले यस तथ्यलाई ध्यान दिनुपर्छ ।'

कम्पनीले कर्मचारीको समस्या हल गर्न सक्यो भने उनीहरूको कार्यक्षमता बढ्ने बताउँदै गू जुन भन्छन्, 'कर्मचारीको मानसिक तनाबले कम्पनीलाई पनि हानि पुर्‍याउन सक्छ । कर्मचारीको सुख-दुःखमा साथ दिए मात्र कम्पनीले प्रगति गर्न सक्छ ।'

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?