सिंगापुरमा समझदारी
गिरिजाबाबु वर्तमान सरकारबाट असन्तुष्ट हुनुहुन्छ, उहाँ परिवर्तनका पक्षमा देखिनुभयो : प्रचण्ड गाँठो फुकाउने सहमति भएको छ, अन्तिम टुंगो काठमाडौंमै लाग्छ : कोइरालाका सहयोगी डा. शेखर
नयाँ पत्रिका काठमाडौं, २ मंसिर नेपालको राजनीतिक गतिरोध अन्त्य गर्न दुई शीर्ष नेताबीच सिंगापुरमा समझदारी भएको छ । समझदारी कार्यान्वयन हुने विश्वाससाथ माओवादी अध्यक्ष प्रचण्ड बुधबार र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आइतबार स्वदेश र्फकंदै छन् । स्वास्थ्य उपचारका लागि शनिबार सिंगापुर उडेका कोइरालालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड सोमबार त्यता गएका थिए । मंगलबार दिउँसो उनीहरूबीच हस्पिटलमै संवाद भएको थियो । स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र बनाई त्यसमार्फत नयाँ सरकार बनाउन दुई नेताबीच समझदारी भएको छ । आइतबार कोइराला नेपाल फर्किनासाथ नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने स्रोतको दाबी छ । माओवादी अध्यक्ष प्रचण्डले पनि वर्तमान सरकारबाट कोइराला असन्तुष्ट रहेको र परिवर्तनका लागि तयार रहेको दाबी गरेका छन् । 'गिरिजाबाबुले जसरी पनि शान्ति-प्रक्रिया टुंगोमा पुर्याउन चाहनुभएको छ । उहाँ अहिलेको शान्ति-प्रक्रियाको गतिबाट सन्तुष्ट हुनुहुन्न भन्ने पाएँ,' प्रचण्डले भने, 'उहाँ सरकारका कामबाट समेत सन्तुष्ट देखिनुभएन । उहाँ परिवर्तनका पक्षमा देखिनुभयो,' कोइरालासँगको वार्तापछि प्रचण्डले टेलिफोनमै नयाँ पत्रिकासँग भने । 'हामीले खास गरेर अहिलेको राजनीतिक गतिरोधको तत्काल अन्त्य गर्ने र यसअघि नै हामीबीच सहमति भएको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा कुराकानी गर्यौँ,' माओवादी अध्यक्ष प्रचण्डले भने । प्रचण्डका अनुसार कांग्रेस सभापति कोइरालाकै प्रस्तावमा समझदारीको बाटो बनेको हो । 'गिरिजाबाबुले बीचको बाटो निकालेर राजनीतिक गतिरोधको हल गराँै भन्नुभयो । मैले ल ठीक छ, तपाईंले ल्याउनुस् बीचको उपयुक्त बाटो, हामी त्यसका लागि तयार छौँ भनेँ,' प्रचण्डले भने, 'उहाँको भनाइअनुसार त ५ गतेभित्रै निकास निस्किन्छ ।' माओवादीले आफ्ना माग पूरा गराउन ५ मंसिरसम्मको अल्टिमेटम दिएको छ । तर, कोइरालासँग भएको समझदारीबारे उनले स्पष्ट खुलाउन चाहेनन्। 'म भोलि (बुधबार) नै काठमाडौं आउँदै छु, त्यहीँ आएपछि सबै कुरा खोल्छु,' उनले भने । सात दल र माओवादीबीच १२ बुँदे सहमतिताका महत्त्वपूर्ण भूमिका खेलेका कांग्रेस नेता डा. शेखर कोइराला सिंगापुर-वार्तामा पनि सहभागी थिए । वार्तामा उपप्रधानमन्त्री सुजाता कोइराला र माओवादी नेता कृष्णबहादुर महरा पनि थिए । कांग्रेस नेता डा. शेखरले पनि कोइराला र प्रचण्डबीचको भेटले राजनीतिक गाँठो फुकाउने विश्वास व्यक्त गरेका छन् । 'सहमतिका लागि समझदारी भएको छ, तर अन्तिम टुंगो काठमाडौं गएरै लगाउने सहमति भएको छ,' उनले भने । निजी भ्रमण भन्दै सिंगापुर पुगेका प्रचण्डले अस्पतालमा भने आफू कोइरालालाई भेट्न मात्रै आएको बताएका थिए । प्रचण्डले टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमै गएर कोइरालालाई भेटेका थिए । कांग्रेस सभापति कोइराला उपचारका लागि शनिबार सिंगापुर गएका हुन् । त्यस्तै माओवादी स्थायी समिति सदस्य एवं विदेश विभाग-प्रमुख कृष्णबहादुर महरालाई साथमा लिएर प्रचण्ड थाई एयरको विमानबाट सोमबार दिउँसो दुई बजे सिंगापुरतर्फ लागेका थिए । यसअघि दोस्रो चरणको आन्दोलन समापन गर्दा प्रचण्डले तेस्रो चरणको आन्दोलन आक्रामक हुने दाबी गर्दै सत्तारूढ दलहरू र सरकारलाई माओवादीले उठाएका मुद्दामा गम्भीर बन्न चेतावनी दिएका थिए । त्यस्तै सिंगापुर जानुअघि कांग्रेस सभापति कोइरालाले पनि आफू आउन्जेल संयम हुन आग्रह गरेका थिए । कोइराला परिवर्तनका पक्षमा : प्रचण्ड यहाँ (सिंगापुरमा) गिरिजाबाबुसँग कुराकानी भयो । छलफल निकै राम्रो भयो । हामीले खास गरेर अहिलेको राजनीतिक गतिरोधको अन्त्य गर्ने र यसअघि नै उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा कुराकानी गर्यौँ । गिरिजाबाबुले बीचको बाटो निकालेर राजनीतिक गतिरोधको हल गरौँ भन्नुभयो । मैले ल ठीक छ, तपाईंले ल्याउनुस् बीचको उपयुक्त बाटो हामी त्यसका लागि तयार छौँ भनेँ । बीचको बाटोबारे पनि कुराकानी भए । म फोनमा बताउन सक्दिनँ अहिले । काठमाडौंबाट फर्केपछि यी कुरा बताउनेछु । गिरिजाबाबुले जसरी पनि शान्ति-प्रक्रिया टुंगोमा पुर्याउन चाहनुभएको छ । उहाँ अहिलेको शान्ति-प्रक्रियाको गतिबाट सन्तुष्ट हुनुहुन्न भन्ने पाएँ । उहाँ वर्तमान सरकारको कामबाट समेत सन्तुष्ट देखिनुभएन । उहाँ परिवर्तनका पक्षमा देखिनुभयो । म र उहाँ पनि काठमाडौं फर्केपछि सबै कुराको हल हुन्छ भन्नेमा मलाई विश्वास लागेको छ । बजेटलगायतका सबै मुद्दा प्याकेजमा हल हुन्छ । प्रचण्डजी आएपछि कुरा हुन्छ : रामचन्द्र पौडेल उता (सिंगापुरमा) के भयो भन्ने विषयमा मलाई थाहा छैन । सहमति भयो भन्ने सुनेको छु । तर, के सहमति भयो भन्ने जानकारी छैन । भोलि (बुधबार) प्रचण्डजी र्फकंदै हुनुहुन्छ । त्यसपछि प्रचण्डसहित तीन दलको बैठक बस्ने सहमति भएको छ । उहाँले के खबर ल्याउनुहुन्छ, के प्रस्ताव राख्नुहुन्छ, त्यसका आधारमा मात्र प्रतिक्रिया दिन सकिन्छ । अहिले नै सहमतिको समर्थन वा विरोध गर्न मिल्दैन ।



del.icio.us
Digg
kohi chaina sab chor ra fataha,post ma gayeapchhi sabaiko ghar banauna parne,chhora chhoriko bihe garnu parne,bidesh bhraman garnu parne,sampati jodhna parne, tyo madhesi foram ko mantri harule bau ko birta ansa banda gareko jasari tin ka bau ka sampati jasari mantri ko lagi kati luchha chud gare,yesto ghin lagdo rajniti,dhikar cha nepal ama le timi harulai janmayeko,dharti ko boj ho kamse kam jun dharti ma baseko cha tesko ta maya hunu parne timi harulai,god le timi harulai ramro bato dekhaun yehi cha mero shubhakamana.
kalpitkhatri@ymail.com
अरु देश मा मन्त्री मन्डल कती को छ त्यो नि बिचार गर !अनी करिमा बेगम जस्तो रन्डी लाई राखेर सदन चलाऊने हो भन्दा रसियन माल लिएर चलाऊ बरु तेस्मा तिमी हरु को भलो हुने छ् तर प्रतेक नेपाली जनता को आर्थिक बिकास गरेर मात्र होइन भने अब न त यो देश मा प्रधानमन्त्री न त rasta पती कै जरुरी हुनेछ बरु अब यो देश सनिक र पुलिस नेपाली आमा को छोरा को हात बाट चल्ने छ यस्मै बरु यस्मै राम्रो होला कि ?
Post your comment