Newsletter
Email:
Home | देश | प्रचण्ड अचानक सिंगापुर

प्रचण्ड अचानक सिंगापुर

Font size: Decrease font Enlarge font
image

आइतबार राति अचानक भ्रमण तय भएपछि कृष्णबहादुर महरासहित प्रचण्ड सिंगापुरमा

नयाँ पत्रिका

काठमाडौं, १ मंसिर

सत्तारुढ दल र सरकारलाई आफ्ना माग पूरा गराउन सातदिने अल्टिमेटम दिएको एकीकृत माओवादी अध्यक्ष प्रचण्ड 'सेड्युल' विनै सोमबार दिउँसो अचानक सिंगापुर उडेका छन् ।

प्रचण्डको विगत तीन महिनायता भएको यो चौथो विदेश भ्रमण हो । सिंगापुरमा माओवादी अध्यक्ष प्रचण्डले उपचारका लागि सिंगापुर पुगेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग समेत भेट गर्दै छन् ।

प्रचण्डको सिंगापुर भ्रमणलाई चासोका साथ हेरिएको छ । आकस्मिक रूपमा तय भएको र प्रचारमा समेत ल्याउन नखोजिएको यो भ्रमणलाई एकीकृत माओवादीले भने 'पर्सनल भिजिट' भनेको छ । 'यो त्यति महत्त्वपूर्ण भ्रमण होइन, व्यक्तिगत भ्रमण मात्र हो' सिंगापुरतर्फ उडान गर्नुको केही मिनेटपूर्व माओवादी विदेश विभागप्रमुख कृष्णबहादुर महराले नयाँ पत्रिकासँग भने, 'यो न्युज बनाउने खालको भ्रमण होइन ।'

तर, माओवादीनिकट उच्चस्रोतका अनुसार आइतबार राति अबेर मात्रै प्रचण्ड सिंगापुर जाने तय भएको थियो । उनी कहिले र्फकने भन्ने यकिन पनि गरिएको छैन । प्रचण्डले सिंगापुर उड्नुअघि आफ्नै निवासमा सोमबार बिहान पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेता महरासँग छलफल गरेका थिए । माओवादी प्रवक्ता दीनानाथ शर्माले पार्टीको पूर्वनिर्धारित योजनाअनुसार प्रचण्ड सिंगापुर गएको बताए । 'यो पर्सनल भिजिट हो, नेपाली साथीहरूले बोलाएका थिए,' प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ।

माओवादीका स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरालाई साथमा लिएर प्रचण्ड थाई एयरको टिजी ३२० विमानबाट दिउँसो दुई बजे सिंगापुरतर्फ लागेका थिए । प्रचण्ड डेढ घन्टा बैंककको ट्रान्जिट रहेर टिजी ४०१ मार्फत सिंगापुर गएका हुन् । 'गिरिजाप्रसाद कोइराला उपचारका सिलसिलामा सिंगापुरमै हुनुहुन्छ उहाँको स्वास्थ्य अवस्थाबारे भेटेर जानकारी लिने कुरा त हुने नै भयो,' प्रवक्ता शर्माले भने, 'तर उहाँलाई भेट्ने भ्रमणको मूल एजेन्डा होइन ।'

विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रया दिएका प्रचण्डले समेत सिंगापुरमा रहँदा कांग्रेस सभापति कोइरालासँग भेट गर्ने बताएका थिए । 'सिंगापुरमा गिरिजाबाबुलाई पनि भेट्छु,' सिंगापुर उड्नुपूर्व प्रचण्डले विमानस्थलमा संवाददाताहरूसँग भने ।

Subscribe to comments feed Comments (8 posted):

bijesh on 18/11/2009 02:12:33
avatar
balla desh singapore banne bho hai aba. RAW pramukh SD Muni ra RAW Ka NEpali agent le Nepal Khayo!
Thumbs Up Thumbs Down
0
nabin on 18/11/2009 00:57:44
avatar
prachanda choor singapoore jana lagya ho?
Thumbs Up Thumbs Down
0
David Niraula,USA on 17/11/2009 18:02:12
avatar
पशुपति को जात्रा,सिद्रा को ब्यापार हो यो भ्रमण को /
Thumbs Up Thumbs Down
0
durga mani khadka ots doha on 17/11/2009 14:05:04
avatar
hanku parachanda ji tapaiko bhrman le naya aym layos bhne kamana6 ra sahamati ko sarkar chadinai banos jasto lagcha have a nice tours
Thumbs Up Thumbs Down
0
pranab on 17/11/2009 11:20:09
avatar
Since last year RAW think tank S.D. Muni is based in Singapore. He has invited Prachanda in Singapore to talk with Girija and Prachanda.
Thumbs Up Thumbs Down
0
Bhim Neupane on 17/11/2009 10:25:37
avatar
PARAS LAI RAJA BANAUNE KHELAMA GIRIJA TA HOINA???YA PRACHAND KIN???SUJATA LAI PM DINALAI HO KI???LA MOJ GAR TIMIHARUKAI CHHAN DIN.PLANE EMBULENCE LIYAR WA WA GIRIJA DESAKO BIKASH TA K MOJ MA NAI CHHA NI.
Thumbs Up Thumbs Down
0
Ramesh sigdel kihun 9 tanahun on 17/11/2009 09:54:07
avatar
Neta haru bahira jane aaune ta sammanye kura ho
tara prachandako singapur bramad gayeko dekhera sattarudh dalharu aattiyeko dekhera tiniharuko daridrata prakaat bhyeko chha ra ahileko sarkaar girijako hoki makuneko chharlanga bhayeko chha
prachanda ra girija bhet hunai nahune hora yiniharuko bhetlai liyera aru eti dherai kina aattine holaan
Thumbs Up Thumbs Down
0
Kan6a Khambu khotang on 17/11/2009 08:22:26
avatar
Dekhi haliyoni 13000 nirdosh nepaliko bali chadhayara Singh durbar chhireko naya Mailako chala!Yastale kasari garchhan deshko bikash?Kohi dilli jane kohi sinapoor jane kasko paisama sayar gardaichhan yiniharu,sabailai kasai na kasaiko ashirbad ta chahine nai rahechhani!
Thumbs Up Thumbs Down
2
total: 8 | displaying: 1 - 8

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?