प्रधानमन्त्रीको स्वाइनफ्लु परीक्षण
नयाँ पत्रिका काठमाडौं, २४ कात्तिक काठमाडौं/ प्रधानमन्त्री माधवकुमार नेपालको स्वाइनफ्लु परीक्षण गरिएको छ । प्रधानमन्त्री नेपाललाई आइतबारदेखि उच्च ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, टाउको दुख्ने तथा ज्वरो घटबढ भइरहने समस्या देखिएपछि चिकित्सकले स्वाइनफ्लु परीक्षण गरेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रधानमन्त्री नेपालको स्वाइनफ्लु परीक्षण गरिएको उनका निजी चिकित्सक डा. गुप्तबहादुर श्रेष्ठले नयाँ पत्रिकालाई बताए । तर, नमुना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले उनलाई स्वाइनफ्लु नभएको डा. श्रेष्ठले स्पष्ट पारे । 'सेन्ट्रल ल्याबमा नमुना परीक्षण गरिएको थियो, रिपोर्ट नेगेटिभ आयो,' डा. श्रेष्ठले भने । भाइरल ज्वरोले प्रधानमन्त्री नेपाल अस्वस्थ भएको उनले बताए । प्रधानमन्त्री नेपालको रगत र युरिन टेस्ट हेल्पिङ हेन्ड सामुदायिक अस्पतालमा परीक्षण गरिएको थियो । 'सबै नर्मल छ, हिजो बेलुकासम्म पनि ज्वरो कम नभए वीर अस्पताल वा सहिद गंगालाल अस्पतालमा भर्ना गर्ने विषयमा छलफल गरेका थियौँ,' उनले भने । प्रधानमन्त्री नेपाललाई डा. श्रेष्ठका साथै डा. अर्जुन कार्की, डा. प्रदीप ज्ञवाली र डा. श्याम रेग्मीले स्वास्थ्य परीक्षण गरेका थिए । प्रधानमन्त्री नेपाल आफैँले स्वाइनफ्लुको आशंका नगरेको पनि डा. श्रेष्ठले बताए । 'प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा सचेत हुनैपर्यो, त्यसैले स्वाइनफ्लु पनि परीक्षण गरियो,' उनले भने । नेपाललाई एक सय पाँच डिग्री ज्वरो आएको थियो । प्रधानमन्त्रीलाई सोमबार साँझबाट ज्वरो कम भएको उनका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । 'अब त ठीक भइसक्नुभएको छ, भोलि क्याबिनेटको बैठक बोलाउनुभएको छ,' रिजालले भने ।



del.icio.us
Digg
k tapai ko matra swanflu check garni ho ya janata ko pani her bichar garnu parchha ho bhaneko rastra ko baget le tapai matra healthy huni ho wa janata pani healthy hunu parchha bichar garnu paro ni ho phari ladnu hoala ni aarko choti lai pai plate ma khani kura aaunu paro ni natra bhoko pet basnu parla hai bichar garnus la ok bye
dheli ma gayara check garne bichaar 6ena?
Post your comment