Newsletter
Email:
Home | विदेश | ओबामाको स्वास्थ्य विधेयक पारित

ओबामाको स्वास्थ्य विधेयक पारित

Font size: Decrease font Enlarge font

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति बाराक ओबामाद्वारा अघि सारिएको स्वास्थ्य विधेयक पारित गरेको छ । यो विधेयक दुई सय २० मतले पारित भएको हो । यस विधेयकका विपक्षमा दुई सय १५ मत परेका थिए ।
यस विधेयकले थप तीन करोड ३६ लाख अमेरिकीलाई स्वास्थ्य सेवाअन्तर्गत ल्याउने र ९६ प्रतिशत अमेरिकीलाई सस्तोमा स्वास्थ्यसेवा प्रदान गर्ने लक्ष्य राखेको छ । प्रतिनिधिसभाबाट पारित यो विधेयक सिनेटले आफ्नै स्वास्थ्य विधेयक पारित गरेपछि मात्र दुईटालाई मिलाएर कानुन बन्छ । 
स्वास्थ्य सुधारलाई राष्ट्रपति ओबामाले आफ्नो आन्तरिक नीति नै बनाएका छन् । प्रतिनिधिसभाबाट शनिबार स्वास्थ्यसेवा विधेयक पारित भएको घटनालाई ओबामाले ऐतिहासिक बताएका छन् र सिनेटले पनि विधेयक पास गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
स्वास्थ्यसेवा विधेयक सिनेटबाट पनि पास भएमा यसले अमेरिकीको स्वास्थ्य सेवामा ठूलो परिवर्तन गर्ने विश्लेषक बताउँछन् ।
स्वास्थ्यसेवा विधेयकलाई दुई सय १९ डेमोक्रेटिक र न्यु ओर्लिन्सका एक रिपब्लिकन सांसद जोसेफ कावले समर्थन गरेका थिए । यसैगरी यस विधेयकका विपक्षमा एक सय ७६ रिपब्लिकन र ३९ डेमोक्रेटिक सांसदले मत दिएका थिए । शनिबार विधेयकमा मतदान हुनुअघि ओबामाले कंग्रेसमा उपस्थित भएर डेमोक्रेटिक सदस्यलाई विधेयकमा मतदान गर्न पनि आग्रह गरेका थिए ।


पाकिस्तानमा पहिलो फेसन सप्ताह

कराँची/ कट्टरपन्थी अनुदारवादी मुस्लिम समाजका रूपमा परिचित पाकिस्तानमा पहिलोपल्ट फेसन सप्ताह हुने भएको छ । फेसन सप्ताह मुलुककै ठूलो महानगर कराँचीमा हुनेछ । शनिबार सकिने यस सप्ताहमा करिब ३० जना पाकिस्तानी फेसन डिजाइनर सहभागी हुनेछन् ।
फेसन प्रदर्शन कराँचीको म्यारियट होटलमा हुनेछ । राजधानी इस्लामाबादमा रहेको यसै होटलको शाखालाई पोहोर साल ट्रक-बम विस्फोट गराई ध्वस्त पारिएको थियो । फेसन सप्ताहका आयोजकले प्रायजसो आत्मघाती बम विस्फोट भइरहने मुलुकका रूपमा छवि बनेको पाकिस्तानको फरक पाटो देखाउन सफल हुने आशा गरेका छन् ।
यो समारोह सुरक्षामा चुनौती आएपछि स्थगित भएको थियो । तर, जसरी पनि समारोह सम्पन्न गराइछाड्ने आयोजकको आँटले गर्दा  फेसन सप्ताह हुन लागेको हो । पाकिस्तानका अगुवा फेसन डिजाइनर रिजवान बेगले भने, 'कैयौँ वर्षपछि पाकिस्तानमा फेसनलाई गम्भीरतापूर्वक लिइएको छ ।' बेगले अन्तर्राष्ट्रिय जेट सेटर्स तथा स्वर्गीय राजकुमारी डायनाका लागि पनि पोसाक डिजाइन गरेका थिए ।
अनुदारवादी मुसलमानबहुल पाकिस्तानको कराँचीका व्यावसायिक केन्द्रहरूमा भने महिलाहरू जिन्स र टिसर्टमा सजिएको देख्न पाइन्छ । 'दुनियाँसमक्ष पाकिस्तानको नराम्रो तस्बिर मात्रै देखाउने गरिएको छ,' उनले भने, 'तर यहाँ प्रचुर मात्रामा सिर्जनात्मकता र कलात्मकता मौजुद छ भन्ने हामी देखाउन चाहन्छौँ ।'

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?