Newsletter
Email:
Home | विचित्र विश्व | ११ वर्षकी आमा

११ वर्षकी आमा

Font size: Decrease font Enlarge font
image

कोरदेजाकी ५५ वर्षीया हजुरआमा यति कम उमेरमा आमा बन्नुलाई नराम्रो मान्दिनन् ।

उनी भन्छिन्, 'हाम्रो परम्परामा सानै उमेरमा आमा बन्नु कुनै नौलो कुरा होइन ।

बुल्गेरियाकी एक ११ वर्षीया बालिकाले बिहेको दिन छोरी जन्माएकी छिन् । बिहेको दिनमै व्यथा लागेपछि कोरदेजा जेलयाजकोभाले बच्चा जन्माएकी हुन् ।

बेहुलीको सेतो पोसाक लगाएर, मेकअप गरेर चिटिक्क परेकी कोरदेजालाई एकाएक पेट दुख्न थाल्यो, उनी उभिन नसक्ने भइन् । त्यसपछि हतार-हतार उनलाई अस्पताल कुदाइएको थियो । उनले साढे दुई केजीको स्वास्थ्य बच्चा जन्माएकी छिन् ।

'अब म खेलौनासँग खेल्दिनँ । मैले आफै नयाँ खेलौना जन्माएको छु,' भर्खरै जन्मिएकी छोरी देखाउँदै उनले भनिन्, 'आमा हुनु र सन्तान जन्माउनुको अनुभव अनौठो हुदो रहेछ ।'

'मेरी छोरी भियोलेता असाध्यै सुन्दर छिन् । म छोरीलाई असाध्यै माया गर्छु । मैले ठूलो हुनै पर्छ । म आमा भइसकेँ, अब म स्कुल जान्नँ,' कोरदेजाले भनिन् । छोरी जन्माएको रात उनी अस्पतालमा बसिन् । भोलिपल्ट उनको बिहे १९ वर्षीय जेलियाजको दिमित्रोसँग भयो ।

कोरदेजा र जेलियाजकोको भेट स्कुलको खेलमैदानमा भएको थियो । कोरदेजालाई केही केटाहरूले जिस्काइरहेका थिए । जेलियाजकोले उनलाई बदमास केटाहरूबाट जोगाएपछि यी दुई नजिकिएका थिए ।

पहिलो भेटमै कोरदेजाले नै प्रस्ताव राखेकी थिइन् । 'कोरदेजा ११ वर्षकी हुन् भन्ने मलाई थाहा नै भएन । झट्ट हेर्दा ठूलो डालकी देखिने उनी १५ वर्षकी जस्ती मलाई लाग्यो,' जेलियाजकोले भने ।

कम उमेरकी केटीसँग शारीरिक सम्बन्ध राखेको अभियोगमा जेलियाजकोलाई ६ वर्ष जेलसजाय तोकिएको छ । कोरदेजा गर्भवती भएको जानकारी पाएपछि आफू निकै डराएको जेलियाजकोले बताए । 'उनी गर्भवती भएको थाहा पाएपछि साँच्चै म निकै डराएको थिएँ,' उनले भने । 'पहिलो नजरमा नै कोरदेजासँग माया बसे पनि शारीरिक सम्पर्क राख्ने वा बच्चा जन्माउने हाम्रो कुनै योजना थिएन,' जेलियाजकोले भने, 'तर पछि के भयो भयो ?'

यता कोरदेजालाई आफ्नो शरीर भारी हुँदै जानुको कारण धेरै वर्गर खानु हो भन्ने लागेको थियो । 'तर...,' उनले भनिन्, 'मेरी हजुरआमाले तैँले पेट बोकिस् कि क्या हो भनेपछि म झस्किएकी थिएँ ।'

कोरदेजाकी ५५ वषर्ीया हजुरआमा यति कम उमेरमा आमा बन्नुलाई नराम्रो मान्दिनन् । 'हाम्रो परम्परामा सानै उमेरमा आमा बन्नु कुनै नौलो कुरा होइन । म कोरदेजा सानै उमेरमा आमा बनोस् भन्ने चाहन्थँे,' कोरदेजाकी हजुरआमा दिदा भन्छिन् ।

बुल्गेरियामा १४ वर्षभन्दा मुनिका केटीसँग यौनसम्बन्ध राख्नु गैरकानुनी मानिन्छ ।

-एजेन्सी

Subscribe to comments feed Comments (11 posted):

ashok on 28/12/2009 20:25:35
avatar
oh ... very fast?tra j vya pane bacha ramro nai ry6
Thumbs Up Thumbs Down
0
samyok on 25/11/2009 06:06:56
avatar
if under 14 yrs having sex that comes agaist law and what is the hell this 11 yrs girl give birth baby bull shit.
Thumbs Up Thumbs Down
0
Saroj Paudel on 22/11/2009 02:58:23
avatar
Naya Patrika le bollywood tatha naya aabiskar bare jankari de ramro huntheyo
Thumbs Up Thumbs Down
0
P on 11/11/2009 11:05:16
avatar
Sarala jee, u r rite. Can we meet for the try (like this)?
Thumbs Up Thumbs Down
0
ramesh paneru on 09/11/2009 05:52:24
avatar
यो सन्सार अचम्मको छ भन्थे हो र छ । रमेश
Thumbs Up Thumbs Down
0
Bikash on 09/11/2009 04:18:30
avatar
I Love u sarala.i'm agree with u.
Thumbs Up Thumbs Down
0
Yalung on 08/11/2009 20:30:22
avatar
i am agree with sarala
Thumbs Up Thumbs Down
0
Sujan on 08/11/2009 15:12:39
avatar
o ho aaba swinphlu jastai yo pani chadai nai aaula ani huda huda petmabai bachha pani aama banla haena ta
Thumbs Up Thumbs Down
0
Pradip on 08/11/2009 11:50:44
avatar
Sarala ji,
Tapai le sahi nai bhannu bayo.
Yestai ho life!
Thumbs Up Thumbs Down
0
sarala on 08/11/2009 09:39:46
avatar
bela ko bali baisha ko chhora,yo ukhan thikai ho,taina tui ko kanun usko pati lai k ko jail ma halnu paryo,usko biprit sex garera ama banako ho ra?
Thumbs Up Thumbs Down
2
sanjay on 08/11/2009 07:36:19
avatar
oh?
how fast ????
Thumbs Up Thumbs Down
0
total: 11 | displaying: 1 - 11

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?