समयमै संविधान नआए 'भयानक आँधी’
'संविधान बनाउन छाडेर कोणसभा गर्दै हिँड्ने ?'
'संविधान बनाउन छाडेर कोणसभा गर्दै हिँड्ने ?'
नयाँ पत्रिका काभ्रे, १९ कात्तिक एमाले नेता केपी शर्मा ओलीले समयमै संविधान निर्माण नभए 'भयानक आँधी' आउने चेतावनी दिएका छन् । 'भयानक आँधी' कस्तो हुन्छ भन्नेचाहिँ उनले खुलाएनन् । नेता ओलीले माओवादीले आन्दोलनको नाममा निहुँ खोजिरहेको आरोपसमेत लगाए । अरू दलले समर्थन नगरेपछि नागरिक सर्वोच्चतालाई निहुँ बनाएर सत्ताका लागि माओवादीले आन्दोलन गरेको उनको आरोप थियो । बाहिर सडकमा उफ्रँ
दै हिँड्नुभन्दा संसद्मा बहुमत पुर्याएर आफ्नो सरकार बनाउन नेता ओलीले माओवादीलाई सुझाब दिए । 'कुनै पनि दलले समर्थन नगरेपछि माओवादी आन्दोलनको बहानामा सरकारमा जान निहुँ खोजिरहेको छ,' अनेरास्ववियु बागमती अञ्चल कमिटीको मुखपत्र बिहीबार बनेपामा सार्वजनिक समारोहमा नेता ओलीले भने, 'सक्छौ भने ६ सय एकमा बहुमत पुर्याएर सरकार बनाए हुन्छ, माधव नेपालले अवरोध गर्दैनन् ।' माओवादीले आन्दोलन, नागरिक सर्वोच्चता तथा राष्ट्रपतिको कदमलगायतका कुरा गर्दै संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको नेता ओलीले आरोप लगाए । उनले भने, 'संविधान बनाउन छाडेर माओवादी कोणसभा गरिरहेको छ, यो संविधान बनाउन र राज्यको पुनर्संरचना हुन नदिने षड्यन्त्र हो ।'
राष्ट्रपतिले कुनै कदम नचालेको स्पष्ट पार्दै नेता ओलीले सहयात्री दलको कुरा नमानेर माओवादीले बलजफ्ती गरेको बताए । 'सरकारमा बसेर माओवादी आफैँले असंवैधानिक काम गरेको थियो,' ओलीको भनाइ थियो, 'राष्ट्रपतिले उसको अनैतिक र अराजनीतिक कामलाई रोकिदिएका मात्रै हुन् ।' संविधान बनाउने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने समय धेरै बाँकी नरहेकाले आफूले दलहरूलाई एकैठाउँमा ल्याएर सहमतिका लागि छलफल सुरु गर्न पहल गरेको पनि नेता ओलीले बताए । माओवादीलाई एक्ल्याउने अन्य दलको कुनै योजना नरहेको स्पष्ट पार्दै उनले भने, 'हामीले माओवादीलाई एक्ल्याउने प्रयास गरेको छैन, ऊ आफैँ हाम्रा कार्यकर्ता कुटेर, हिंसाजन्य काम गरेर एक्लिने प्रयास गरिरहेको छ ।'



del.icio.us
Digg
Shankarbp2003@yahoo
now in dubai
Jutta ko mala launa farkadai chu yaspali
kp oli bidhya bhandari k k ho thah chha , ????????????
yo ta chor ho , chor ho ,chor ho ,fata ho
next chunab ma hernu hola yemaleko 5 sit aayo vane malai j gareni hunchha
MAWOISTLE AAPNO GHAMANDA DEKHAUNU BAHEK KEHI
YESTO GAREKO HO TARA HAMI ABA CHUP LAGNE 6AINAU.MAWOISTLE GARNA KHOJEKO K HO BHANE SABAILAI MARNE RA AAPNO SARAKAR BANAUNE TARA YO HUNAI SAKTAINA.
'संविधान बनाउन छाडेर माओवादी कोणसभा गरिरहेको छ, यो संविधान बनाउन र राज्यको पुनर्संरचना हुन नदिने षड्यन्त्र हो ।' YO PANI SACHO HO.
राजाराम श्रेष्ठ
काठ. १६
lal salam....
Post your comment