माओवादी सेना नै.....
माओवादी सेना नै भिडन्तमा आए पनि सामना गर्ने क्षमता राज्यसँग छ
शकर पोखरेल
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री
माओवादी आन्दोलनमा गइसक्यो, सरकारले के गर्छ ?
यसलाई तीन प्रक्रियामा हेर्नुपर्छ, एउटा आन्दोलनका बीचमा पनि संवाद जारी राख्ने र सहमतिमा ल्याउने कोसिस जारी राख्नुपर्छ । त्यो प्रक्रिया चलिराखेकै छ । नेपालको राजनीतिमा द्वन्द्वका बीचमा पनि संवाद र सहमति प्राप्त गर्ने कोसिस हुने गर्या छ, अन्तिममा त्यसले सफलता पनि पाउँदै आएको छ । दोस्रो, माओवादीले अहिले आन्दोलनका नाममा जेजस्ता प्रकृतिका कार्यक्रम अगाडि सारेका छन् ती विस्तृत शान्तिसम्झौता र संविधानसभाको भावनाविपरीत छन् । त्यस अर्थमा त्यसको राजनीतिक प्रतिवाद गर्नेखालको कुरा सरकारका तर्फबाट र सरकारमा सहभागी राजनीतिक दलहरूका तर्फबाट भइराखेकै छ । र, त्यसले माओवादीका अनुचित माग र कार्यक्रमलाई प्रतिवाद गर्न सहयोग पुर्याउँछ । तेस्रो, प्रशासनिक रूपमा शान्तिसुरक्षा, अमनचयन कायम गर्न प्रयास गर्ने कुरा हो । त्यसका लागि सरकारले आफ्नो आन्तरिक तयारी गरेको छ । आन्दोलन शान्तिपूर्ण दायराबाट बाहिर गएको अवस्थामा सरकारले स्वाभाविक रूपमा प्रशासनिक प्रक्रियाबाट समाधान गर्ने कोसिस गर्छ ।
मतलब सरकार मुठभेडका लागि पनि तयार छ ?
मुठभेड त दुर्भाग्य हुन्छ । त्यसलाई रोक्नका लागि कोसिस हो, तर यो सरकारको हातको मात्रै कुरा होइन । किनकि माओवादीले आफ्ना स्वेच्छाचारी सोचहरूलाई बलप्रयोग वा शक्तिप्र्रदर्शनद्वारा लाद्न खोजियो भने त्यो मान्य हुँदैन । सहमति- सम्झौता भनेको परस्परमा हुने कुरा हो । एउटा पक्षले अर्काे पक्षलाई बलात् लाद्ने कुरा होइन । अहिले उसले जे गरिरहेको छ, त्यो आफ्ना कुरा अरूमाथि लाद्ने कोसिस हो । त्यो सम्झौता र सहमतिको राजनीतिभन्दा बाहिरको कुरा हो । त्यस्तो कुरा सरकार र सरकारमा रहेका राजनीतिक दललाई कुनै पनि अर्थमा स्वीकार्य छैन ।
सहमतिको कोसिस गर्नुभएको थियो भने बाधाचाहिँ केले पुर्यायो ?
माओवादीमा रहेका उग्रवामपन्थी सोच र चिन्तन नै मुख्य बाधा हुन् । अहिलेको राजनीतिक गतिरोधका जन्मदाता राष्ट्रपति हुन् भन्ने माओवादीलाई लागिराखेको होला । तर, सत्य त्यो होइन । राष्ट्रपतिको कदम त प्रधानसेनापति प्रकरणसँग जोडिएको कुरा हो । प्रधानसेनापति प्रकरणको जन्मदाता त एकीकृत माओवादी नै हो । शान्तिप्रक्रिया जारी रहेका बखत शान्तिप्रक्रियाको एउटा 'कम्पोनेन्ट' नेपाली सेनाको प्रमुखलाई चलाउने कुरा विश्वव्यापी मान्यताका हिसाबले पनि गलत थियो । त्यो शान्तिसम्झौताविपरीत थियो जसलाई हाम्रो अन्तरिम संविधानले पनि रोकेको थियो । नेपाली सेनाको लोकतान्त्रीकरणका सम्बन्धमा अगाडि सारिने नीति- कार्यक्रमहरू राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइनेछ भनी स्पष्ट रूपमा संविधानमा किटान गरिएको छ । माओवादीले संविधानको त्यो भावनालाई पूरै लत्याएर आफ्नो दलीय सोच र आग्रहका आधारमा प्रधानसेनापतिलाई कारबाही चलाउने काम गरे, जुन कुरामा राजनीतिक दलहरूका बीचमा असहमति रह्यो नै, सरकारमा रहेका दलहरूले पनि गम्भीर आपत्ति जनाएका थिए । एकल रूपमा माओवादीले निर्णय गरेको जगजाहेरै छ । त्यस्तो स्थितिमा सरकारले गरेको सेनासम्बन्धी निर्णय राष्ट्रपतिमार्फत कार्यान्वयन गर्ने संविधानको पाँचौं संशोधनमार्फत स्पष्ट उल्लेख छ । तर, उनीहरूले राष्ट्रपतिकोमा नपठाई सीधै सेनाप्रमुखलाई प्रधानमन्त्री निवासमा बोलाएर अवकाश दिने र नियुक्ति गर्ने काम गरे । त्यो संविधानको ठाडो उल्लंघन थियो । संविधान उल्लंघन भएर मुलुक संकटमा जान थालेका बेलामा १८ राजनीतिक दलहरूले त्यसलाई रोक्न राष्ट्रपतिलाई अनुरोध गरे । राष्ट्रपतिले संविधान संरक्षकका नाताले सरकारलाई सचेत पार्दै सरकारले अर्काे निर्णय नगरेसम्मका लागि त्यो निर्णय कार्यान्वयन नगर्नका लागि सेनालाई अनुरोध गर्नु'भो ।
त्यो त विमतिको कुरा भयो, त्यसपछि सहमतिको प्रयास किन असफल भयो ?
त्यही कुरा त गर्दै छु । तत्कालीन प्रधानमन्त्रीका गैरसंवैधानिक कुरा बिर्सेर राष्ट्रपतिलाई मात्रै लाञ्छित गर्ने कोसिस भइराखेको छ, त्यो भर्खर जन्मेको गणतन्त्रलाई कमजोर पार्ने काम हो किनकि राजतन्त्रको विकल्पमा राष्ट्रपति जन्मेको हो र राष्ट्रपतिलाई कमजोर पार्नु भनेको फेरि दक्षिणपन्थी शक्तिहरूलाई मलजल गर्ने काम हो, लोकतन्त्र कमजोर पार्नु हो । त्यो कुरा सरकार र २२ दललाई स्वीकार्य छैन ।
संसदीय सर्वाेच्चतालाई मान्ने भन्नुहुन्छ तपाइर्ंहरू, तर राष्ट्रपतिको कदममा संसद्मा छलफलै चलाउन मिल्दैन भन्नुहुन्छ, सहमतिको बाधक यो अडान पनि त होला ?
यो विषयमा संसद्मा छलफलै भएन भनेर प्रचार चलाइएको छ, त्यो गलत हो । वर्तमान सरकार गठनको प्रक्रियामै संसद्मा पुष्पकमल दाहालले राष्ट्रपतिको आलोचना गरेर एक घन्टा आफ्नो भाषणै संसद्मा गर्नु'भो । त्यसपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिनुभएको थियो । त्यो छलफल भएन र ? राष्ट्रपतिको कदमका विषयमा संसद्मा अनेक कोणबाट अनेकन नेताहरूले राष्ट्रपतिको विषयमा आफ्ना कुरा राख्न पाएका छन् ।
त्यसो भए आन्दोलन जति चर्के पनि राष्ट्रपतिको विषयमा सम्झौता गर्न सरकार तयार छैन ?
राष्ट्रपतिको कदमका विषयमा होइन, प्रधानसेनापति प्रकरणका विषयमा भन्नुपर्छ किनकि जे विषयबाट समस्या आरम्भ भएको छ, त्यसको विषयमा छलफल आरम्भ गर्ने हो भने सहमति सम्भव छ । राष्ट्रपतिलाई मात्रै लाञ्छित गर्ने विषयमा सहमति हुन सम्भव छैन । सहमतिको अर्काे पनि बाटो छ- दुवैले आफ्नो कमजोरी स्वीकार गर्ने । माओवादीले सेनापति प्रकरणमा भएको आफ्नो कमजोरी स्वीकार गर्ने र १८ दलले पनि यो प्रकरणबाट माओवादीले सत्ता कब्जा गर्छ कि स्वाभाविक रूपमा त्यसलाई रोक्न कदम अगाडि बढाएको भन्न सक्छन् र समीक्षा हुन सक्छ । तर, माओवादीको स्वेच्छाचारी कदमचाहिँ औचित्यपूर्ण थियो भन्ने र त्यसलाई रोक्न चालेको कदमचाहिँ गलत भयो भन्ने कुरा २२ दललाई स्वीकार्य छैन । दुवैका कुरालाई समीक्षा गरी साझा संकल्प प्रस्ताव बनाउने सहमति पनि भएको थियो । जसको मस्यौदा पनि भयो, माओवादी वार्ता टोलीका सदस्यहरूले त्यसमा सहमत पनि भए, जब माओवादीले पार्टीमा लगेर त्यसलाई पारित गराउन सकेनन् । त्यसपछि संकट उत्पन्न भयो । अर्काे पनि विकल्प थियो, दुवैका अडानमा सहमति हुन नसकेपछि प्रधानसेनापति र राष्ट्रपति दुवै विषयका अडानहरूलाई सम्मान गरेर जान सकिन्थ्यो । तर, मेरो कुरा मान्, त्यही हो सहमति भन्ने कुरा हुँदैन ।
संविधान निर्माण र शान्तिप्रक्रियालाई सुनिश्चित गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गराँै भन्ने माओवादीको मागमा सरकारले छलफलै गर्न चाहेन भन्ने माओओवादीको भनाइ छ नि ?
त्यो झन् अर्काे प्रकारको सोच भयो । सरकारले भनेको छ, यही सरकारलाई राष्ट्रिय स्वरूप प्रदान गरौँ, माओवादी सरकारमा सामेल होस्, हामीले भनिरहेकै छौँ ।
संविधानसभाको ठूलो पार्टीले न राष्ट्रपति पाएको छ, न प्रधानमन्त्री पाएको छ, न संविधानसभाको अध्यक्ष नै । संवैधानिक समितिमा सभापतिसमेत तपाईंहरूले दिनुभएन, भने पछि माओवादीलाई एक्लाउन प्रयास भएको हो भन्ने देखियो नि, होइन र ?
त्यसका पछाडिको अन्तर्य पनि माओवादी नै हो नि, यसलाई भुल्नुहुँदैन । संविधानसभाको चुनावपछि कांग्रेस-एमालेले ठूलो दलको हैसियतमा सहमतिको प्रस्ताव राख्ने जिम्मेवारी माओवादीलाई दिएका थिए । संविधानसभाको प्रतिनिधित्वका आधारमा पहिलो हक माओवादीकै हुन्थ्यो । नेचुरल प्रोसेसमा उसले कार्यकारी प्रधानमन्त्री, दोस्रो दल कांग्रेसले राष्ट्रपति र तेस्रो दल हामीले संविधानसभाको अध्यक्ष पाउन सक्थ्यौँ । तर, माओवादीले त्यसो गरेन । माओवादीचाहिँ जितुवा पार्टी, अरू सबै हरूवा, हरूवासँग मिलेर जान सकिँदैन भन्ने एक्लै अगाडि बढ्ने अहंकार देखायो । तर, एमालेले आफैंले पहल गरीकन माओवादी नेतृत्वमा सरकार गठनका लागि सघायो, एमालेको प्रयास कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने थियो । माओवादीले कांग्रेसलाई सरकारमा सामेल गर्ने लचकता देखाएन । सहकार्यको संस्कृति उसले मानेन । संसदीय प्रणाली मान्दैनाँै भन्ने, तर संसदीय प्रणालीको परम्परागत मान्यताअन्तर्गत सरकार प्रधानमन्त्रीअन्तर्गत हुन्छ प्रधानमन्त्रीले जे चाह्यो, त्यही हुन्छ भन्ने सिद्धान्तलाई स्थापित गर्ने कोसिस गर्यो । त्यही शैलीले सेनापति-प्रकरणको जन्म गरायो । माओवादीले अरूलाई माइनस गर्दा आफ्नो अनुपस्थिति व्यहोर्नुपरेको हो । त्यसको जिम्मेवारी हामीले लिन सक्दैनौँ ।
प्रसंग आन्दोलनतिरै लगौँ, माओवादी त यो प्राविधिक बहुमत देखाएर बसेको सरकार सडक-आन्दोलनको जनदबाब थेग्न नसकेर ढल्छ भन्छ नि त, जनदबाबलाई थेग्ने सामथ्र्य सरकारसँग छ कि छैन ?
जनदबाबलाई मात्र होइन, माओवादीले आफ्ना सेनालाई सार्वजनिक रूपमा भिडन्तमा ल्याए भने पनि सामना गर्ने क्षमता राज्यसँग छ । क्षमता छ कि छैन भनेर सरकारलाई माओवादीले जिस्क्याउने र उत्तेजित पार्ने काम नगरोस् ।
स्वायत्त गणराज्य घोषणा र नाकाबन्दीजस्ता कार्यक्रमको कसरी सामना गर्छ सरकारले ?
मैले अघि नै भनँे- तीन प्रक्रिया छन् यसका । पहिले वार्ताबाट यसमाथि गम्भीर रूपमा आपत्ति जनाउँछौँ, राजधानीमा केही गर्छ कि भन्ने अपेक्षासाथ भोट दिएका जनतालाई नाकाबन्दीबाट संकटमा पार्ने कोसिसको प्रतिवाद जनताले गर्छन् । अर्काेतर्फ उनीहरूले संविधानसभाको औचित्यलाई नै समाप्त पार्नेगरी स्वायत्त राज्य घोषणा गरेका छन् हामीले त्यसको राजनीतिक प्रतिवाद सुरु गरिसकेका छौँ । हिजो मात्रै धनकुटामा जनसरकार घोषणा गरेको कुरा सुनेँ, यदि त्यो सत्य हो भने माओवादी शान्तिप्रक्रियाबाट बाहिर गए भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ । शान्तिप्रक्रियाको औचित्य समाप्त हुन्छ । माओवादी शान्तिप्रक्रियाबाट बाहिर गए सरकारले एउटा निर्णय गर्नुपर्छ । समानान्तर सरकारलाई उसले अनुमति दिन सक्दैन ।
सरकारले निषेधित क्षेत्र मानेको सिंहदरबारमै समेत प्रदर्शन हुने पक्का भइसक्यो, सरकार के गर्दै छ ?
निषेधित क्षेत्रमा जान पाइँदैन तर कस्तो अवस्थामा बलप्रयोग गर्ने/नगर्ने भन्नेचाहिँ सरकारले मूल्यांकनमा गर्छ । कानुन अवज्ञा भयो भन्नेबित्तिकै बलै प्रयोग गर्नुपर्छ भन्ने छैन, त्यसपछि राजनीतिक प्रतिवाद हुन सक्छ । बलप्रयोग त अन्तिम कडी हो । सकेसम्म बलप्रयोगलाई संयममा राखेरै अगाडि बढ्छ । तर, राज्यमाथि सवार हुने अधिकार विद्रोहीहरूलाई हुँदैन र हुन दिइनेछैन ।
तपाईं सडक-आन्दोलनको सामना गर्ने कुरा गर्नुहुन्छ, तर सरकार बजेट पास गर्नसमेत सकेको छैन, सरकार त अप्ठ्यारोमै छ नि होइन र ?
नेपालको शान्तिप्रक्रियाको एउटा पक्ष भएको माओवादीलाई अलग गरेर किन अगाडि बढाँै भन्ने प्रतीक्षाको परिणाम मात्रै हो । बजेट पारित नगर्नुका पछि अर्काे कुनै अन्तर्य छैन । सरकारसँग बहुमत नभएर होइन, बहुमत छ, जुनसुकैबेला पनि बजेट पारित गर्ने क्षमता छ । तर, शान्तिप्रक्रिया जारी रहेको बखत माओवादीलाई माइनस गरेर अगाडि बढ्दा अप्ठ्यारो पर्छ भन्ने बुझाइका आधारमा र चार महिनासम्म खर्च चलाउन सकिने ठाउँ पनि थियो, त्यस आधारमा हामीले प्रतीक्षा गरेका हौँ । अब प्रतीक्षा गरिँदैन, राज्य खर्चविहीन हुन सक्दैन ।



del.icio.us
Digg
Post spoiled this guy.
chha jasto lagcha kathaputali haruko.
Natra kasari samana garcha janta marna
kosish bhayo bhane M pani banduk boker
DUBAI bata Nepal paschu sarkar sit ladai
garna.
surya
UK Oxford
timi haru ko bau ko sampati ho ra nepal you bastered neta
sano tholo ko party ko kura hoina nation ko kura ho, tapai haru lai videsh tira jada laz lagdaina , malai yota indian le ford club ma ham ne nepal ma tumara pm vij diya he bhano so malai dherai dukha lagyo mitra. samaya mai soche sabai ramro huncha .
kalpitkhatri@ymail.com
समान्अतर सरकार बनए पछि यो सरकार को हावा फुस्कन्छ
teti bel jab gyanedar shahi ko sarkar ka sen sang ta ladi sakeko maoist lai feri tapai chayalenj gardai hunu hun6 aba ta maoist sang 38/persant janta sathai nagrik samj dekhi des kai bodijibee haru maoist ko pasha ma dekhin6 tes ma pani unisef ka chif wankee mun ko barm bar nepal ka netta harule bara bude samjhutta lai madayma banayer agee badne shala dirahekai bela tapai ra tapai ko sarka ko racha mantirlai kaso ko adesh ma feri desh ma girhuoddh nimtyaune jasta baktabe nikalnu hun6. yaha lai samjhan rahosh sankar gee Nepali janta le ekdin tapai jasta patt murkh netta lai kali moshow daler ratnpark ghumaulana
sarkar ma ta janu vho des ra janta lai euta rajnitk nikash ka sang sangai bikash ko kam garnu ko sato giruddh nimatayaune mahabani boldai hunuhn6 tapai ka mahabani lai jantale mulyankan gariraheka chan. dhanyabad shankar harwa mantir ko cherwa dauo vhaneko yehi huo.
1.girijaa prasad koirala.
2.madhav kumar nepal.
3.K.P. oli.
bartamaan sakaar bhanaudo aparaadhi gut kaa sabai sadasya haru.
Post your comment