कोइराला-प्रचण्ड वार्ता
काठमाडौं/ राजनीतिक गतिरोध अन्त्यका लागि सहमति जुटाउन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच सोमबार गोप्य भेटघाट भएको छ । कांग्रेस सभापति कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट कोइरालानिवास महाराजगन्जमा भेट भएको थियो । भेटमा कांग्रेस सभापति कोइरालाले चार शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्रमार्फत राजनीतिक निकास खोज्न र आन्दोलनका कार्यक्रम फिर्ता लिन माओवादी अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए । उच्चस्तीय संयन्त्रमा कांग्रेस सभापति कोइराला, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपाल रहने कोइरालाले प्रस्ताव गरेको बताइएको छ । भेटमा कोइरालाले माओवादीद्वारा घोषित आन्दोलन रोक्न प्रचण्डलाई आग्रह गरेका थिए भने प्रचण्डले आफ्नो पार्टीले उठाएका राजनीतिक मुद्दालाई सम्बोधन गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । भेट संसद्मा देखिएको गतिरोध अन्त्यगरी बजेट पारित गर्नमा केन्दि्रत रहेको बताइए पनि यसबारे औपचारिक जानकारी दुवै पक्षबाट दिइएको छैन ।



del.icio.us
Digg
Post your comment