Newsletter
Email:
Home | देश | मानवअधिकार आयोगको माग

मानवअधिकार आयोगको माग

Font size: Decrease font Enlarge font

काठमाडौं/ विश्व खाद्य कार्यक्रमले बाँडेको खाद्यान्न गुणस्तरीय भए/नभएको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ । आयोगले सुदूर तथा मध्यपश्चिमका जिल्लामा फैलिएको झाडापखालाका कारण विश्व खाद्य कार्यक्रमले बाँडेको न्यून गुणस्तरको खाद्यान्न भए/नभएको यकिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न सिफरिस गरेको छ ।

चार सयजनाको मृत्यु र ६४ हजारभन्दा बढी प्रभावित बनाएको सो महामारीको कारण पत्ता लगाउन र दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न आयोगले सिफरिस गरेको हो । समितिमा स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, गुण नियन्त्रण विभाग तथा आयोगका प्रतिनिधि सहभागी गराउन पनि आयोगले माग गरेको छ ।

महामारी अनुगमन गरेको आयोगका तीन उच्चस्तरीय टोलीको प्रतिवेदन बुधबार राजधानीमा सार्वजनिक गर्दै आयोग अध्यक्ष केदारनाथ उपाध्यायले अव्यवस्था, लापरबाही, जवाफदेहीताको कमीले जाजरकोटलगायत सुदूर तथा मध्यपश्चिमका जिल्लामा फैलिएको झाडापखालाबाट ठूलो जनधनको क्षति भएको बताए ।

'विपत्ति परिसकेपछि त्यसलाई नियन्त्रण गर्ने राष्ट्रिय संयन्त्र पनि भएन, कमजोर व्यवस्थापन, लापरबाही र जवाफदेहीताविहीनताले ठूलो क्षति भयो,' उपाध्यायले भने । तर, आयोगले विश्व खाद्य कार्यक्रमकै खाद्यान्नबाट झाडापखाला फैलिएको प्रमाण फेला नपरेको पनि स्पष्ट पारेको छ ।

आयोगले भैरहवा भन्सार कार्यालयबाट खाद्यवस्तु पैठारी गर्दा फरक-फरक मापदण्ड पाइएको र कानुनसम्मत नभएको भन्दै त्यसको छानबिन गर्न आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?