लोकसेवालाई सरकारको चुनौती
निजामती कर्मचारी अस्पतालमा कर्मचारी नियुक्त गर्न सामान्य प्रशासन मन्त्रालयसमेतको सिफारिसमा लोकसेवा आयोगले गरेको निर्णय मन्त्रिपरिषद्द्वारा स्थगित
नयाँ पत्रिका काठमाडौं, १० कात्तिक लोकसेवा आयोगले गरेको निर्णयलाई मन्त्रिपरिषद्ले चुनौती दिएको छ । सामान्य प्रशासन मन्त्रालयसमेतको समन्वयमा लोकसेवाले गरेको निर्णय स्थगित गर्न मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि निजामती कर्मचारी अस्पतालका कर्मचारीको नियुुक्ति अवरुद्ध भएको छ । निजामती कर्मचारी अस्पतालको कर्मचारी नियुक्त गर्न सामान्य प्रशासन मन्त्रालयलगायतको सिफारिसका आधारमा लोकसेवा आयोगले परीक्षा लिएर नतिजासमेत प्रकाशित गरेको थियो । तर, सरकारका गठबन्धन दलहरूबीच भागबन्डा नमिलेपछि मन्त्रिपरिषद्ले निर्णय नै गरेर लोकसेवाको निर्णय स्थगित गराएको छ । लोकसेवाले विशेषज्ञ चिकित्सक सहित ७५ जना कर्मचारी नियुक्तिका लागि मन्त्रालयसँग स्वीकृति लिई प्रक्रिया अघि बढाएको थियो । तर, मन्त्रिपरिषद्को १० भदौको निर्णयले कर्मचारी नियुक्ति तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको अस्पतालका निर्देशक डा. विमल थापाले जानकारी दिए । लोकसेवाका प्रतिनिधि सम्मिलित समितिले १० जना कर्मचारीको लिखित परीक्षा र अन्तर्वार्ता लिई नामसमेत प्रकाशित गरेको थियो । तर, छनोट भएका कर्मचारीको नामावलीमा मन्त्रालयबाट सिफारिस गरिएका व्यक्तिहरू नपरेको भन्दै नियुक्ति रोक्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । अस्पतालका निर्देशक थापाले पनि कर्मचारी नियुक्ति गर्दा अनियमितता भएको भए सरकारले छानबिन गर्नसक्ने बताए । 'हामीले इमानपूर्वक काम गरेका छौँ, त्यसमा कसैको मान्छे परेन भन्दैमा प्रक्रिया नै अवरुद्ध गर्नु भएन,' थापाले भने । कर्मचारी पदपूर्ति समितिमा बसेका लोकसेवा आयोगका पूर्वउपसचिव शंकर पाठकले पनि लोकसेवा आयोगकै प्रक्रियाअनुसार कर्मचारी छनोट गरिएको बताए । 'निष्पक्ष हिसाबले कर्मचारी छनोट गरेका छौँ, शंका लागे छानबिन गरे हुन्छ,' पाठकले चुनौती दिए । विवाद भएपछि सामान्य प्रशासन मन्त्रालयले छनोट भएका कर्मचारीको नियुक्ति-प्रक्रिया तिहारअघि खोलिदिने बताएको थियो । तर, सामान्य प्रशासनमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव सबै एकैचोटि विदेश-भ्रमणमा गएकाले नियुक्ति हुन नसकेको निर्देशक थापाले बताए । मन्त्री तथा सचिव फर्केपछि प्रक्रिया सुरु हुने उनको आशा छ । चीन सरकारले निर्माण गरिदिएको सो अस्पताल युरोपेली मापदण्डको छ । गत वर्ष भौतिक पूर्वाधार सम्पन्न भएपछि चीन सरकारले अस्पताल नेपाललाई हस्तान्तरण गरेको थियो । भौतिक पूर्वाधार तयार भए पनि जनशक्ति तयार नभएकाले अस्पताल कहिले सुरु हुने भन्नेमा सरकारले निर्णय गरेको थिएन । तर, माधवकुमार नेपालले प्रधानमन्त्रीको शपथ खाएकै भोलिपल्ट उक्त अस्पतालको उद्घाटनको तयारी गर्न निर्देशन दिएका थिए । 'तयारी केही थिएन, तर गणतन्त्र दिवसका अवसरमा अस्पताल उद्घाटन गर्नुपर्छ भनेर तीन दिनअघि मात्र तयारी गर्न मन्त्रालयबाट निर्देशन आएको हो,' निर्देशक थापाले भने । चीन सरकारबाट अस्पताल हस्तान्तरण भएपछि गत वर्ष १६ चैतबाट आउटडोर, फार्मेसी र ल्याब सेवा सञ्चालन गरिएको थियो । प्रधानमन्त्री नेपालले गणतन्त्र दिवसका दिन उद्घाटन गरे पनि हालसम्म थप सेवा सञ्चालनमा आएका छैनन् भने कर्मचारीसमेत नियुक्त हुनसकेका छैनन् । चीनले बनाइदिएको यति ठूलो अस्पतालमा बिरामी भर्ना हुनसक्ने अवस्था पनि छैन । अस्पतालमा अहिले २० जना विशेषज्ञ चिकित्सकसहित ५० जना कर्मचारी कार्यरत छन् । तर, अस्पतालको सेवा नै सुरु नभएकाले चिकित्सकले समेत काम नपाएको निर्देशक थापाको भनाइ छ । 'केही गरौँ जनतालाई सेवा दिउ"m भन्ने उत्साह बोकेर आएका विशेषज्ञ चिकित्सक निराश हुन थालेका छन्,' उनले भने ।



del.icio.us
Digg
political leader huna lai ni loksewa le exam linu parcha ani bancha NEPAL.otherwise jasle jati khayo tyo bhanda badi pachayo.bullshit government.
The party system has failed in Nepal. Gyane was better than these corrupt thugs.
Kasto news ho yo. hospital kun thaun ma baneko ho ke naam ho kun district ma cha kehi chaina.khaali vadkaune news lekhne.yesto pani news huncha.yo reader lai misleading gareko vayena ra vanaya. Please complete and maitain standard in your news in the future.Thank you
kalpitkhatri@ymail.com
Post your comment