Newsletter
Email:
Home | कभरस्टोरी | समुदायमा फैलियो स्वाइनफ्लु

समुदायमा फैलियो स्वाइनफ्लु

Font size: Decrease font Enlarge font
image

समुदायमा स्वाइनफ्लु फैलिएपछि स्वास्थ्य मन्त्रालयले रणनीति परिवर्तन गर्ने भएको छ

नयाँ पत्रिका

काठमाडौं, २९ असोज

विश्वव्यापी महामारी स्वाइनफ्लु नेपालमा पनि समुदायस्तरमा फैलिन थालेको छ । काठमाडौं र चितवनमा थप आठजना नयाँ स्वाइनफ्लु संक्रमित फेलापरेका छन् । यससँगै नेपालमा यसबाट प्रभावितको संख्या ४४ पुगेको छ ।

सरकारले नयाँ फेलापरेका बिरामीको प्रत्यक्ष सम्पर्क अन्य रोगीसँग नभएको र उनीहरूले रोगप्रभावित क्षेत्रको भ्रमणसमेत नगरेको अवस्थामा संक्रमण समुदायस्तरमा फैलिएको ठहर गरेको छ । संक्रमितमध्ये कसैको पनि मृत्यु भने भएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार सबै बिरामी उपचारपछि निको भएर घर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयले स्वाइनफ्लु समुदायमा भए/नभएको अवस्था बुझ्न राजधानीका प्रमुख चार अस्पतालबाट इन्फ्लुएन्जाजस्तो लक्षण देखिएका बिरामीहरूबाट नमुना संकलन गरेको थियो । शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र कान्ति बाल अस्पतालमा पेन्डामिक इन्फ्लुएन्जा एएच-वान एन-वान-२००९ को जस्तो लक्षण देखिएपछि उपचार गराउन आएका ४२ जना रोगीको नमुना संकलन गरिएको स्वास्थ्यसचिव डा. सुधा शर्माले जानकारी दिइन् । ती नमुनामध्ये तीनजनामा स्वाइनफ्लुका जीवाणु पाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वाइनफ्लुका जीवाणु भेटिएका तीनैजना स्वाइनफ्लुका रोगीसँग सम्पर्कमा नरहेको तथा रोग प्रभावित क्षेत्रको भ्रमण पनि नगरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चितवनमा फैलिएको उच्च ज्वरोको प्रकोपका बिरामीमध्ये तीनजनामा स्वाइनफ्लुको जीवाणु फेलापरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतिवेदन दिएको छ । सोबाहेक काठमाडौंका थप दुईजनामा पनि स्वाइनफ्लुको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

समुदायमा स्वाइनफ्लुको संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालयले सो रोग नियन्त्रणका लागि अपनाउँदै आएको रणनीति परिवर्तन गर्ने भएको छ ।

Subscribe to comments feed Comments (10 posted):

on 17/10/2009 04:20:19
avatar
Teso vai 2012 vanda agadi nai janu parne vayo hoina ta
Thumbs Up Thumbs Down
0
rraju on 16/10/2009 11:27:24
avatar
health minister le pani yo news padhos!!!!!!!!
Thumbs Up Thumbs Down
0
avatar
If it is so then all Nepalese should be aware of such comminication diesease,May be its begin in the Nepal which inter from the China,Try to imform from TV N Radio News too.
Mohang084@hotmail.com
Thumbs Up Thumbs Down
0
govinda adhikari on 16/10/2009 09:52:20
avatar
Swine flu nepalma ayeko sabailai thaha nai hola.tapai haru le mask prayog garnu hosh. Paisa ko Note haatle samatepachi tyo haat naak ma touch nagarnu hola.Paisa ko madhyamle yasko virus chito sarcha anya sabailai.Tehi vayera Paisa diye pachi ra liye pachi afno haat ramro sangale safa garnu hola.
Thumbs Up Thumbs Down
0
yamu kaucha magar on 16/10/2009 09:27:29
avatar
be carefull neplai people
Thumbs Up Thumbs Down
0
prabinpal on 16/10/2009 07:37:49
avatar
**** machikne
haru j paye tehi lekhhe mukh ma hau
Thumbs Up Thumbs Down
0
surya on 16/10/2009 06:41:00
avatar
lau aba marini bhaiyo baaaaaaaaa
Thumbs Up Thumbs Down
0
Subodh on 16/10/2009 05:26:35
avatar
Yesto galat samachar chaapera samaj ma traas failaune lai karbahi hunu parchha.Nepal ma ahile samma Swine Flu samudaima failiyeko chaina..
Thumbs Up Thumbs Down
-1
pravat on 16/10/2009 05:09:16
avatar
Epidemology ke herera baseko chha?
Thumbs Up Thumbs Down
0
laxman Khanal on 16/10/2009 04:37:53
avatar
nepal sarkarle belaima dhyan puraosa, jhadapakhalale ta dharai manchhe mare bhane swinflew samajma failiyo bhane kati marlan. health center lai chanakho banaunu parne bela bhayako chha.
Thumbs Up Thumbs Down
1
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?