Newsletter
Email:
Home | दृष्टिकोण | मानसिक स्वास्थ्यप्रति बेवास्ता किन ?

मानसिक स्वास्थ्यप्रति बेवास्ता किन ?

Font size: Decrease font Enlarge font
image

अक्टोबर १० -असोज २४) विश्वभरि नै मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । यस वर्ष विश्व स्वास्थ्य संगठनको नारा हो ः 'प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य ः मानसिक स्वास्थ्योपचारमा वृद्धि र प्रवर्द्धन ' दिवसको उद्देश्य हो ः उपभोक्ता, परिवार, सेवाप्रदायक व्यक्ति तथा संस्था, मानसिक स्वास्थ्यसम्बन्धी वकालत गर्नेहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सूचनाको पहुँच पुर्‍याउनु, जनचेतना जगाउनु । यस दिवसले मानसिक स्वास्थ्यसेवालाई प्राथमिक स्वास्थ्य हेरचाह प्रणालीमा मानसिक रोगी र तिनका परिवारलाई मात्र होइन, स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति र संस्थालाई पनि समावेश गर्ने अवसर र चुनौती दुवै सामना गर्दै छ । यसले प्राथमिक स्वास्थ्य सेवामार्फत सबैलाई मानसिक स्वास्थ्यसेवा उपलब्ध गराई यस रोग जटिल हुनबाट रोकथाम गर्ने उद्देश्य लिएको छ ।

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार स्वास्थ्य भनेको रोग नलाग्नु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्णताको अवस्था पनि हो । व्यक्तिले आफ्नो क्षमतालाई महसुस गर्न सक्ने, जीवनमा आउने तनाबलाई सामान्य ढंगले व्यवस्थापन गर्न सक्ने, उत्पादनशील र फलदायी कार्य गर्न सक्ने तथा समाजमा केही योगदान दिन सक्षम हुने जीवनको अवस्था नै मानसिक स्वास्थ्य हो । अमेरिकन साइकोलोजी एसोसिएसनका एक संस्थापक आइज्याक रेकाअनुसार मनको शक्ति, गुण वा विकासलाई घटाउने वा नाश गर्ने घटना र तनावबाट बचाउने कला नै मानसिक स्वास्थ्य हो ।

मानसिक स्वास्थ्य विश्वकै गम्भीर समस्या हो । विश्वका ४५ करोड मानिस मानसिक रूपले अस्वस्थ छन्, तीमध्ये आधाभन्दा थोरैले मात्र आवश्यक सहयोग पाउँछन् । विश्वमा १५.४ करोडमा मानिसमा डिप्रेसन, २.५ करोडमा स्किजोप|mेनिया, ९.१ करोडमा मादकपदार्थको दुव्र्यसन, १.५ करोडमा लागूपदार्थको दुव्र्यसनको समस्या छ । र, ५ करोड मानिस छारेरोग र २.४ करोड मानिस अल्जामाइरबाट ग्रस्त छन्, ८.८ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्छन् । विश्वमा बर्सेनि अर्बांै डलर मानसिक स्वास्थ्यकै लागि बजेट छुट्याइन्छ ।

एक अध्ययनअनुसार नेपालको २५-३० पतिशत जनसंख्यामा एक वा एकभन्दा बढी मानसिक समस्या छ । मानसिक रोगलाई अझै पनि पूर्वजन्मको फल वा सरापको रूपमा लिइन्छ । मानसिक रोगीलाई पागलको रूपमा हेर्ने गरिन्छ । तर, पागलपन थोरैलाई मात्र हुने कडा मानसिक रोग हो । यो रोग पनि उचित उपचार पाएमा निको हुन्छ । र, पनि यस्ता रोगीलाई विभेदको दृष्टिले हेरिन्छ । जसरी मुटुरोगीले म मुटुरोगी हुँ भन्न सक्छ, तर मानसिक रोगीले त्यसो भन्ने स्थिति छैन । अतः सामाजिक भेदभावकै डरले यस्ता रोगी उपचार गराउनै हिच्किचाउँछन् ।

मानसिक स्वास्थ्य स्थिति नाजुक रहेको नेपालमा लामो सशस्त्र द्वन्द्वका कारण मनोसामाजिक समस्या चुनौतीकै रूपमा रहेको छ । न्यून सामाजिक-आर्थिक स्तर, बढ्दो जीवनशैली परिवर्तन, व्याप्त अन्धविश्वास, अस्थिर राजनीतिक, अशिक्षा, चेतनाको कमी, सरकारको मानसिक स्वास्थ्यमा उदासीनता, न्यून मानसिक स्वास्थ्यसेवा सुविधाको कारणले मानसिक रोगीको संख्या बढ्दै छ ।

सन् १९९६ मा मानसिक स्वास्थ्यसम्बन्धी नीति बने पनि कार्यान्वयनको अभावमा ९० प्रतिशतभन्दा बढी मानसिक रोगी उचित सेवाबाट वञ्चित छन् । न्यूनतम मानसिक स्वास्थ्यसेवालाई हरेकको पहुँचमा पुर्‍याउने, मानसिक स्वास्थ्यको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्ने, मानसिक रोगीको आधारभूत मानवअधिकार सुरक्षित गर्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना वृद्धि गर्ने नीति छ, जुन सरकारी उदासीनताकै कारण लागू भएको छैन । स्वास्थ्य क्षेत्रमा छुट्टयाइएको कुल बजेटको ०.२ प्रतिशतभन्दा थोरै मात्र मानसिक स्वास्थ्यमा खर्चिने गरिन्छ । यसले पनि मानसिक स्वास्थ्यप्रतिको बेवास्तालाई देखाउँछ ।

नेपालमा एक लाख जनसंख्याका लागि ०.१३ जना मनोचिकित्सक, ०.०६ जना अन्य चिकित्सक, ०.२७ जना नर्स, ०.०२ जना मनोविज्ञ, ०.१ जना अन्य स्वास्थ्यकर्मी उपलब्ध छ । देशका जम्मा १८ अस्पतालमा मात्र मानसिक स्वास्थ्यको बहिरंग सेवा छ भने एउटा मात्रै मानसिक अस्पताल छ । यस्तो न्यूनताले मानसिक स्वास्थ्य सबैको पहुँचभन्दा टाढा रहेको देखाउँछ ।

त्रिवि शिक्षण अस्पतालको मानसिक रोगको बहिरंग सेवामा महिनामा करिब सात/आठ सय बिरामी आउने गर्छन् । २००९ जनवरीमा अध्ययन गर्दा तिनीहरूमा बढी मात्रामा एनजाइटी डिसअर्डर र मुड डिसअर्डर पाइयो, त्यसपछि लागूपदार्थ र मादकपदार्थ दुव्र्यसनसँगै स्किजोप|mेनिया पाइयो । तिनमा २१ देखि ४० वर्षसम्मका धेरै थिए, अविवाहितभन्दा विवाहित बढी थिए ।

मानसिक अस्वस्थताबाट रोगी मात्र होइन परिवार, समाज र देश नै प्रभावित हुन्छ । यसले व्यक्तिको गुणात्मक जीवन, उत्पादनशीलता, सिर्जनशीलतामा कमी ल्याउँछ । यसले अन्तर-वैयक्तिक सम्बन्धमा प्रभाव पार्ने भएकाले सामाजिक सम्बन्धमै समस्या ल्याउँछ । अतः मानसिक स्वास्थ्यमा पनि अन्य स्वास्थ्यसरह सेवा, सुविधा र पहुँच पुर्‍याउनुपर्छ । तब मात्र मानसिक स्वास्थ्यको उपचारमा वृद्धि र प्रवर्द्धन गर्न सकिन्छ ।

(महर्जन अन्वेषण मनोविज्ञान नेपालसँग  सम्बद्ध छन्)

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?