Newsletter
Email:
Home | देश | त्रिविमा घटे गैरप्राविधिक विद्यार्थी

त्रिविमा घटे गैरप्राविधिक विद्यार्थी

Font size: Decrease font Enlarge font

नयाँ पत्रिका

काठमाडौं, २० असोज

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पछिल्ला वर्षमा गैरप्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी संख्या घट्दै गएको छ । प्राविधिक विषयमा आकर्षण बढे पनि सीमित कोटाका कारण पढ्न चाहने ५/७ प्रतिशतले मात्र अवसर पाउने गरेका छन् ।

चार वर्षअघि त्रिविमा गैरप्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको वृद्धिदर करिब १३ दशमलब ७५ प्रतिशत थियो । यस वर्ष सो वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको पाइएको छ । ०६५/६६ मा गैरप्राविधिक विषय लिने विद्यार्थीको वृद्धिदर एकबाट माइनसमा उक्लिएको छ । त्रिविका आंगिक क्याम्पसमा जम्मा एक लाख ७२ हजार तीन सय ७५ विद्यार्थीमध्ये गैरप्राविधिकमा एक लाख ४६ हजार चार सय ९७ र प्राविधिकमा २५ हजार आठ सय ७८ अध्ययनरत छन् । त्रिवि योजना महाशाखाका अनुसार अहिले गैरप्राविधिक विद्यार्थीको वृद्धिदर माइनस १ दशमलब १५ छ भने प्राविधिकतर्फ विद्यार्थीको वृद्धिदर नौ दशमलब ५६ प्रतिशत रहेको छ ।

०६२/०६३ मा गैरप्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको १३ दशमलब ७५ र प्राविधिक विषयतर्फको आठ दशमलब ४० वृद्धिदर थियो । त्यसयता गैरप्राविधिक अध्ययनको वृद्धिदर निरन्तर घट्दो छ ।

योजना महाशाखा प्रमुख प्रह्लाद पन्तले त्रिविमा टेक्निकल विषयमा विद्यार्थी आकर्षण निकै बढे पनि कोटा सीमित रहेकाले भर्ना लिन नसकिएको बताए । 'त्रिविको टेक्निकल क्षेत्र धेरै राम्रो छ, महाशाखा प्रमुख पन्तले नयाँ पत्रिकासँग भने, 'त्रिविमा टेक्निकल विषयमा भर्ना हुन पाएसम्म विद्यार्थी अन्त जाँदैनन् ।'

गैरप्राविधिक विषय पढाइ हुने त्रिविका आंगिक क्याम्पसमा धेरै बन्दहडताल बढी हुने भएकाले धेरै विद्यार्थीले निजी कलेज रोज्न थालेको पन्तको भनाइ छ । 'गैरप्राविधिक विषयमा जथाभावी भर्ना हुन्छ, पढाइ कम हुन्छ,' पन्तले भने, 'टेक्निकल विषयमा सीमित कोटा हुन्छ, पढाइ पनि राम्रो हुन्छ ।'

यस वर्ष स्नातकमा इन्जिनियरिङको साढे तीन सयको कोटामा ६ हजार चार सय विद्यार्थीले आवेदन दिएको पन्तले जानकारी दिए । यो संख्याको साढे पाँच प्रतिशतले मात्र पढ्ने अवसर पाउँछन् । त्रिविबाट प्रमाणपत्र तह हटेपछि टेक्निकल विषयमा कोटा बढाउन पूर्वाधार तयार गर्ने योजना रहेको पन्तले जानकारी दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?