Newsletter
Email:
Home | कभरस्टोरी | संसदमा साझा संकल्प प्रस्तावको तयारी

संसदमा साझा संकल्प प्रस्तावको तयारी

Font size: Decrease font Enlarge font

 

काठमाडौं, १५ असोज/ अन्तरिम संविधानमा संशोधन गरी राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिको क्षेत्राधिकार विषयमा थप व्याख्या गर्न प्रमुख तीन दल सहमत भएका छन् । सहमतिको मस्यौदा तय गर्ने जिम्मेवारी एमालेले पाएको छ भने त्यसमाथि छलफल शुक्रबार हुने भएको छ ।

राष्ट्रपतिको अधिकार क्षेत्रबारे संविधानमा थप व्याख्या गरेर गतिरोध टुंग्याउन तीनै दल सहमत भएको एमाले नेता केशव बडालले बताए । 'पार्टीहरूका आफ्ना कुरा त हुन्छन् तर, मुलुकको समस्यालाई साझा संकल्प बनाएर नागरिक सर्वाेच्चताप्रति दलहरू प्रतिबद्ध छन्,' बैठकमा सहभागी नेता बडालले भने, 'आगामी दिनमा राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिको अधिकार क्षेत्रबारे अझै स्पष्ट पार्न संविधान संशोधन पनि गर्न सकिन्छ ।'

दलहरूबीचको प्रारम्भिक सहमतिअनुसार राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिको क्षेत्राधिकार निश्चित गर्न अन्तरिम संविधानमा संशोधन गरिनेछ । यसका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका तर्फबाट संसद्मा नागरिक सर्वाेच्चताको साझा संकल्प प्रस्ताव प्रस्तुत हुने भएको छ ।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा जम्मा भएका प्रमुख सत्तारुढ एमाले-कांग्रेस र प्रतिपक्षी माओवादी नेताहरू राष्ट्रपतिलाई विवादमा नलैजाने तर नागरिक सर्वाेच्चताप्रति थप स्पष्ट प्रतिबद्धतासहितको साझा संकल्प तयार गर्न सहमत भएका हुन् । तीन दलको बैठकले साझा संकल्प प्रस्तावको भाषा तयार गर्ने जिम्मेवारी एमालेलाई दिएको छ ।

शुक्रबार पुनः तीनदलीय बैठक बसी साझा संकल्प प्रस्तावका मस्यौदालाई अन्तिम रूप दिने सहमति भएको छ । शुक्रबार पुनः तीन दलका कार्यदलबीच संयुक्त बैठक बसी नागरिक सर्वाेच्चतालाई सम्बोधन गर्ने साझा मस्यौदालाई अन्तिम रूप दिइने एमाले नेता केशव बडालले बताए । 'भोलि हाम्रोतर्फबाट तीन दलको बैठकमा साझा संकल्प प्रस्तावको ड्राफ्ट प्रस्तुत भएपछि साझा प्रस्ताव तयार हुन्छ,' बडालले नयाँ पत्रिकासँग भने ।

तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने माओवादी सरकारको निर्णय बदर गर्ने राष्ट्रपति डा. रामवरण यादवको कदमले नागरिक सर्वाेच्चता हनन् भएको बताउँदै माओवादीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई कालो झन्डा देखाउँदै आएको छ । माओवादीले राष्ट्रपतिको कमदमाथि संसद्मा प्रस्तुत संकल्प प्रस्तावमाथि छलफल गर्न माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।

तीन दलको बैठकमा संसद् र संविधान निर्माणको गतिरोध समाप्त गरी दलीय सहकार्यलाई पुनर्जीवित गर्ने विषयमा छलफल भए पनि सरकारको विषयमा भने कुनै छलफल नभएको एमाले नेता बडालले बताए । 'सरकारको विषय बैठकमा उठेको पनि छैन र जरुरी पनि छैन, संविधान निर्माणमा देखिएको गतिरोध हटाउनु अहिलेको प्राथमिकता हो,' उनले भने ।

स्रोतका अनुसार तीन दलहरूबीच भएको सहमतिबारे छलफल गर्न माओवादीले शुक्रबार पार्टी स्थायी समितिको बैठक डाकेको छ । माओवादी स्थायी समिति बैठकपछि साँझ पुनः तीन दलको बैठक बस्ने उनीहरूले बताएका छन् । यसअघि बिहीबारै माओवादी र एमाले प्रतिनिधिहरूबीच साझा संकल्प प्रस्तावबारे द्विपक्षीय सहमति गरेका थिए ।

बुधबार कांग्रेस एमालेबीच साझा संकल्प प्रस्ताव तयार गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति भएको थियो । बिहीबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटघाट भएको थियो भने माओवादी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे भारतीय राजदूत राकेश सुदसँग पनि छलफल गरेका थिए ।

Subscribe to comments feed Comments (2 posted):

Gambhir Singh Air on 04/10/2009 02:10:27
avatar
नेपाली जनताको जन जिबिकाको सवालमा राजनीति गर्न छोडेर जुङाको लडाईं लडेर आखिर कस्लाई फाईदा भयो? के नेपाली कांग्रेसले सत्ता पायो? कि माओवादीले भनेको जस्तो नागरिक सर्बोच्चता कायम भयो त? तर देशलाई कती महिना अनिर्णयको बन्दी बनाइयो? एसबाट फाईदा कस्लाई भयो ?नेपाली जनताले के पाए? आखिर यसरी सम्झौता गर्नु नै थियो भने नेपाली कांग्रेस ले पहिले नै किन नमाने को? यो देश प्रती को कती जिम्मेवार छ ? यिनै ब्यवहाँर बाट थाहा भाईहाल्छ। यो देशका जनता प्रती कुनै पार्ति पनि जिम्मेवार भएको जस्तो देखिएन । ए मा ले द्वोइध चरित्रको छ उस्ले कहिले पनि ठोस् निर्णय गर्न सक्दै सक्दैन, माओवादी मात्रै होइन नेपाली कांग्रेस पनि मेरो गोरुको बह्रै टक्का भनेर जुङाको लडाईं लडेर देशलाई नै खल्दोमा हाल्न खोज्छन ।
अहिले आएर जुन निर्णय गरियो स्वागत योग्य छ तर त्यो समयमै किन गरिएन र यसरी ८-८ महिना सम्म देशलाई किन अन्योउलतामा राखियो भन्ने मुल प्रश्न हो ।
जसरी सहमतिमा एसपली राजनीतिक पार्टिहरु आएका छन एस्ले फेरी देशले गती पाउछ कि भन्ने आस जागेको छ । ढिलो भए पनि राम्रो भएको छ तर आउँदा दिनहरुमा यदी यस्तै पारीणामका लागि यसरी देशलाई अन्योलतामा नलगियोस भन्ने आग्रह गर्दछु ।
गम्भिर सिंह एअर, धनगढी, हाल: अमेरिका
Thumbs Up Thumbs Down
0
sanjeev adhikari pokhara on 02/10/2009 04:54:13
avatar
aakhir hissa budi hariya data nai hunu thiyo bhane kin muluklai anirdayako bandi banayau maobadi le
kam garda sunya bata suru garer 100 ma pugnupare ho tar maobadi sadai 100 bata suru gar6 ani sunyama gayar tungin6
aba feri kunai bahanama muluk lai anirdayako bandi banaune r janata lai sasti dine kam nagar maobadi ho khabardar
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?