Newsletter
Email:
Home | सप्तरंग | बिहे गर्न पाएनन् गरिब जापानीले

बिहे गर्न पाएनन् गरिब जापानीले

Font size: Decrease font Enlarge font
image

आर्थिक अवस्था कमजोर भएका २० लाख २८ हजार जापानी महिलाले बूढीकन्या रहनुपर्नेछ । गरिब पुरुषको अवस्था पनि उस्तै छ ।

विगत केही वर्षयता जापानी अर्थशास्त्रीहरू जनताको जीवनस्तरमा विस्तार हँुदै गरेको खाडलका बारे बहसमा उत्रिएका छन् । सापियो नामक अर्धसाप्ताहिकको ३० सेप्टेम्बरको अंकमा अर्थशास्त्री ताकासी कादोकुराले हुनेखाने वर्ग र गरिब वर्गको यौनजीवनको बीचमा देखिएको अन्तरले उनीहरूको जीवनमा कसरी असर पारेको छ भन्ने छलफल गरेका छन् ।

कादोकुराले पाँच सय दुईजना एकल महिलासँग जोडी मिलान गर्ने इन्टरनेट साइट म्याच डट कमले गरेको सर्वेक्षणलाई उद्धृत गर्दै छलफल सुरु गरेका छन् । सो सर्वेक्षणमा ४६ प्रतिशत उत्तरदाताले कम्तीमा वाषिर्क ४० लाख येन कमाउने जोडीको अपेक्षा राखेका थिए ।

आय तथा जनसंख्या तथ्यांकहरू भने यी महिलाका अपेक्षासँग मेल खाँदैनन् । २००७ मा आन्तरिक मामला तथा सञ्चार मन्त्रालयले ज्यालादारी कामदारसम्बन्धी गरेको एक सर्वेक्षणका अनुसार १० लाख ५८ हजार जापानीले मात्रै वाषिर्क ४० लाख येनभन्दा बढी कमाउने गरेका छन् । २००५ को तथ्यांकले २५ देखि ३४ वर्षसम्मका अविवाहित महिलाहरूको संख्या ३० लाख ८७ हजार रहेको देखाएको छ । यी तथ्यांकको मूल्यलाई गणना गरेर कादोकुराले ४० लाख येन वाषिर्क आम्दानी यदि अत्यावश्यक सर्त हो भने पूरा संख्याको ६० प्रतिशतभन्दा अलिकति मात्रै कम अर्थात् २० लाख २८ हजार महिला बूढीकन्या रहनेछन् या त तिनले यस अपि्रय सत्यसँग सम्झौता गर्नुपर्नेछ भन्ने निष्कर्ष निकालेका छन् ।

२००५ मा जनसंख्या तथा सामाजिक सुरक्षासम्बन्धी नेसनल इन्स्िटच्युटले गरेको एक राष्ट्रव्यापी सर्वेक्षणले ३० देखि ३४ वर्षबीचका सरदर चारजनामा एकजना पुरुषले यौनसंसर्ग नगरीकनै जीवन बिताएको देखाएको छ । एकातिर भर्खरका १३ देखि १९ वर्षको उमेरका केटाकेटीले झन्झन् छिटो यौनसंसर्ग गर्छन्, किनभने यस उमेर समूहका केटाकेटीहरूमा हर्मोनले गर्दा आर्थिक मामलामा एकदमै बढी जोड दिइन्छ । आर्थिक हैसियत कमजोर हुने वयस्क बूढा कुमारहरू गरिब कामदारको श्रेणीमा पर्छन् । उनीहरूको न विवाह गर्ने सामथ्र्य हुन्छ, न उनीहरू आफ्नो यौन आवश्यकता पूरा गर्नका लागि खर्च गर्न सक्छन् ।

कादुकोरा स्वयंले इन्टरनेटबाट तीनजना एकल पुरुषको सर्वेक्षण गर्दा के पाए भने ७३ प्रतिशत कम आय भएका -प्रतिवर्ष २० लाख येनभन्दा कम) कुनै पनि पुरुष डेटिङमा गएका थिएनन् भने ८५.५ प्रतिशतले कहिल्यै पनि व्यापारिक यौनबजारमा नगएको बताएका थिए ।

प्रतिवर्ष नौदेखि १२ लाख येन आय भएका ३३.३ प्रतिशत पुरुष थिए । यसले के बताउँछ भने निम्नआय भएकाहरू आर्थिक भर्‍याङको तल्लो खुड्किलोमै अल्झेका हुनाले केटी साथी वा विवाहका लागि जोडी खोज्ने काम तिनका लागि निकै कठिन छ । उता उच्च आम्दानी हुनेहरूको लीला बडो अपरम्पार देखिन्छ । धेरै उच्चता हासिल गर्नेहरूसँग बिहेका लागि चाहिने सबैथोक हुन्छ । तर, ती आफ्ना काममै बढी रुमल्लिएका हुन्छन् । उनीहरूसँग यौनसुखका लागि चाहिने सबथोक हुन्छ, तर थिल्थिलो र शिथिल शरीर लिएर काममै जोतिइराख्ने हुनाले उनीहरूसमेत यौनसुखबाट वञ्चित हुन्छन् ।

कम आयवाला परिवारका लागि डिजेपीको नवनिर्वाचित सरकारले 'कोदोमो टिट' नामक प्रस्ताव अघि सारेको छ । यसले निम्न आयवालाका सन्तानलाई सहुलियत दिनेछ । यहाँनिर अर्थतन्त्रको मात्रै कुरा होइन, पुरुष र महिलाको जीवन्त सम्बन्धको कुरा आउँछ । तर, कादोकुराले निष्कर्ष निकालेका छन्- यो सेक्स ग्यापलाई अझ बिग्रन नदिने हो भने बढ्दै गएको आयको अन्तरलाई कम गर्नु आवश्यक छ । यसका लागि सम्भवतः ज्याला नियन्त्रण वा काममा बाँडफाँडजस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ।

जापान टुडेको सहयोगमा

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?