जनताका मनको कुरा बोल्ने नेता
नेपालमा संघर्षपूर्ण गाथा बोकेका थोरै नेतामध्ये गणेशमान सिंह एक हुनुहुन्छ । परिवारका सबै सदस्य तत्कालीन राणाहरूसँग निकट हुँदा-हुँदै पनि उहाँले परिवारसँग विद्रोह गर्नुभयो र राणाशासनविरुद्ध खडा हुनुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले हामीलाई जनताको मुक्तिका लागि लड्न प्रेरित गरिरहनुभयो । नेपाली इतिहासमै संघर्षपूर्ण गाथा बोक्नुभएका उहाँसँग मेरो रगतको नाता छ । उहाँ मेरा बुबा हुनुहुन्थ्यो । सबै नेपालीसँग बुबा (गणेशमान)को भावनात्मक र स्वतन्त्र आन्दोलनको नाता गाँसिएको छ । विसं १९९७ देखि २०४६ सम्मलाई फर्केर हेर्दा बुबाले प्रजातान्त्रिक पद्धति र जनताको मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो । तत्कालीन राणा शासनको अन्त्यसँगै सबै नेपालीलाई रैतीबाट नागरिक बनाउन बुबाले पुर्याउनुभएको योगदान साह्रै महत्त्वपूर्ण छ । जनताको स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध कुनै पनि शक्तिसँंग बुबाले कहिल्यै सम्झौता गर्नुभएन, न झुक्नुभयो । राणा शासनविरुद्ध लागेका कारण उहाँलाई विसं १९९७ सालमा तत्कालीन सरकारले गिरफ्तार गरी कठोर याताना दिएको थियो । राणाशासनको वेला पनि उहाँ(गणेशमान सिंह) को बाजे वडाकाजी रत्नमान, गुञ्जमान सिंहलगायत सबै परिवारको राणाहरूसँग निकै राम्रो सम्बन्ध थियो । जनताको छोरा त्यतिवेला सबैभन्दा माथि हुने भनेको बडाकाजी हो । बडाकाजीकै नाति हुनुहुन्थ्यो गणेशमान । राणाहरूले आफ्ना बाबु-बाजेलाई दिएको सम्मान पनि उहाँलाई मन परेन र परिवारसँग समेत विद्रोह गर्नुभयो । जनताको पक्षमा सारा जीवन लगाउने अठोट गर्नुभयो । उहाँलाई त्यतिवेला नपुग्दो केही थिएन । सायद राणाहरूको गुनगान गाएर बसेका भए उहाँलाई पनि बाजेहरूलाई जस्तै सम्मान मिल्थ्यो । तर सान, मान, आराम सबै छोडेर उहाँ आफ्नो सिद्धान्त र निष्ठाका लागि राणाहरूका विरुद्ध लाग्नुभयो ।
१९९७ मा नै जेल पर्नुभएका उहाँ २००१ सालमा भद्रगोल (केन्द्रीय) कारगारबाट पर्खाल नाघी भाग्नुभएको थियो । केन्द्रीय कारागारको दुई-दुईवटा पर्खाल नाघेर जेल तोड्नु चानचुने कुरा थिएन । वर्षांको योजनापछि उहाँ जेल तोड्न सफल भएको हामीलाई सुनाउने गर्नुहुन्थ्यो । तत्कालीन सरकारले वर्षको एकपटक लगाउन दिएको धोती संकलन गरेर त्यसको सहारामा जेल तोडेको हामीले सुनेका थियौंँ । जेल बस्नुभन्दा निर्वासमा बसेर राणाविरुद्ध संगठन गर्नसके राणाशासनविरुद्ध लड्न सजिलो हुन्छ भन्ने उहाँ -गणेशमान सिंह) को बुझाइ थियो ।
विसं २००१ सालमा जेलका दुई पर्खाल नाघेर भाग्न सफल भएपछि उहाँ सीधै बनारसमा बिपी कोइराला भएको ठाउँमा जानुभयो । बुबाले कोइरालासँग मिलेर बनारसमै नेपाल राष्ट्रिय कांग्रेस गठन गर्नुभयो । फेरि केही समयपछि प्रजातान्त्रिक कांग्रेससँग मिलेर नेपाली कांग्रेस गठन गर्नुभयो । दुई कांग्रेसको एकीकरणपछि २००७ सालको क्रान्तिको नेतृत्व गर्यो नेपाली कांग्रेसले ।
उहाँ हामीलाई सधैं राजनीतिक 'फ्रिडम'विना मानव विकास सम्भव छैन भन्नुहुन्थ्यो । त्यही विश्वासले उहाँ (त्रिभुवन, महेन्द्र र वीरेन्द्र) तीनजना राजाहरूसँग लड्नुभयो । त्यसैको परिणति हो २०४६ को जनआन्दोलन । यसले जनतालाई पूर्ण रूपमा स्वतन्त्र बनायो ।
२००७ सालको परिवर्तनपछि बिपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा समेत उहाँ (गणेशमान सिंह) मन्त्री भइसक्नुभएको थियो । उहाँ एउटै प्रतिबद्धतामा निरन्तर निडर हिँडिरहने व्यक्ति हो । ६० वर्षे लामो राजनीतिक यात्रामा उहाँले १५ वर्षभन्दा बढी समय त जेलमै बिताउनुभएको थियो । त्यति नै समय उहाँले निर्वासित जीवन बिताउनुभयो ।
जनताको छोरो । त्यो पनि राणाहरूकै संगतमा हुर्केको मान्छे शासकको विरुद्धमा लाग्नु चानचुने कुरा थिएन । राणाहरू कतिपय मान्छेलाई आन्दोलनमा लागेको भन्दै बयानसमेत लिन्थे रे । त्यसको कति पनि पर्वाह नगरी उहाँ प्रजातन्त्र र जनताको मुक्तिका लागि सधैं लड्नुभयो । राणाहरूको अगाडि कोही पनि टाउको उठाएर बोल्न सक्ने अवस्था थिएन रे त्यसवेला । अहिलेजस्तो कहाँ हो र ? त्यसवेला राणाहरूलाई 'तिमी' भन्ने हिम्मत कसैको थिएन रे । त्यस्तो वेला पनि उहाँ राणाहरूलाई 'तिमी' भनेर सम्बोधन गर्नुहुन्थ्यो रे । जसका कारण राणाहरूले उहाँलाई सयाँं कोर्रा बर्साएका थिए रे ।
राणाहरूले सिंहदरबारभित्र भारदारहाई समेत राखेर कोर्रा हान्थे भनी बुबा हामीलाई सुनाउनुहुन्थ्यो । राणाहरूले उहाँलाई पनि झुन्ड्याउने निर्णय गरेका थिए । २००७ सालको क्रान्तिले उहाँ बाँच्न सफल हुनुभयो ।
पञ्चायत शासनमा पनि उहाँलाई राज्यविरुद्धको अपराधमा मुद्दा लगाइएको थियो । ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट बिपी कोइराला, उहाँ (गणेशमान सिंह) स्वदेश र्फकंदा उहाँमाथि आधा दर्जन ज्यानमुद्दा लागेका थिए । तर पनि उहाँहरू त्यसको वास्ता नगरी स्वदेश फिर्नुभएको थियो । दक्षिण एसियामा अस्थिरताको हावा बगेको वेला प्रजातन्त्रवादी र राष्ट्रवादी एकै ठाउँमा रहनुपर्छ भनेर देश र्फकनुभएको थियो उहाँहरू ।
२०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ सालमा त जनआन्दोलन नै भयो । २०४६ मा उहाँकै आह्वान र नेेतृत्वमा राजाविरोधी शक्तिलाई एकत्रित गर्ने काम भयो । कम्युनिस्टहरूलाई पनि कांग्रेसकै छातामुनि ल्याएर २०४६ सालको जनआन्दोलन सफल भएको हो ।
कांग्रेसभित्र पनि आन्दोलनको पृष्ठभूमि उहाँले नै बनाउनुभएको हो । कांग्रेसले जनआन्दोलन गर्ने भएपछि चिरा-चिरामा बाँडिएका कम्युनिस्टहरूलाई उहाँले नै बोलाएर 'तपाईंहरू एउटा मोर्चा बनाउनूस्' भन्नुभएको थियो । यसो गर्दा कोसँग, कतिजनासँग मोर्चा बनाउने भन्ने समस्या भएपछि साहना प्रधानको नेतृत्वमा वाममोर्चाको गठन भएको हो ।
२०४६ सालको जनआन्दोलनको सफलतापछि सहिद मञ्चमा आयोजना भएको सभामा उहाँले 'राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुरक्षित गर्न अब आर्थिक-क्रान्तिको बाटो समाउनुपर्छ' भन्नुभएको थियो । उहाँले त्यसवेला पनि नेपाल बहुभाषी बहुजातीय मुलुक भएकाले सबैमा सन्तुलन कायम गर्नुपर्छ भन्नुभएको थियो । अहिले समावेशको मुद्दा निकै उठेको छ, यो त गणेशमान सिंहले २०४६ सालको राजनीतिक परिवर्तनको लगत्तै उठाउनुभएको थियो । अधिकारबाट वञ्चित गरिएका वर्गलाई स्थान दिनुपर्छ भन्नुभएको थियो । त्यसवेला पनि त्यो पूर्ण हुन सकेन । परिणमा २०६२/०६३ मा अर्को आन्दोलन आवश्यक भयो । उहाँले कांग्रेसको सरकार हुँदा पनि पटक-पटक सन्तुलन कायम गरेर जान भन्नुभएकै हो ।
जुन पार्टी (नेपाली कांग्रेस) उहाँले जन्माउनुभयो, त्यसैमा रहेर लामो समयसम्म संघर्ष गर्नुभयो । उहाँले संघर्षकै वेला जेलबाट भागेर बनारस जाने क्रममा दाजर्लिङमा जेल तोडेको कथा पटक-पटक सुनाएरसमेत आन्दोलनका लागि रकम उठाउनुभएको थियो । उहाँ घटनालाई टुक्राटुक्रा बनाएर रोचक ठाउँमा पुर्याई फेरि अर्को दिन त्यसैलाई निरन्तरता दिनुहुन्थ्यो रे । त्यसरी जेल तोडेको कथा सुनाएर उठेको रकम सबै बिपी कोइरालालाई बुझाउनुभएको थियो ।
उहाँको भाषण सुन्न मानिस त्यतिवेला पनि निकै उत्सुक हुन्थे । भाषण गर्दा उहाँ उखान टुक्काहरू जोडेर निकै रोचकसँग गर्नुहुन्थ्यो । सबैलाई हसाउँदै राजनीति सन्देश दिन सक्ने क्षमता उहाँमा थियो । घन्टांैसम्म पनि भाषण गर्नुहुन्थ्यो गणेशमान । सायद, नेपालको इतिहासमै भद्रगोल जेल तोडेर भाग्ने उहाँ पहिलो नेता हो । जेल तोडेर फरार भएपछि तत्कालीन सरकारले उहाँको नाममा गोरखापत्रमा 'वान्टेड' जारी गरेको थियो । जीवित वा मृत अवस्थामा फेला पार्नेलाई पुरस्कार दिने घोषणा पनि थियो सरकारको । गणेशमान त्यहाँबाट भागेपछि उहाँको सम्झनामा भागेको ठाउँमा टावर थपेको छ । जेलर र त्यहाँका स्नानीय बासिन्दा त्यस टावरलाई गणेश बुर्जा भन्दारहेछन् । जेल तोडेर भाग्नु निकै कठिन काम हो । त्यसका लागि तयारी पनि निकै गर्नुपर्यो रे । उहाँ हुक बनाएर जेलबाट बाहिरिनुभएको थियो ।
उहाँले आफ्नो जीउधन सबै लगाएर जन्माएको पार्टी हो नेपाली कांग्रेस । नेपालमा मात्र नभई दक्षिण एसियामै प्रजातन्त्रका लागि लड्ने पार्टी कांग्रेस हो भनेर उहाँले चिनाउनुभएको हो । २०४६ को आन्दोलनपछि उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव राजाले गरेका थिए, जनआन्दोलनको कमान्डर भएको नाताले । तर, उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । राजा वीरेन्द्रले उहाँलाई 'अब मुलुक तपाइर्ंले नै सम्हाल्नू, प्रधानमन्त्री बन्नुहोस्' भन्नुभएको थियो । तर, उहाँले 'मेरो यतिको त्याग र बलिदान म आफू प्रधानमन्त्री बन्न होइन' भन्नुभएको थियो । उहाँलेनै प्रधानमन्त्रीका लागि कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नुभएको हो । इतिहासको पाना पल्टाएर हेर्ने जनताको सिफारिसमा भट्टराईजी जनताको प्रधानमन्त्री बन्नुभयो । अन्यथा राजाले जो चाहे त्यही हुन्थ्यो ।
२०१७ साल पछि धेरै समय जेल बस्ने बिपी , उहाँ(गणेशमान सिंह), देवानसिंह राई, रामनारायण मिश्रहरू हुन् । सच्चा प्रजातन्त्रवादी को हो ? भन्ने विषयमा उहाँहरूको जेलमा बस्दा पनि लामो बहस भएको थियो रे । बहसपछि संघर्ष मात्र होइन, त्यसपछिका दिनमा पनि उसको आचारण प्रजातान्त्रिक हुन्छ की हुदैन, त्यसलाई मात्र प्रजातन्त्रवादी भन्न सकिने निचोडमा उहाँहरू पुग्नुभएको थियो रे । उहाँ त जनताको मनको कुरा बोल्नुहुन्थ्यो । सायद, नेपाली राजनैतिक इतिहासमै सबैभन्दा बढी दुःख पाएका नेता गणेशमान नै हुनुहुन्छ ।
प्रजातन्त्र ल्याउन कांग्रेसको धेरै ठूलो योगदान छ र प्रजातन्त्रको पुुनस्र्थापना गर्नेमा पनि । कंाग्रेस नेताहरूले जेलनेल खेपेका छन् । तर, पावरमा पुगेपछि उसले आफ्नो क्षमता देखाउन सकेन । कांग्रेसले संघर्ष निकै गर्यो । मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व गरेको छ उसले । तर, त्यसलाई टिकाउनेगरी कांग्रेस चल्न सकेको छैन । अब कांग्रेस त्यसअनुसार चल्न सक्नुपर्छ । उहाँले भनेका कुरा र कार्यक्रमहरू गर्न नसकेकै कारण २०४७ सालको विश्वकै नमुना भनिएको संविधान पनि लामो समय टिक्न सकेन । संविधान मात्र राम्रो भयो/भएन, शासन गर्नेहरूको आचारणमा पनि भर पर्छ । कांग्रेसले उहाँका लागि केही गरेन । उहाँले जीवनको अन्तिम समयमा पार्टीका नेताहरूको रबैया देखेर 'म अब यो पार्टीमा रहन सक्दिनँ' भन्नुभयो र कांग्रेसबाट नै अलग हुनुभयो ।
संघर्षका वेला आमा-बुबा दुवै राजनीतिमा लाग्दा समय गुर्जान हामीलाई निकै कठिन भएको थियो । आमा-बुबा जेलमा हुँदा हामी साना नानीलाई घरमा बस्न निकै गाह्रो भएको थियो । झन् त्यसमाथि आन्दोलनका लागि परिवारले सघाएको थिएन । अहिले म बसेको ठमेलको घर १७ वर्षसम्म मुद्दा लडेर जितेपछि आफ्नो घरमा बस्न पाएका हौं । त्यसअघि त हामी डेराको घरमै बस्दै आएका थियौँ । कांग्रेसमा लागेर धेरै साथीहरूले दुःख-कष्ट झेल्नुपरेको छ । एउटा परिवारको योगदानले मात्र अहिलेको कांग्रेस बनेको होइन । हजारौं नेपालीको योगदान र संघर्षले पार्टी बनेको हो ।
२०४८ सालको आमनिर्वाचनमा टिकट वितरण भएपछि आफ्नो छोरा र श्रीमतीलाई टिकट दियो भनेर नारा लागेपछि उहाँले निकै चित्त दुखाउनुभयो । उहाँ अधिकार सबैले समान रूपमा पाउनुपर्छ भन्नुहुन्थ्यो । सबैमा सन्तुलित रूपमा अधिकारकारको बाँडफाँड हुनुपर्छ भन्नुहुन्थ्यो । त्यस्तै आर्थिक क्रान्तिको कुरा पनि निरन्तर रूपमा गर्नुहुन्थ्यो । जलस्रोतको अथाह सम्पदा नेपालीहरूको हितमा प्रयोग गर्नुपर्छ भन्ने धारणा थियो उहाँको ।
किसुनजी प्रधानमन्त्री भएपछि उहाँसँग मार्गनिर्देशन लिन आउनुभएको थियो । त्यसवेला पनि उहाँले एक वर्षभित्र प्रजातान्त्रिक संविधान लेखिनुपर्छ, संविधान लेखेर मात्र जनताले भोगेका दुःखकष्टको अन्त्य हुन्छ भन्नुभएको थियो । उहाँ मलाई आफ्नो सिद्धान्तमा सधैं अडिक हुनुपर्छ भनिरहनुहुन्थ्यो । तर, आफ्नो सिद्धान्तमा अडिक हुँदा धेरै दःुख हुँदोरहेछ । यसैगरी, आफ्नो लक्ष्य पनि भेटिन्छ भन्ने मैले उहाँबाट सिकेको छु । म उहाँजस्तो त बन्न सक्दिनँ । तर, उहाँले देखाउनुभएको बाटोमा हिँड्ने प्रयासचाहिँ सधैं गर्छु । मलाई थाहा छ उहाँको बाटो हिँडे समुन्नत मुलुक निर्माण गर्न सकिन्छ । जस्तोसुकै आँधीतुफान आए पनि उहाँले जस्तै आफ्नो योजना र लक्ष्यमा निरन्तर हिँडिरहनुपर्छ ।



del.icio.us
Digg
बेलायत सरकारले अप्रिल १, २००९ देखि उसकै शब्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी सङ्ख्या बढिरहँदा यहाँ उनीहरुको जीवनशैली भने ज्यादै कष्टकर बन्दै गएको छ । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतले रोजगारी दिन नसक्दा 'पाउण्ड टिप्ने' आशमा ओइरिएका असङ्ख्य विद्यार्थी भोकै बस् नुपर्ने बाध्यता सिर्जना भएको छ । कलेज शुल्कमात्र होइन, ब्याजमा खोजेको लाखौँ रुपैयाँ ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले उनीहरु बिक्षिप्त छन् ।
१५ अगष्टमा लण्डन उत्रेका धादिङ स् थायी निवासी मणिराम कँडेलको अवस् था दयनीय छ । लण्डन थेम्स कलेजमा बीबीए पढ्न दुई वर्षका लागि करीव चार हजार पाउण्ड बुझाएर युके आएका उनलाई एयरपोर्टबाट कोठासम्म आउन त असहज भएन तर त्यसयता कामको खोजीमा उनी धेरै भौताररिहे । आवतजावत गर्न साथमा पैसा नहुँदा दिनको तीन घण्टासम्म पैदल हिँड्नु र भान्सामा खाना नपाक्नु उनका हकमा नौलो भएन । "अहिलेसम्म कामका लागि ४०/५० वटा सिभी छोडिसकेँ तर पत्तो छैन"- कँडेलले भने- "नेपालमा जुन सपना बुनेर युके आएको थिएँ, आज त्यसविपरीत हुँदा मन खिन्न छ ।" नेपाल छँदा पुतलीसडकस्थित डन बस् को कलेजमा अध्यापन गराउने उनी अहिले गुजाराका लागि सामान्य कामसमेत नहुँदा विचलित छन् । "८/९ लाख खर्च भएको छ, अब कसरी ऋण तिर्ने भन्ने चिन्ताले निन्द्रा लाग्दैन"- उनी भन्छन् ।
नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लण्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई ००९ मा युके आइपुगेकी गीता ढकालको कथा/व्यथा झन् मार्मिक छ । आफ्नो यथार्थता पोखिरहँदा उनी धुरुधुरु रोइन् । मासिक ४५० पाउण्ड कोठा भाडा र खाना, आवतजावतका लागि घरबाट ल्याएको सबै पैसा सकिइसक्दा पनि काम पाउने आशा मेटिएपछि उनी युके बस् ने वा नेपाल र्फकने दोधारमा छिन् । "साह्रै विचल्ली भयो मेरो त, कामको खोजीमा दिनभर भौतारिदा पनि उपलब्धि केही भएन"- नेपाल मेडिकल कलेजमा काम गर्दा मासिक १८ हजारसम्म तलब लिने उनको विलाप छ- "युके आउँदा ८ लाखजति खर्च भएको छ, कमाउन त परै जाओस्, त्यो कसरी उठाउने भन्ने नै चिन्ता भयो ।"
जुलाई २४ मा युके आइपुगेका चन्द्रमणि चाम्लिङ पनि कामबिहीन छन् अहिले । धरान स् थायी घर भएका उनले कलेज अफ आइटी एण्ड इ-कमर्श लण्डन बि्रजमा एड्भान्स ग्य्राजुएड्स डिप्लोमा इन हस् िपटालिटी म्यानेजमेन्ट पढ्न अङ्ग्रेजी कोर्ससहित ३५ सय पाउण्ड बुझाइसकेका छन् ।
कामको खोजीमा उनले धेरै सिभी छोडिसके । "फोन आउने आशमा सिभी छोड्यो तर कुनै जवाफ नआएपछि कहिलेकाहीँ त दिक्कार लाग्छ"- उनले दुखेसो पोखे । बुधबार र बिहीबार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस् तकालय धाइरहेका छन् उनी । "राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो"- उनले भने- "खाने ठेगान छैन्, सिङ्गल बेडमा दुई जनासम्म सुत्नुपरेको छ, के विजोग भयो यस् तो !" बेलायतमा काम पाउन मुस् िकल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको उनले खुलाए । "नेपालमा झन् काम गर्ने वातावरण थिएन, केही कुरा सिकिन्छ भन्ने लाग्यो"- चाम्लिङले भने- "आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन, काम भएन भने त टिक्न गाह्रो छ ।"
बेलायतमा नेपाली विद्यार्थीले हाल भोग्नुपररिहेको सास् ती इङ्गित गर्न यी केही उदाहरण नै काफी छन् । बेलायत सरकारको पछिल्लो 'प्वाइन्ट सिस् टम' बमोजिम युरोपेलीबाहेक अन्य राष्ट्रका विद्यार्थीहरु बेलायत ल्याउन कलेजले होम अफिसबाट 'युकेबीए लाइसेन्स' लिन जरुरी छ । लाइसेन्सप्राप्त कलेजहरुलाई सरकारले वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थी झिकाउन पाइने नियमअनुसार यतिखेर नेपालबाट धमाधम विद्यार्थी युके ओइरिएका छन् । तर, भाषा र योग्यताको कमीले चाहेजस् तो ठाउँमा काम पाउन मुश्किल छ । प्रायः सार्क र अपि|mकी मुलुकका विद्यार्थीहरुले बेलायतमा काम पाउने रेष्टुरेण्ट, म्याकडोनाल्ड, केएफसी, हस्पिटल वा नर्सिङ होमतिरै हो । त्यो पनि यतिखेर त सम्भावना न्यून छ । भारतीय, बङ्गाली र पाकिस् तानीहरुले रेष्टुरेण्टमा काम दिए पनि घण्टाको ४ पाउण्ड हाराहारीमा दिएर श्रम शोषण गररिहेको अवस् था छ ।
गत वर्षसम्म बेलायतमा काम पाउन उस् तो मुश्किल थिएन । पछिल्लो विश्व आर्थिक मन्दीको चपेटामा परेपछि त बेलायत आफै निरीह छ । बेलायतमा जुलाईसम्म बेरोजगार सङ्ख्या २.४ मिलियन (२४ लाख अधिक) पुगेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग बताउँछ । यो नोभेम्बर १९९६ यताकै अत्यधिक बेरोजगार प्रतिशत हो । बेलायती युवा आफै आर्थिक मन्दीको मारमा छन् । अध्ययनअनुसार, यतिखेर १८ देखि २४ वर्ष उमेरका १६.६ प्रतिशत बेरोजगार छन् भने ३९ हजार युवाले बेरोजगार भत्ता दावी गररिहेको उल्लेख छ ।
बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम रहेको जनाउँदै लण्डन थेम्स कलेजका निर्देशक वीपी खनाल भन्छन्- "कलेजमा नियमित हाजिरी हुनुपर्ने अवस् थाले विद्यार्थीलाई काम पाइहालेमा पनि गर्न अप्ठ्यारो छ । त्यसकारण काम, अध्ययन र पैसाको तालमेल मिलाउनसक्नेबारे विश्वस् त भएमा वा परविारले पढाइका लागि चाहिने रकम पुर्याउनसक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया सुरु गर्न मेरो सुझाव छ ।" पैसा कमाउने र मोजमस् ती गर्ने उद्देश्यले मात्र लण्डन आउन खोज्ने विद्यार्थी फस् नसक्ने चेतावनी उनको छ ।
बेलायतका विश्वविद्यालयमा मात्र युरोपेली मुलुकबाहेकका ३ लाख ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । उनीहरुले वाषिर्क अध्ययन शुल्कमा १.२५ बिलियन पाउण्ड, बसाईमा १.६ बिलियन र बेलायतको अर्थतन्त्रका लागि वाषिर्क ८.५ बिलियन पाउण्ड योगदान गर्ने गरेको अध्ययनमा छ ।
म्यारटिाइम ग्रीनवीच कलेज लण्डनका पि्रन्सिपल नरेन्द्र कँडेल विद्यार्थीलाई एकवर्षको कलेज शुल्क तिरेर साथमा ६ महिनाका लागि पुग्ने खर्च बोक्न सुझाउँछन् । "विश्व आर्थिक मन्दीले यतिखेर काम पाउन साह्रै गाह्रो छ"- कलेज सञ्चालकसमेत रहेका उनी भन्छन्- "काम पाइएन भने भोकै बस् नुपर्ने स्थिति आउनसक्छ त्यसैले बेलैमा होस पुर्याउन भन्छु म ।" उचित ज्ञान नहुँदा विद्यार्थी ठगिएका उदाहरण प्रशस् त पाइएको पनि उनले बताए । "हालैमात्र साताको ४०० पाउण्डसम्म कोठा भाडा र एयरपोर्टबाट साउथ इष्ट लण्डन पुग्न एक सय पचास पाउण्ड ट्याक्सीलाई तिरेको सुनेका छौँ, जुन तेब्बर बढी हो"- कँडेल भन्छन्- "कमाइएला भन्ने आशमा ब्याजमा ऋण लिएर युके आउनु बेकार छ ।" उनले आफ्नो कलेजमा जुलाई यतामात्र करीव ३ सय नेपाली विद्यार्थी आएको बताए ।
गैरआवासीय नेपाली सङ्घ बेलायतका नवनिर्वाचित अध्यक्ष सूर्य गुरुङले विद्यार्थीका समस् यातर्फ आफूहरुको ध्यानाकर्षण भएको बताए । "नेपालीका लागि नेपाली भन्ने एनआरएनको मान्यता अनुशरण गर्दै अप्ठेरो परेका विद्यार्थीलाई सहयोग गर्न हामी तत्पर छौँ"- गुरुङले भने-"बेलायतमा नेपालीका धेरै रेष्टुरेण्ट भएकाले नयाँ विद्यार्थीलाई रेष्टुरेण्टमा काम लगाउन हाम्रो पहल हुनेछ ।" बेलायतमा रहेका नेपालीलाई दुःख पर्दा सहयोग गर्ने अभिप्रायले गत वर्ष एनआरएन कल्याणकारी कोष खडा गरिएको पनि उनले स् मरण गराए ।
विद्यार्थीको मर्म बुझिरहेका यहाँ अध्ययनरत केही युवाले 'स् टुडेन्ट्स हेल्प डेक्स एसोसिएसन' गठनको तयारी गररिहेका छन् । हल्लैहल्लाको भरमा युके आउने नेपाली विद्यार्थीले थप दुःख झेल्नु नपरोस् भनेर एसोसिएसन खोल्न लागिएको संस् था गठन प्रक्रियामा लागिरहेका कमल पन्थीले बताए । विद्यार्थीलाई हटलाइन र इमेलमार्फत वस् तुस्थिति बताइदिने संस् थाको उद्देश्य छ ।
लण्डन
tapaika Hawaldar neta ki waifale kuputri tyo pani bideshi sanga poila gayera bidesh kai nagarikta line sujata Jost lai chahi Para rastra mantri?Yehi ho Cangres ko Nyaye? yesaiko lagi tapaiko buba le rana sashan ko birudhha ladeko?
Tyes karan ma nepali cangres ko durgati Tyesle gareko asar dekhda Ganesh man ji (Thulbaa) ko mehanat kher gako jasto lagyo.baaki kura tapaai aafai jannu hunchha.Uha ko sapana saakaar parne Jimma tapaiko pani ho.Uha haru ko shrap tapai haru lai nalagos.
whay and what the u lookin and giving this girja and sort of mask rule u .. again and
if parties are their hanumans things ...
ah.. very tired ve tired ,,, ve tired ... thes lalus santan pradip ji khum ji gobinda ji and sujata f....koirala ji ...thanks 4 leasding nepal..rolpa dolpa humla jumla...
but bp is dream is my nitemare ,,,MILKIN cow,chura samajbad..slaves rame shame ...mahat gahat gundruk and rana BHAT
Post your comment