Newsletter
Email:
Home | देश | थप चारमा स्वाइनफ्लु

थप चारमा स्वाइनफ्लु

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ दसैँ मनाउन घर आएका तीन नेपालीसहित चारजनामा स्वाइनफ्लुको संक्रमण देखिएको छ । यससँगै नेपालमा स्वाइनफ्लुबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

पछिल्लोपटक पेन्डामिक इन्फ्लुएन्जा एएच-वान एन-वान-२००९ बाट संक्रमित हुनेमा क्रमशः ४२, २७ र २३ वर्षे पुरुष र एक ४२ वर्षे महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४२ वर्षका पुरुष रोमानियाबाट नेपाल आएका रोमानियन नागरिक रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कतारबाट नेपाल आएका २३ वषर्ीय नेपाली पुरुषमा स्वाइनफ्लुको संक्रमण भेटिएको छ । स्वाइनफ्लु लागेका २७ वषर्ीय अर्का नेपाली पुरुष भारतको बेंग्लोरबाट नेपाल आएका हुन् । उनीहरू तीनैजना दसैँका लागि घर आएका बताइएको छ । ४२ वर्षे महिला संयुक्त राज्य अमेरिकाबाट नेपाल आएको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती व्यक्तिको परीक्षण गर्दा पेन्डामिक इन्फ्लुएन्जा एएच-वान एन-वान-२००९ पाइएको जनाइएको छ । संक्रमित सबैमा फ्लुको सामान्य लक्षण पाइएको र उपचारपछि सबै पूर्ण निको भइसकेको मन्त्रालयले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?