विद्युत् उपभोक्ता मर्कामा
रौतहट/ गाउँमा बिजुलीको तार टाँगिएपछि घरमा बिजुली बाल्न पाइने आशमा हाउसवाइरिङ गरेका रौतहटका करुनिया गाविसका बासिन्दाले बत्ती बाल्न पाएका छैनन् । उक्त गाविसको वाडा नं. ७, ८ र ९ को लक्ष्मीनिया टोलका बासिन्दाले हाउसवाइरिङ गरेको दुई वर्ष भइसक्दा पनि बिजुली बाल्न पाएका छैनन् । विद्युत् प्राधिकरण गौर शाखासँग समन्वय गरी सो गाविसको बजेटबाट विद्युत् आउने भएपछि विद्युतीकरणको प्रक्रिया सुरु भएको दुई वर्ष बितिसक्दा पनि स्थानीय बासिन्दाले बिजुलीको बत्ती बाल्न नपाएको गुनासो गरेका छन् । घरअगाडि बिजुलीको तार टाँगेपछि बत्ती बाल्न पाइने आशमा स्थानीय बासिन्दाले आ-आप\mनो घरमा वाइरिङ सम्पन गरे पनि पनि सो गाविसका बासिन्दाले विद्युत् उपभोग गर्न पाएका छैनन् ।
रौतहट जिल्लाको मध्यभागमा पर्ने सो गाविसको लक्ष्मीनिया टोलको ५५ घरपरिवारसहित दुई सयभन्दा बढी घरलाई लक्षित गरी गाउँमा विद्युत्को तार टाँगिएपछि यहाँका बासिन्दाले मिटरसमेत जडान गरेका थिए । घर-घरमा जडान गरिएको ट्युबलाइट र चिम धुवाँले छोपिसक्दासमेत बिजुली-बत्ती बाल्ने रहर पूरा नभएको गाउँलेले बताए ।



del.icio.us
Digg
Post your comment