बिबिए नसक्दै तानातान
- डा. बाबुराम पोखरेल संस्थापक पि्रन्सिपल, भिएस निकेतन कलेज बिबिए सुरु गरेपछि प्रत्यक वर्ष 'डिन लिस्ट'मा पर्न सफल भएको संस्थापक पि्रन्सिपल डा. बाबुराम पोखरेलले बताए । व्यावहारिक ज्ञान पाइने र बिबिए सक्नेबित्तिकै रोजगारी पाउने हुनाले बिबिएमा विद्यार्थीको आकर्षण बढिरहेको अनुभव सुनाउँछन् उनी । पाखरेलले भने, '६ सेमेस्टरपछि इन्टर्नसिपमा पठाउँछौँ, पढाइ सिध्याउन नपाउँदै बैंकिङ क्षेत्रमा जब प्लेसमेन्ट हुन्छ ।' भिएस निकेतनबाट बिबिए सकेका कुनै विद्यार्थी पनि बेरोजगार नरहेको पोखरेलले बताए । उनी भन्छन्, 'कोही विद्यार्थी विदेश जान्छन्, प्रायः सबै बैंक तथा फाइनान्सियल इन्स्िटच्युटमा जागिर गरिरहेका छन् ।' ६/७ सय विद्यार्थीले बिबिएका लागि आवेदन दिए पनि एक सय २० जनालाई मात्र भर्ना गरेको छ सो कलेजले । बिबिएमा प्रयोगात्मक पढाइ हुने र सबै कुरा जानेकाले वित्तीय क्षेत्रमा नयाँ विद्यार्थीले पुराना कर्मचारीलाई टपेको पाएको पोखरेलले अनुभव सुनाए । उनले भने, 'प्राक्टिकल बढी हुन्छ, पढाइ सक्दा धेरै कुराका अनुभवी भइसक्ने हुनाले पुराना कर्मचारीलाई पछि पारेका छन् ।'
भिएस निकेतन कलेजले ०५८ देखि बिबिए कार्यक्रम सुरु गरेको हो । पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर भिएस निकेतन कलेजले पाँच ब्याचमा करिब चार सय बिबिए जनशक्ति उत्पादन गरिसकेको छ ।



del.icio.us
Digg
So i think what ever the respected principal is saying is not rure.He is a great business man.Congratulation to such business man.
Post your comment