Newsletter
Email:
Home | विचित्र विश्व | अर्कै ग्रह पुगेकी भावी प्रथम जापानी महिला

अर्कै ग्रह पुगेकी भावी प्रथम जापानी महिला

Font size: Decrease font Enlarge font
image

 

जापानका नयाँ प्रधानमन्त्रीलाई पनि अर्कै ग्रहको भनिन सक्छ, किनभने उनकी पत्नीले आफूले अर्कै ग्रहको दुनियाँसँग साक्षात्कार गरेको दाबी गरेकी छिन् ।

'एक रात मैले आफ्नो आत्मा त्रिकोणाकार फ्लाइङ ससर (उडन तस्तरी) मा बसेर भेनस (शुक्र) ग्रहतिर उडिरहेको सपना देखेँ । तर, त्यो सपना मात्रै थिएन । मलाई आफू साँच्चिकै शुक्रग्रह पुगेजस्तो लागेको थियो,' भावी प्रधानमन्त्री युकियो हातोयामाकी पत्नी मियुकी हातोयामाले गत वर्ष प्रकाशित आफ्नो पुस्तकमा लेखेकी छिन् ।

'वाह ! क्या सुन्दर ठाउँ ! क्या हरियाली !' उनले भनेकी छिन् । युकियो हातोयामा १६ सेप्टेम्बरमा प्रधानमन्त्री हुँदै छन् । ५० वर्षपछि लिबरल डेमोक्रेटिक पार्टीलाई नराम्ररी थचारेर उनको पार्टीले चुनाव जितेपछि उनको तालुमा आलु फल्यो । ६६ वर्षीया मियुकीले आफूले करिब २० वर्षअघि पृथ्वीबाहिरको ग्रहमा त्यस्तो देखेको कुरा 'मैले देखेका आश्चर्यजनक वस्तुहरू' शीर्षकको पुस्तकमा वर्णन गरेकी छिन् । जापानकै निकटभविष्यकी प्रथम महिलाले आफू ब्युँझेपछि आफ्ना पहिलेका पतिलाई आफू शुक्रग्रहमा पुगेको बताएकी थिइन् । त्यसबेला उनले सायद यो सपना होला भनेका थिए ।

उनले लेखेकी छिन्, 'मेरा अहिलेका श्रीमान् धेरै तरिकाले सोच्ने गर्छन्, त्यतिबेला भएको भए यिनले पक्कै, वाह ! क्या गजब भयो ! भन्ने थिए ।' एक पूर्वप्रधानमन्त्रीका ६२ वर्षीय धनी नातिलाई पहिले कुनैबेला उनका विशिष्टखाले आँखाका कारण 'अर्कै दुनियाँको मानिस' भनिन्थ्यो । खाना पकाउनकी साेखिन भनेर चिनिएकी मियुकीले एक नारी नाट्य-समूहकी सदस्यका रूपमा ६ वर्षसम्म काम गरेकी थिइन् । अमेरिका बस्दा उनले अमेरिकामै पढेका युकियोसँग भेटेकी थिइन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?