जब राजेशका ओठ मेरा गाला हुँदै...
नन्दिता केसी । नेपाली रजतपटकी नायिका । २३ फिल्म खेलिसकेकी केसीले २४औं फिल्म द युगदेखि युगसम्ममा नायक राजेश हमालसँग 'हट टङकिस’ दिएकी छिन् । उनी टङकिस दिनुलाई सामान्य भन्छिन् । 'यो सामान्य हो, समाजको विकास अघि बढ्ने क्रममा यतिको त स्वाभाविक हो नि,’ २३ वर्षे नन्दिताको जवाफ थियो । अहिलेसम्म ब्वाइफ्रेन्ड नभएको बताउने नन्दितासँग पर्दाभित्र र बाहिर हुने किसबारे अनेक जिज्ञासा राख्यौं-
किस-संवाद
नन्दिता केसीसँग
द युगदेखि युगसम्म फिल्ममा राजेश हमालसँग गर्नुभएको टङकिस सिन निकै चर्चामा छ नि ?
मिडियाले मलाई गर्नै नहुने पाप गरेजस्तो बनाइदिए । यो साँच्चै टङकिस होइन, टङकिस गरेजस्तो मात्र हो । फेरि टङकिस ठूलो कुरा पनि होइन नि । तपाईंले खेल्नुभएको फिल्ममध्ये यो पहिलो किस हो ? अवश्य नै । खास किस नगरे पनि हुने हो, तर फिल्मको कथाले माग्यो, त्यसैले गरेको । किस तपाईंहरू दुवैले गर्नुभयो, तर चर्चा त राजेशको मात्रै भयो नि ? चर्चा त मैले पनि पाउनुपर्ने हो, राजेश दाइ पुरानो कलाकार भएर होला उहाँको चर्चा भएको । यसमा मलाई दुःख लागेको छ । यदि मेरो नाम आयो भने पनि 'किस सिन' मा मात्र जोडिएर आउँछ ।
किस गरेकै हो, तर टङकिस होइन । ए बाबा ! यो त 'नर्मल' कुरा हो नि । दर्शकलाई त्यो सिन 'टङकिस' नै हो भनेर पछिसम्म क्याच गर्यो भने म सफल हुन्छु । पहिलो किस नै राजेश हमालसँग गर्न पाउनुभयो, कस्तो लाग्यो ? मलाई गर्व लाग्यो । राजेश दाइको पनि फिल्ममध्ये मसँग नै पहिलो किस रहेछ । मलाई त खासै यो सिन दिन मन थिएन । गर्दिनँ भन्दै थिएँ, अरूले गर्नुपर्छ भने, फेरि राजेश दाइले पनि यो 'भल्गर' होइन भन्नुभयो । मलाई पनि पछि ठीकै हो जस्तो लाग्यो, त्यसैले गरेँ । पर्दाबाहिर चाहिँ किस गर्नुभएको छ कि छैन ? छैन । पर्दाबाहिर मलाई मायाले आमाबुबा र दिदीले चाहिँ किस गर्नुभएको छ । फिल्ममा किस सिन दिएपछि परिवारको प्रतिक्रिया के रह्यो ? परिवारले राम्रै प्रतिक्रिया दिनुभयो । मैले उहाँहरूलाई अगाडि नै जानकारी गराएकी थिएँ । मेरो परिवार बुझ्ने हुनुहुन्छ । फिल्ममा त्यो नाटकमात्र हो भन्ने उहाँहरूलाई थाहा छ । फिल्ममा टङकिसप्रति दृष्टिकोण बदलिएको हो ? हरेक कुराको विकास हुँदै जाने हो । र, विकास गर्नु पनि पर्छ । किस पनि त्यही विकास क्रममा आएको हो । 'टङकिस' सामान्य कुरा हो । हाम्रा फिल्महरू गाउँले परिवेशमा मात्रै बन्नुपर्छ भन्ने छैन । आधुनिक कुरा पनि फिल्ममा राख्दै लैजानुपर्छ । यस्ता सिनबाट युवामा कस्तो सन्देश जाला ? जहाँ पायो त्यहीँ, जसरी पनि किस गर्नुभएन, तर यस्तो सिनले युवाले पनि फ्रेस अनुभव गर्छन् । यसले विकृति ल्याउलाजस्तो लाग्दैन । आजकलका युवा खुला ठाउँमै किस गर्छन्, यो विकृति हो कि होइन ? यो विकृति हो । ठीक ठाउँमा बसेर किस गर्नुपर्छ । यसले समाजमा राम्रो सन्देश जाँदैन । यो विकृति पनि फिल्मले नै ल्याएको होइन र ? होइन । समाजको विकाससँगै युवाले सिके । यो सिनका लागि कति टेक दिनुपर्यो ? पहिलो टेकमै ओके भयो । राजेश दाइ नायिकाहरूसँग खासै घुलमिल हुनुहुन्न । उहाँले मलाई सम्झाउनुभयो । राजेश दाइले म तिम्रो ओठमा मात्रै छुन्छु भन्नुभयो । पछि उहाँले आफ्नो ओठ बिस्तारै मेरो गाला हुँदै ओठसम्म ल्याउनुभयो र हल्कासँग छुवाउनुभयो । अनुभूति कस्तो रह्यो नि ? मलाई त्यस्तो केही पनि अनुभूति भएन । मैले चाहेर होइन, कथाले मागेर गरेकी हुँ । व्यक्तिगत जीवनमा मायाले किस गरेको भए मजाको अनुभूति हुन्थ्यो होला, तर यो त फिल्म हो नि । यहाँ त नाटक गरिन्छ । त्यसो भए कथाले माग्यो भने जे पनि गर्नुहुन्छ ? गर्दिनँ । मैले कतिवटा फिल्म छाडेकी छु । जे पनि त म गर्दिनँ । यस्ता सिनले तपाईंको बिहेलाई असर गर्लाजस्तो लाग्दैन ? मेरो कुरा बुझ्ने केटा चाहियो । यो नन्दिताले चाहेर होइन, कथाले मागेर गरेको हो भन्ने बुझ्नुपर्यो । मलाई बुझ्ने केटासँग मात्रै म बिहे गर्छु । यस्ता सिनले मेरो आउने जीवनलाई असर गर्छजस्तो लाग्दैन । तपाईंले हेरेमध्येका कुन फिल्मको किस मनपर्यो ? म फिल्ममा टङकिस सिन आउला कि भनेर हेर्दिनँ । पछिल्लो समय हेरेको कम्बक्त इस्क, लभ आजकलमा देखाइएको किस सिन मनपर्यो । सपनामा कसैले किस गरे ? त्यस्तो सपना देखेकी छैन । देखेकै भए पनि याद भएन । खुलापनको अभ्यासमा किस अनिवार्य हो ? सम्बन्धित मान्छेसँग किस अनिवार्य हो । जस्तै, श्रीमान् र श्रीमतीको । जो पायो त्यहीसँग किस गर्नुहुन्न । तपाईंलाई कस्तोखाले किस मनपर्छ ? मायाले गरिएको किस मनपर्छ । किसमा उत्तेजनाचाहिँ हुनुभएन, तर ग्ल्यामर देखिनु राम्रो हो । किस जैविक आवश्यकता हो कि सेक्स ? दुवै हो । जिन्दगी सुन्दर बनाउनका लागि किस र सेक्स दुवै आवश्यक छ ।
यो सिन क्यामेराको कमाल हो कि साँच्चिकै किस गरेको ?



del.icio.us
Digg
जब राजेशका ओठ मेरा गाला हुँदै...
.....तल ओठ सम्म पुग्यो अनी तेसपछी, मलाई केही थाहा भयन ।
If she married with me she can give every seen what ever Film need because we should develop.
lipe test garako hola ni ta rajech hamal ko test ramro ki aru kasi ko bhanara ..........
aaj kal ko yug ma pani hami haru kina
jangali jasto kura gar chu? samay anusar
pariwartan aaudaina layunu parcha ra tyo pariwartan hamro film ma pani hunu par cha natara bhane nepali nagarik le hindi ra english movies matar man paraun cha,
pls ramro shocha rakhanu hos ramarai hun cha natak lai sacho na banaunu hos,
thanks
suri
के हो झुट भोल्ने को सिमा हुन्छ , कि म भनिदिउ कि को को सँग किस् र को को सँग दिस गरेको भनेर ? म सँग प्रुफ्फ छ , समयए आए पछी कामना मा प्राकसित् गरुला ल ?
rajesh dai sanga first mai kiss u are really the lucky.
bishnu parajuli, australia
'दुवै हो । जिन्दगी सुन्दर बनाउनका लागि किस र सेक्स दुवै आवश्यक छ '
yo ans nandita ko ho.aba keta harule vergin paune jamana geye,cheliharu bigre,jhan bidehma nepali kt kati bigreka 6an .....malai achamma lag6
Post your comment