मन मिले सेक्स नोथिङ
हट टक : रेखा थापा, नायिका अहिलेका नेपाली चलचित्रले युवापुस्ताको प्रतिनिधित्व गर्छन् ? समग्रमा चलचित्रले युवाको प्रतिनिधित्व गरेका छन् । अहिलेका चलचित्रले जुन धारको प्रतिनिधित्व गरेको छ, त्यो युवालाई मन पर्दैन । युवा युद्ध मन पराउँदैनन्, झगडा हेर्न चाहँदैनन् । उनीहरू चलचित्रमा प्रेम चाहन्छन् । उनीहरूको प्रतिनिधित्व गर्ने चलचित्र पनि बनेका छन् । मैले यस्तै युवाको प्रतिनिधित्व गरेकी छु । १६ वर्षदेखि अहिलेसम्म यही काम गरिरहेकी छु । 'कन्टेन्ट’ले युवापुस्ताको प्रतिनिधित्व गरेका छैनन् नि ? प्रयास भएको छ । चलचित्रको कथानक र कलाकारले यो प्रयास गरेका हुन्छन् । फिल्मले दिन सक्छ कि सक्दैन, त्यो त प्रस्तुतिमा भर पर्छ । अहिलेका युवाको मनोदशा कस्तो छ ? युवा पीडित छन् । पढेलेखेका छन्, तर बेरोजगार । आफ्नो र अभिभावकको उमेर-अन्तरले पनि युवा मर्माहत छन् । रोजगारको कमीले बिदेसिन बाध्य छन् । विदेशलाई धनी बनाउँछन्, देश सधैँ गरिब नै रहन्छ । अहिलेका युवालाई खुलापनले कति छोएको पाउनुहुन्छ ? धेरै छोएको छ । तर, राम्रो शैली हुनुपर्छ, खुलापनको । यसको पनि आफ्नो मापदण्ड हुन्छ । तर, युवामा आफ्नो खुट्टामा उभिने संस्कृति छैन । उनीहरू विदेशी विचार बोकेर हिँड्छन्, त्यो नराम्रो हो । खुला हुनु राम्रो कुरा हो । म केटी हुँ । खुलापनको विरोधी र समर्थक दुवै हुँ । तपाईंले खुलापनको अभ्यास धेरै गर्नुभयो नि ? गरियो । तर, खुला भन्दैमा जहाँ पायो, त्यहीँ छाडा बन्नुहुन्न, विचार खुला हुनु राम्रो हो र खुलापनको वैचारिक अभ्यास गरिएको छ । बिहेअघि ब्वाइप|mेन्ड थियो ? थिएन । १६ वर्षमै बिहे भयो, कहाँको ब्वाइप|mेन्ड ? अनि बिहेअघि सेक्सको अनुभव नि ? थिएन, भगवान् कसम, (कलाको कसम) । किस नि ? बिहेअघि किस पनि कसैसँग गरेकी थिइनँ । ममीबुबाले मायाले बाहेक अरूले किस गरेनन् । अहिलेका केटाकेटी त खुला ठाउँमै ँकिस’ भ्याउँछन्, कस्तो लाग्छ ? समय परिवर्तनको संकेत हो । अहिलेका युवाले पश्चिमा संस्कार पछ्याएका हुन् । खुला ठाउँमा केटाकेटी माया प्रदर्शन गरिरहेका हुन्छन् भने त्यो नराम्रो होइन । तर, दैनिक उनीहरू त्यही ठाउँमा आएर आफ्नो माया अरूसामु प्रदर्शन गर्छन् भने त्यो विकृति हो । आगामी पुस्ताबारे तपाईंको ठम्याइ ? निकै अगाडि पुग्छ । जीवनका सबै पक्ष बुझेका, समाज राम्रोसँग अध्ययन गरेका र जीवनलाई आफूअनुसार अघि बढाउने खालका हुनेछन् । बिहेपछि पनि प्रेमप्रस्ताव आउँछन् ? आउँछन् । त्यो राम्रै लाग्छ । प्रेम गर्न उमेरले छेक्दो रहेनछ । मलाई युवादेखि सबै वर्गकाले प्रेमप्रस्ताव गर्छन् । फिल्ममा खेलेकाले प्रस्ताव गर्दैनन्, बाहिरकाले गर्छन् । केटीहरूले केटाबाट बढी के चाहन्छन्् ? माया । साँच्चैको माया । सम्मान पनि खोज्छन् । पढे-लेखेका, अध्ययनशील, अनुशासित केटा चाहन्छन् । गठिलो जीउ र अनुहार केटीहरूको प्राथमिकतामा पर्छ कि पर्दैन ? पर्छ । केटीहरू ह्यान्डसम केटा चाहन्छन् । तर, उनीहरूको रोजाइमा गठिलो जिउ र अनुहारमात्र पर्यो भने त्यो त आकर्षण हो, प्रेम होइन । अहिले युवामा 'पि्रम्याच्योर सेक्स’ बढेको छ, तपाईंलाई कस्तो लाग्छ ? समय र परिस्थितिले निर्धारण गर्छ । केटाकेटीमा यौनजिज्ञासा धेरै हुन्छन् । मन मिले सेक्स नोथिङ, जोसँग पनि गर्दा हुन्छ । म यसलाई गलत मान्दिनँ । सेक्सले त माया झन् प्रगाढ बनाउँछ । सेक्स प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो, यसलाई राम्रोसँग उपयोग गर्नुपर्छ । एउटा रोमान्टिक कल्पना सुनाउनुस् न ? राति आकाशको चन्द्रामा हेर्दै म मेरा सपनाबारे कल्पना गर्छु । त्यो सपनाले मलाई आकाशबाट हेरिरहेको हुन्छ । म पनि उसलाई हेर्दै रोमान्टिक बन्छु ।



del.icio.us
Digg
@! ;f}+ ztfJbLgsf] cfjfh xf] of] . t/ cfˆgf] >Ldfg klg c? s'g} s]6L;+u dg ældnfP/Æ ;]S; ub}{ lx8\g kfOG5 ls kfO{b}g < o;df sltsf] cfklt jf :jLsf/f]lQm 5 < af]Ng t ;lhnf] 5, Jojxf/df Nofpg uf¥xf] 5 gfgL Û
d]/f] t tkfO{sf] ljrf/;Fu dg ldNof] tkfO{sf] d]/f ljrf/;Fu dg ldNof] ls ldn]g <
if u want just contact me.
my mail address is sayah_shrestha@yahoo.com
I love you. Your acting is very good. I always remember you. Anytime happy why ? please write maail ok.
bhumrajtiwari@gmail.com
keep in touch.
yours
Bhumraj Tiwari
nagarnuhos.
Post your comment