रमाइलो गर्ने अर्को तरिका
आधुनिक समाजको जीवनको गति र प्रतिस्पर्धात्मक स्वभावले मानिसमा विभिन्नखाले दबाबको सिर्जना गर्छ । तनाबबाट मुक्तिका लागि मानिसले विभिन्न उपाय अवलम्बन गर्छन् । केहीले त अनौठा र सम्भवतः दिक्कलाग्दो बानीको समेत विकास गरेको पाइन्छ । सुपरमार्केट सामान्यतया वस्तुहरू खरिद गर्नका लागि खोलिएका हुन्छन्, तर कोही-कोही यहाँ विभिन्न कारणले पस्छन् । सुपरमार्केटका एक व्यवसायी भन्छन्, 'कोही-कोही बिस्कुटजस्ता खाद्यवस्तु किचिमिची पारेर धुलोपिठो पार्छन् । प्रत्येक दिन त्यस्ता धुल्याइएका खाद्यवस्तुको मात्रा यति बढी हुन्छ कि हामीलाई त्यो थुपारेर तह लगाउन एक ठूलै बाक्सा चाहिन्छ ।' विज्ञहरूका अनुसार त्यस्ता व्यक्तिमा ठूला तथा मध्यम आकारका सहरका कामदार हुन्छन् । उनीहरूले निरन्तर आधुनिक समयको प्रतिस्पर्धात्मक दबाब खेप्नुपरेको हुन्छ । तर, तनावबाट मुक्ति पाउने त्यस्तो तरिकाले गर्दा उनीहरूले सुपरमार्केट तथा अरू ग्राहकबाट आलोचना खप्नुपर्छ । एक ग्राहक भन्छन्, 'ठीक छ, कसैले पनि तनावबाट मुक्ति पाउन प्रयास गर्नुपर्छ, तर वस्तुलाई यसरी कच्याक्कुचुक् पार्नु त भएन नि ! यस्तो व्यवहारले उनीहरू स्वयंलाई तथा अरूलाई समेत हानि गर्छ ।' कसै-कसैले किन यसरी सामान कच्याक्कुचुक् पार्छन् त भन्ने कुरा खुल्न आएको छ । मनोवैज्ञानिकहरू यो बानी अरूलाई पीडा दिने आपराधिक गतिविधिमा बदलिन सक्ने बताउँछन् । उनीहरू यस्तो काम गर्नेलाई बेलैमा सुधार्नुपर्नेमा जोड दिन्छन् । बेइजिङ यानयुआनबोसी मनोविज्ञान केन्द्रका निर्देशक माले भने, 'दबाबबाट उम्कन उनीहरूले बिहान कुद्ने, संगीत सुन्ने वा भट्टी पसल जानेजस्ता अन्य उपाय खोज्नुपर्छ ।'



del.icio.us
Digg
Post your comment