Newsletter
Email:
Home | विदेश | मुसर्रफ अब गायक

मुसर्रफ अब गायक

Font size: Decrease font Enlarge font
image

इस्लामावाद/ पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ आजभोलि प्रसिद्ध गायक बनेका छन् । उनले गाएको एउटा गीत अहिले इन्टरनेटमा हिट भएको छ । लोकपि्रय भिडियो वेबसाइट युटुबमा मुसर्रफले गीतको रेकर्डिङ गरेको देखाइएको छ ।

भिडियोमा मुसर्रफ पाकिस्तानका प्रसिद्ध सुफी गायक उस्ताद हमिद अलि खानसँगै गीत गाइरहेका देखिन्छन् । मुसर्रफ र उस्ताद हमिद अलि खानसँग पूर्वप्रधानमन्त्री सौकत अजिज पनि गीत गाइरहेका देखिन्छन् ।

गीत रेकर्डिङ लन्डनको एक कार्यक्रममा गरिएको अनुमान गरिएको छ । मुसर्रफ अहिले लन्डन भ्रमणमा छन् । पाकिस्तानमा मुसर्रफको यो भिडियो चर्चामा छ । लन्डनमा भएको अर्काे एक कार्यक्रममा मुसर्रफले ड्रम बजाएको पनि बताइएको छ ।

केही समयअगाडि मात्र बेनजिर भुट्टोकी छोरी बख्तियार भुट्टोले आमाको सम्झनामा गाएको अंग्रेजी र्‍याप गीत लोकपि्रय भएको थियो । बख्तियारले गाएको गीतको बोल 'आई वुड टेक द पेन अवे' थियो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?