Newsletter
Email:
Home | विदेश | १२ सयभन्दा बढीलाई स्वाइनफ्लु

१२ सयभन्दा बढीलाई स्वाइनफ्लु

Font size: Decrease font Enlarge font
image

 

नयाँदिल्ली/ भारतमा स्वाइनफ्लु रोगबाट संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । बुधबार राति मात्र थप दसजनामा स्वाइनफ्लुको संक्रमण देखिएको छ । स्वाइनफ्लुको संक्रमण सबैभन्दा बढी पुणे सहरमा देखिएको छ । पुणेमा कम्तीमा ६१ मानिसमा स्वाइनफ्लुको संक्रमण देखिएको छ । गुजरातमा २७ जनामा स्वाइनफ्लु संक्रमण देखापरेको छ ।

पछिल्लो तथ्यांकका अनुसार अहमदावादमा थप पाँच, सुरुतमा चार र नवसारीमा एकजनालाई स्वाइनफ्लुकोे संक्रमण देखिएको छ । बुधबार मात्र थप एक सय २५ जनालाई स्वाइनफ्लुको संक्रमण देखिएको छ । यससँगै भारतमा स्वाइनफ्लुबाट संक्रमित हुनेको संख्या १२ सय तीन पुगेको छ । विदेशबाट र्फकेका भारतीयहरूमा बढी स्वाइनफ्लुको संक्रमण देखिएको बताइएको छ ।

स्वाइनफ्लु-आतंकका कारण भारतको आर्थिक राजधानी मुम्बईका स्कुल, कलेज र सिनेमाघरहरू अस्थायी रूपमा बन्द गरिएका छन् । स्कुल र कलेज एक साताका लागि बन्द गरिएका हुन् भने सिनेमा घर तीन दिनका लागि बन्द गरिएका हुन् ।

भारतमा स्वाइनफ्लुबाट १९ जनाको मृत्यु भइसकेको छ । मर्नेहरूमध्ये ११ जना त महाराष्ट्र प्रान्तका छन् । महाराष्ट्रका मुख्यमन्त्री अशोक चौहाणले टेलिभिजन सम्बोधनमामार्फत स्कुल, कलेज तथा सिनेमा हल स्वाइनफ्लुको संक्रमण रोकथाम गर्न बन्द गरेको बताए ।

'आत्तिनुपर्ने कारण छैन । जनताका चाहनाअनुसार हामीले सात दिनका लागि स्कुल-कलेज बन्द गर्ने निर्णय गरेका छौँ,' उनले भने । शुक्रबार रिलिज हुने सिनेमाको मिति पनि पर सारिएको छ ।

स्वाइनफ्लुको संक्रमण सर्वप्रथम अपि्रलमा देखापरेको थियो । अहिलेसम्म स्वाइनफ्लु ७४ देशमा देखापरिसकेको छ । अहिलेसम्म विश्वभर ३० हजारभन्दा मानिस स्वाइनफ्लुबाट संक्रमित भइसकेका छन् । विश्वभर यस संक्रमणबाट एक सय ४१ को मृत्यु भइसकेको छ ।

 

अस्ट्रेलियामा मर्नेको संख्या सय पुग्यो

सिड्नी/ अस्ट्रेलियामा स्वाइनफ्लुको जीवाणुबाट मृत्यु हुने नागरिकको संख्या सय नाघेको छ । अहिलेसम्म यो रोगबाट २८ हजार नां सय ८७ अस्टेलियाली नागरिक संक्रमित भएका छन् । स्वास्थ्य मन्त्री निकोला रोक्सोनले वयस्कमा गरिएको यो रोगविरुद्धको खोपले राम्रो नजिता देखाइरहेको बताएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?