Newsletter
Email:
Home | कभरस्टोरी | त्रिविमा ९६ प्रतिशतसम्म फेल

त्रिविमा ९६ प्रतिशतसम्म फेल

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, २५ साउन

विद्यार्थीको अत्यधिक चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक विज्ञान संकायमा ९६ प्रतिशतसम्म विद्यार्थी अनुत्तीर्ण हुँदै आइरहेका छन्

एसएलसीमा कति प्रतिशत उत्तीर्ण भए ? यो सर्वाधिक चासोको विषय बन्छ । तर, एसएलसीपछिका तहमा कति प्रतिशत

विद्यार्थी उत्तीर्ण हुन्छन् भन्ने कुरामा कमैले चासो दिन्छन् ।

एसएलसीको उत्तीर्ण प्रतिशत बढ्दै साढे ६८ प्रतिशत पुगेको छ । तर, सरकारी खर्चमा चलेको त्रिभुवन विश्वविद्यालयका कतिपय संकायमा उत्तीर्ण प्रतिशत साढे तीन

प्रतिशत छ ।

विद्यार्थीको अत्यधिक चाप हुने त्रिविको व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक विज्ञान संकायको उपलब्धि निराशाजनक छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको तथ्यांकअनुसार

यी संकायमा ९६ प्रतिशतसम्म असफल भएका छन् विद्यार्थी ।

त्रिविले नियमित र अनियमित विद्यार्थी कति उत्तीर्ण हुन्छन्, त्यसको तथ्यांक दिन सकेको छैन । पनिकाले तथ्यांक दिन नसक्दा नियमिततर्फका विद्यार्थी कति उत्तीर्ण हुन्छन् भनेर जान्नसमेत नपाउने अवस्था छ ।

त्रिभुवन विश्वविद्यालयबाट पाँच अध्ययन संस्थान र चार संकाय सञ्चालित छन् । संस्थानको तुलनामा संकायको नतिजा निकै कमजोर पाइएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले योजना महाशाखालाई दिएको तथ्यांकअनुसार सो विश्वविद्यालयको प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको नतिजा निकै कमजोर छ ।

त्रिवि योजना महाशाखाले दिएको ०६४/०६५ को तथ्यांकअनुसार शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको नतिजा सबैभन्दा कमजोर छ । शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहमा जम्मा तीन दसमलव ३० प्रतिशतमात्र उत्तीर्ण छन् ।

त्रिविका देशभरका आंगिक क्याम्पसमा अध्ययनरत १२ हजार आठ सय चारजना परीक्षामा सहभागी भएकामा ०६४/०६५ मा चार सय २२ जनामात्र उत्तीर्ण भएका छन् । सोही संकायको स्नातक तहमा पाँच दसमलव ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । स्नातक परीक्षामा एक लाख एक हजार दुई सय सहभागी भएकामा जम्मा पाँच हजार चार सय ५५ जनामात्र उत्तीर्ण भएका छन् । प्रमाणपत्र तहमा भने ११ दसमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् ।

व्यवस्थापन संकायको पनि नतिजा उस्तै निराशाजनक छ । ०६४/०६५ मा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा जम्मा पाँच दसमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आंगिक क्याम्पसबाट २० हजार आठ सय ४४ विद्यार्थीले स्नातकोत्तरको परीक्षा दिएकामा जम्मा एक हजार एक सय दसजना उत्तीर्ण भएको त्रिविको तथ्यांक छ । त्यसैगरी स्नातकको परीक्षामा एक लाख १२ हजार एक सय ९१ परीक्षामा सहभागी भएकामा ६ हजार एक सय ८७ अर्थात् पाँच दसमलव ५१ प्रतिशत उत्तीर्ण भएका छन् । प्रमाणपत्र तहमा तीस हजार दुई सय चालीस परीक्षामा सहभागी भएकामा जम्मा तीन हजार चार सय १५ अर्थात् ११ दसमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् ।

मानविकी संकायका प्रमाणपत्रदेखि स्नातकोत्तरसम्मको उत्तीर्ण प्रतिशत साढे सातदेखि साढे आठसम्म रहेको छ । सबैभन्दा कम स्नातकोत्तर तहमा उत्तीर्ण भएका छन् । ०६४/०६५ मा मानविकी संकाय स्नातकोत्तर तहको परीक्षामा २५ हजार सात सय ७२ मा सहभागी भएकामा एक हजार नौ सय नौजना अर्थात् सात दशमलव ४२ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी स्नातकको परीक्षामा ७९ हजार एक सय ३९ सहभागी भएकामा पाँच हजार आठ सय ९१ अर्थात् सात दसमलव ४४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने प्रमाणपत्र तहमा ६७ हजार दुई सय १७ जना परीक्षार्थीमध्ये पाँच हजार नौ सय १९ अर्थात् आठ दसमलव ८१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

त्रिविको कानुन र विज्ञान तथा प्रविधिमा केही बढी विद्यार्थी उत्तीर्ण भए पनि परिणाम सन्तोषजनक देखिँदैन । कानुनमा स्नातकको उत्तीर्ण प्रतिशत ११ दसमलव ०७ प्रतिशत छ भने स्नातकोत्तरको २० दसमलव ७१ प्रतिशत छ । त्रिविले प्रमाणपत्र तहमा कानुन हटाइसकेको छ ।

विज्ञान तथा प्रविधिमा सबैभन्दा स्नातक तहमा सबैभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । ०६४/०६५ मा स्नातकको परीक्षा दिएका १४ हजार ४६ मध्ये जम्मा एक हजार तीन सय पाँच अर्थात् नौ दसमलव २९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । स्नातकोत्तर तहमा १९ दसमलव ९६ र प्रमाणपत्र तहमा १८ दसमलव ०६ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियमित र अनियमिततर्फका विद्यार्थीको उपलब्धि कति हो छुट्टाछुट्टै दिन सक्दैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. दयामान कर्माचार्यले समग्रमा मात्र तथ्यांक दिन सकिने बताए । नियन्त्रक कर्माचार्यले भने, 'छुट्टाछुट्टै तथ्यांक दिन पनिकालाई गाह्रो हुन्छ ।'

संस्थानतर्फका विषयमा प्रतिव्यक्ति त्रिविको लगानी र उत्तीर्ण प्रतिशत बढी छ । विद्यार्थीसंख्या सीमित र लगानी बढी भएका चार संस्थानको नतिजा राम्रो छ । बिबिए, बिआइएम, बिएचएमलगायत सेमेस्टर सिस्टम भएका विषय तथा अध्ययन संस्थानतर्फका इन्जिनियरिङ, चिकित्सा, वन तथा कृषि तथा पशु विज्ञानमा नतिजा सन्तोषजनक छ । कुनै विषयमा त सतप्रतिशतसम्मको नतिजा छ ।

त्रिविले चार संकायमा एक विद्यार्थीबराबर पाँच हजारदेखि ३७ हजारसम्म लगानी गरेको छ । संस्थानतर्फका विषयमा एक विद्यार्थीका लागि ३५ हजारदेखि एक लाख ५१ हजारसम्म खर्च गरेको छ । संकायतर्फका व्यवस्थापन संकायमा एक विद्यार्थीबराबर पाँच हजार आठ सय ४३ र बढीमा कानुन अध्ययन गर्ने एक विद्यार्थीका लागि ३७ हजार सात सय ६६ रुपैयाँ खर्च गरेको जनाएको छ ।

संस्थानतर्फ सबैभन्दा कम विज्ञान तथा प्रविधिमा ३५ हजार चार सय ७० र सबैभन्दा बढी कृषि तथा पशु विज्ञान अध्ययन गर्ने एक विद्यार्थीका लागि एक लाख ५१ हजार चार सय २८ रुपैयाँ खर्च गरेको छ ।

शिक्षाविद् प्रा. डा विद्यानाथ कोइराला भने त्रिवि पनिकाले नियमित र अनियमित विद्यार्थीको छुट्टाछुट्टै तथ्यांक निकालेमा मात्र सही हुने बताउँछन् । शिक्षाविद् कोइराला ब्याकपेपर दिने अनियमित विद्यार्थी जोडेका कारण पास हुनेको प्रतिशत कम भएको बताउँछन् ।

त्रिवि योजना महाशाखा प्रमुख प्रह्लाद पन्तले 'एयरली सिस्टम' भएका शिक्षाशास्त्र, व्यवस्थापन, मानविकीजस्ता संकायमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा कारण पनि धेरै भएको बताए । 'यी संकायमा भर्ना लिँदा टियूले इन्ट्रान्स परीक्षाबाट गुणस्तरीय विद्यार्थी छान्न सकेको छैन,' योजना प्रमुख पन्तले भने, 'अध्ययन संस्थानतर्फका विषयमा इन्ट्रान्स गरेर छानी-छानी राम्रा र सीमित विद्यार्थी भर्ना हुन्छन् र धेरै पास हुन्छन् ।'

विद्यार्थी उपलब्धि कम हुनुमा राजनीति र शिक्षकको उदासीनता पनि कारण रहेको पन्तको ठहर छ । पन्त भन्छन्, 'कतिपय विद्यार्थीले पढाइमा चासो नदिने र त्रिविका आंगिक क्याम्पसमा बढी राजनीति हुनाले धेरै कम मात्र उत्तीर्ण हुन्छन् ।'

Subscribe to comments feed Comments (13 posted):

Gopal Adhikari on 11/08/2009 08:45:08
avatar
In TU all lecturers and professors have intelectual bankruptsy.That's why such result is frequently happened.
Thumbs Up Thumbs Down
0
premklama@yahoo.com on 10/08/2009 16:48:21
avatar
padne belama juslus nara ra thodphot garera rajnitik garchhan, keti pachhi lagchha ani hudaina fail. teacherlai pani bida chahiko chha. gov collage ta ho ? kaslai matlab chhha ra? ajja 0 ma hunu parne result
Thumbs Up Thumbs Down
0
moon pun on 10/08/2009 15:47:58
avatar
PATRAKAR MOHODAYE HAJUR LE CHINTA GARNU PARDENA SAB JANA NETA HUN6AN
Thumbs Up Thumbs Down
0
bishnu on 10/08/2009 14:45:46
avatar
teti nai pratisat le fail bhayera neta bhayeko bhus tighre haruko ishara ma dhunga mudha garna jadai thikkahunchha ke ramro mark lyawos ta
Thumbs Up Thumbs Down
0
prachanda pokharel on 10/08/2009 11:10:08
avatar
पि एम कुन डिमोक्रेसी को कुरा गर्छन् ? जनाता को अधिकार सम्पन्न संबिधानसभामा प्रेसेदेन्त को बिषयमा बोल्न र बहस गर्न नपाउने कुन मोडेल को गणतन्त्र हो ?पी एम अझै पनि हिजोकै बाटो र सस्कर बाट मुक्त हुन सकेका छैनन । जान अगाडि खोजने तर पाएला पछाडि चल्ने कसरी चल्छ नेपाल ?नैत्कता भअपो . 
Thumbs Up Thumbs Down
0
Padam Raj Bhatt on 10/08/2009 09:43:23
avatar
TriBee sarkary kharch ma chalnee bhayeko lay matra yashoo huna pugeko, ho ra ? narta kin Aannyama yasho nabhaaeekoo.
Thumbs Up Thumbs Down
0
sagar kumar acharya on 10/08/2009 09:36:50
avatar
T.U.Le niyuktaa gareka 95% teachers lai aahile samma yo thaha chaina ki usle class ma gayera ke padhaudai cha.
yesto abastama students kasari pass huncha ta.
Thumbs Up Thumbs Down
0
akash on 10/08/2009 08:23:32
avatar
malai lagcha sicha ma pani quality hunu paryo and tribi ko rule and regulation fix hunuparyao and desh ma poltical stability hunuparayo ani matra education ma develop huncha poltic is necessary due to search of new technique and new system
Thumbs Up Thumbs Down
0
Tej on 10/08/2009 07:33:52
avatar
Pass garera chai k garne ni student haru le, katai kamdam vae po pass pani garthe! bekar ghado matra hunchha pas garyo vane ta. fail vayo vane ta almaline thau ta payo. TU ko students lai politics gardai thik hunchha ta kasari pas garun chor haru.
Thumbs Up Thumbs Down
0
RK Neupane Sindhupalchok on 10/08/2009 06:37:07
avatar
TU Le Gareko Yasto Result Hani Student KO Pani Kamjori6 Goverment Campus Ma Gayapachi Student Huru Khali Political Ma Matra BG Hunchan Yo University Jasto Tham Ma Political Garda Na Ta Goverment Na ta Political Party le Yasko Bare Ma Chasi Rakeka Chhan Jaba Samma Goverment Campus Haru Ma Political Garna Kam Hunna Taba Samma Hami Jasta Dukhi Garibe Ka Chhora Chhori KO Result KO Natija Yastai Nai Bhoji Rahanu Parcha6 Jasto Malai Lagchha Tesai Le Campus Haru Ma Sanu Sanu Kura Haru Ma Political Na Garnu Paro Ra Yasko Bare MA University Le Ali Kadai ka Sath Ruls & Regulation Ko Palana Garauna Parla jasto Malai Lag6
Thumbs Up Thumbs Down
0
Ramji Balami,rbalami2008@gmail.com on 10/08/2009 05:11:23
avatar
शिक्षा लाई ब्यापारिकरण र राजनीतिकरण गरेक ले यो हालत भएको त हो नि। जे होस् सरकारी क्याम्पसमा शिक्षक र विद्यार्थी दुबै बेइमान भएका छन । यस्लाई राम्रो बनाउनु पर्६ ।
Thumbs Up Thumbs Down
0
RAJU DAHAL on 10/08/2009 04:34:53
avatar
kin yasto vaerahayko?
yas ko barama kin dhyan dedeanan avivawak ani sarokar wala haru?
Thumbs Up Thumbs Down
-1
sanjeev adhikari pokhara bhindabari on 10/08/2009 03:53:34
avatar
tribi bhaneko ta rajaniti garne kendra matrai banna pugeko
padhai prati chaso hunele kunai praivate campas ma mahango sulka ma januparne
garib nimukha ka chorachori padne tribi ma padai thale pachi jabatjasti rajaniti garna badya parincha dinahu sadak ma utrna ra rod ma tayar balna matrai tribi ka bidharthi safal bhayaka chan
Thumbs Up Thumbs Down
0
total: 13 | displaying: 1 - 13

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?