Newsletter
Email:
Home | मोफसल | मानसिक रोगी १४ वर्षदेखि साङ्लोमा

मानसिक रोगी १४ वर्षदेखि साङ्लोमा

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

गुल्मी, १८ साउन

गाईवस्तुलाई त वेला-वेलामा फुकाइन्छ, तर एक मानिसलाई १४ वर्षसम्म निरन्तर बाँधेर राख्दा कस्तो होला ? यो पीडा भोगिरहेका छन्, मानसिक असन्तुलन भएका रोमलाल उपाध्याय ।

घरको दलानमा साङ्लोले बाँधेर राख्नु रोमलाल परिवारको रहर होइन, बाध्यता हो । गुल्मीको घमिर गाविस- १ अर्चेङ गाउँका ४५ वर्षीय मानसिक रोगी रोमलाललाई उपचार गर्ने पैसा नभएपछि १४ वर्षदेखि साङ्लोमा बाँधेर राखिएको हो । परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएकाले अस्पतालमा उपचार गराउन नसकेको परिवारजनको भनाइ छ ।

रोमलालले ०५० सालदेखि मानसिक सन्तुलन गुमाएका हुन् । चरम गरिबीका कारण कलिलै उमेरमा भारतको नागाल्यान्ड पुगेका रोमलाललाई मजदुरी गरिरहेकै वेला त्यहाँका नागाहरूले मरणासन्न हुनेगरी पिटेका थिए । मर्‍यो भनेर नालीमा फ्याँकिएका उनलाई नेपालीहरूले भेट्टाएर ६ महिना त्यहीँ उपचार गराई घर फर्काएको उनकी ४४ वर्षीया श्रीमती गोमताले बताइन् । उक्त पिटाइबाट टाउकोमा ठूलो असर परेर ०५० सालदेखि मानसिक सन्तुलन गुमाएका रोमलाल अहिलेसम्म निको हुन सकेका छैनन् ।

'धामी-झाँक्री, झारफुक सबै गरियो,' गोमताले भनिन्, 'खेतबारी बेचेरै नौवटा बोका, १४ वटा कुखुरा, अनगिन्ती परेवा जुटाएर झारफुक गराएँ, तर सन्चो भएन ।'

आफू र छोराछोरीलाई समेत पिट्ने, झम्टिने र घरमै आगो लगाइदिने गरेकाले सबैको सल्लाहमा साङ्लोमा बाँधेर राख्न थालिएको हो । श्रीमती गोमताले भनिन्, 'के गर्नु छाडिदिउँ त कसैको ज्यान लिन्छन् कि भन्ने डर, उहाँको त्यो हालत देख्दादेख्दै पनि बाँधेर राख्न

बाध्य भइयो ।'

झारफुकले नपुगेपछि उनलाई भारतको लखनऊ, गोरखपुर नेपालको भैरहवा, काठमाडौं पनि लगेको, तर धेरै दिन राख्ने र उपचार गर्ने पैसा नभएपछि फर्काइएको उनले बताइन् ।

२० वर्षअघि उनीहरूको विवाह भएको थियो । पाँच वर्षजति सामान्य दाम्पत्य जीवन बिताएको र त्यसपछि हालसम्म श्रीमान्को फलामेसाङ्लोभन्दा बढी बन्धन यातना र पीडा आफूले भोग्दै आएको गोमता बताउँछिन् । छोरा कमललाई पढाएर ठूलो मान्छे बनाउन सके श्रीमान्को उपचार र आफूले पनि सुखको सास फेर्न पाउने ठूलो सपना थियो उनको । तर, सात कक्षा पढ्दै गरेका कमललाई दुई महिनाअघि स्कुल छुटाएर दिल्लीमा मजदुरी गर्न पठाउन उनी बाध्य बनिन् । १५ वर्षीय माहिलो छोरा घनश्याम र १३ वर्षीया छोरीलाई पनि उनले अब स्कुल छुटाएर मजदुरी गर्न पठाउनुपर्ने अवस्था आइलागेको छ ।

'चुनावताका त झन् थुपै्र दलका नेता र कार्यकर्ता आएर सहयोग गर्ने आश्वासन दिए । तर आजकाल कसैले फर्केर हेरेका छैनन', उनले गुनासो गरिन् ।

Subscribe to comments feed Comments (3 posted):

T-RAJ KOIRALA on 03/08/2009 15:26:04
avatar
YO SAMASYA HAMI SABAI KO HO. SABAI MILERA SAHAYOG GARNU PARCHHA. THOPA THOPA MILERA SAMUNDRA BANE JASTAI HAMI SABAI KO THORAI THORAI HELP LE ROMLAL KO HEALTH CONDITION MA SUDHAR AUNA SAKCHHA.
Thumbs Up Thumbs Down
0
Ramji Balami(Bajrabarahi,Makawanpur) on 03/08/2009 07:01:25
avatar
ति नेताहरु त आफ्नो दुनो सोझ्यौन पो गएका त हेल्प गर्न हो र, सरोकर वाला ले ध्यान दिउ ।
Thumbs Up Thumbs Down
0
shyam on 03/08/2009 06:59:17
avatar
यो देशको नेता भनौदा यस्तै हो। भोट् माग्ने बेलामा नानाथरी अश्वासन दिन्छ र आफ्नो कुर्शी पायोपछी गरीब जनतालाई बिर्सन्छ ।
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?