Newsletter
Email:
Home | अन्तिम पृष्ठ | गायक, मोडल अनि हिरो पनि

गायक, मोडल अनि हिरो पनि

Font size: Decrease font Enlarge font
image

कास्की/ काठमाडौंबाट फिल्म छायांकन गर्न पोखरा आउने सबैजसो निर्माता, निर्देशक तथा कलाकारको पि्रय बनेका छन् पोखरेली ठिटो शोभित बस्याल ।

 पोखरामा कुनै फिल्म, म्युजिक भिडियो वा टेलिशृखलाको छायांकन हुनेबित्तिक स्पटमा पुगिहाल्छन् उनी । गायन र मोडलिङलाई पेसा बनाएका शोभितको यिनै प्रतिभा र सहयोगी भावनाका कारण स्थानीयदेखि राष्ट्रिय फिल्म निर्माताले समेत समस्या पर्नेबित्तिकै सम्झन्छन् उनलाई । अरूका समस्या समाधान गर्न स्पटमा पुग्ने भ्याउने उनी आफू भने गीत गाउन, संगीत भर्न तथा म्युजिक भिडियो निर्देशन गर्नमै व्यस्त हुने गरेका छन् ।

शोभित यतिवेला मोडलिङमार्फत् आफ्नो परिचय विस्तार गर्न तम्सिएका छन् । यहाँका केही फिल्म र म्युजिक भिडियोमा देखिन थालेपछि अचेल उनको चर्चा चुलिएको छ । १४ वर्षको उमेरमा गीत रेकर्ड गराएर गायकका रूपमा दरिएका उनी आफूलाई पोखराको सान भनेर चिनाउन प्रयासरत छन् । शोभितलाई चिन्नेहरू उनलाई भुवन केसी भनेर बोलाउँछन् ।

गायक बस्यालले गीत गाउनुका साथै शब्द रचना पनि गर्छन्् । झन्डै दुई दर्जनजति म्युजिक भिडियो निर्देशन गरिसकेका बस्यालले केही समयअघि कर्णदासको एउटा म्युजिक भिडियो निर्देशन गरे । जुन म्युजिक भिडियोको कन्सेप्टका कारण पनि उनी यतिवेला चर्चामा छन् । यसकै कारण धेरै साथीभाइबाट तारिफ पाएको खुसीसाथ बताउँछन् उनी । उनकै निर्देशन रहेको म्युजिक भिडियो 'कुन दूरीले....' बाट त उनले भर्खरै अवार्ड जिते ।

शोभितले पहिलोपटक ०५५ सालमा 'व्यर्थै छ जिन्दगी...' बोलको गीत रेकर्ड गराएका थिए । औसत मात्रामा चलेको उक्त गीतभन्दा दोस्रो गीत 'जति टाढा भए पनि....' ले पोखरामा आफूलाई स्थापित गराएको बताउँछन् उनी । भन्छन्, 'पहिलो गीत ठीकै चल्यो, तर जति टाढा भए पनि...भने राम्रो भयो ।' त्यसपछि आफूले गाएका सबै गीत हिट भएको दावी उनको छ ।

गायक बन्नका लागि धेरै संघर्ष र पीडा पनि भोगेका छन् रे उनले । आफ्नो विगतसँग नजिकिँदै उनले भने, 'बुबाले एसएलसी पास भए मोटरसाइकल किनिदिन्छु भन्नुभएको, तर मैले एउटा गीत रेकर्ड गराइदिए पुग्छ भनेँ ।' अनि के भयो त ? हँसिलो देखिएका शोभितले भने, 'म प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएँ ।' जीवनमा पहिलोपटक बुबासँग राखेको सर्त पूरा भएपछि शोभित लागे रेकर्डिङ गर्न काठमाडौंतिर । तर, बुबा भने छोरो एक्लै जाँदा के गर्छ-गर्छ भन्दै आफू पनि सँगै गए । उनको गीत रेकर्ड भयो । बुबाले गीत रेकर्डिङ खर्च सात हजार तिरिदिए । त्यतिवेला पोखरामा मोटरसाइकल किन्दा एक लाख पर्ने तर बुबाले सात हजारमै छोराको इच्छा पूरा गराए ।

पोखरामा निर्माण भएको मार्केट, पाप र महाकाल नामक भिडियो फिल्मका कथा लेखिसकेका शोभित 'मार्केट' बाट नायकसमेत भइसकेका छन् । 'मलाई फिल्मका विविध विधामा काम गर्ने सौख छ,' उनले आफ्नो भविष्य बताए, 'त्यसैले गायन, अभिनय, निर्देशन, लेखन सबै विधामा काम गर्दै अनुभव बटुलिरहेको छु ।' गीत गाउनुभन्दा अभिनय गर्नु ज्यादै कठिन भएको अनुभव उनको छ । शोभितले भोगेअनुसार गायकको जिन्दगी साह्रै सुखी हुन्छ । त्यसैले आफू पोखरामै बसी गायनमै जम्न चाहेको बताउँछन् ।

Subscribe to comments feed Comments (2 posted):

aasish limbu and sarada limbu on 27/11/2009 14:36:56
avatar
good best luck of...........? manes ko jendke ni manes la sochko jasto nahudo rhachha ...?partichha garnu hos garna chhu tapayko film harnu ko lagi...tapai film ma hiro banra aanu hos .....?tapai la chithinu bhako ..pugos..........? good bye.........?malaysia.....
Thumbs Up Thumbs Down
0
mohan pun on 29/07/2009 19:43:58
avatar
hosiyar,yo pakkai pani poket mar.
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?